Logo

३ माघ २०८१, बिहिबार

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मङ्गलबार भेनेजुएलाको राजधानी काराकसलाई सङ्गीतको सिर्जनात्मक सहर तोकेको छ ।

युनेस्कोले यो वर्ष मङ्गलबार परेको विश्व सहर दिवसमा विश्वभरका ५५ सहरलाई सिर्जनात्मक सहरमा समावेश गर्नका लागि छनोट गरेको बताएको छ । युनेस्कोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी नयाँ सहर उनीहरूको विकास रणनीतिको हिस्साका रूपमा संस्कृति र सिर्जनात्मकताको उपयोग गर्ने र मानवकेन्द्रित सहरी योजनाहरूमा नवीन अभ्यास प्रदर्शन गर्ने दृढ प्रतिबद्धताका लागि स्वीकार गरिएको हो ।”

भेनेजुएलाका संस्कृतिमन्त्री अर्नेस्टो भिलेगासले आफ्नो एक्स अकाउन्टमा राजधानी सहरलाई बधाई दिँदै उक्त पद देशको सबैभन्दा प्रतीकात्मक सङ्गीतकारमध्येका एक अली प्रिमेराको जन्मदिनसँग मेल खाएको बताउनुभयो ।

जुलाईमा काराकसका मेयर कारमेन मेलेन्ड्जले सहर स्थापनाको ४५६औँ वार्षिकोत्सवमा युनेस्को क्रिएटिभिटी सिटी अफ म्युजिक पदका लागि आवेदन दिएको घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *