Logo

२ फाल्गुन २०८१, शुक्रबार

म रोविन्दप्रसाद श्रेष्ठ ‘गोविन्द’को तर्फबाट ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १९ वर्षको अवधिमा धेरै रचनात्मक र गौरवान्वित काम गरेको छ । विश्वका ८६ देशमा संघका राष्ट्रिय समन्वय परिषद्हरू गठन भएका छन् । एनआरएनएले नेपालीको ठूलो सांगठनिक सञ्जाल निर्माण गरि सक्रियतापूर्वक कार्यसञ्चालन गर्न सक्नु आफैँमा एउटा महत्त्वपूर्ण उपलब्धि हो ।

यही अभियानमा एनआरएनएका विभिन्न तह आइसिसी सदस्य एशिया प्यासिफिकको उप–संयोजक, त्यसपछि संयोजकमा रहेर पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै एनआरएनए आइसिसीको सन् २०२१–२०२३ को बिषम् कार्यकालमा उपाध्यक्षको जिम्मेवारी आएपछि एकता, सहमति र सहकार्यका निम्ति अथक प्रयासमा मैले भूमिका निर्वाह गरेँ ।

यही अभियानमा क्रियाशील रहिरहनका लागि एनआरएनए आइसिसी सन् २०२३–२५ कार्यकालको लागि एकता सहकार्य र सहमतिको पाटोलाई आत्मसात् गर्दै र अग्रजहरूलाई सम्मान गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छु । यस कार्यकाल २०२१–२३ मा एनआरएनएको विशेष अवस्था र परिस्थिति रहेकोले मैले मेरा योजना र कार्यक्रमहरू कार्यान्वयन गराउने वातावरण भएन । तिनै योजना कार्यक्रम कार्यान्वयनका लागि मुख्यतः मेरो उम्मेदवारी हो ।

मेरो उम्मेदवारी फगत पद र प्रतिष्ठाको लागि मात्र नभएर एनआरएनएको संस्थागत सुदृढीकरण गैरआवासीय नेपालीका हकहित अधिकार, ज्ञान, सीप र प्रविधिसहितको एनआरएन, एनआरएनए फाउण्डेशन नेपाल एवं नेपाली पर्यटन प्रवद्र्धन युवा, महिला तथा दोस्रो पुस्ता अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्यलाई उच्च प्राथमिकता दिँदै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्न र अन्तर्राष्ट्रिय श्रमबजारमा हासिल गरेको
ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न सरकारसँग सहकार्यका लागि हुने भएकोले विगतका अनुभव र भविष्यका योजनाहरूलाई मुर्तरूप दिई संस्थालाई नेपाल र नेपालीको हितमा लगाई संघप्रति व्यापक सहभागितासहित समाज रूपान्तरणमा मैले उपाध्यक्षको भूमिकामा रहेर काम गर्न चाहेकोले अवश्य पनि मत दिएर विजयी गराइदिनु हुन विशेष अपिल गर्दछु ।

नैतिकता, इमानन्दारिता र स्वाधीनता
संस्थागत विकासको लागि नेतृत्वमा जवाफदेहिता

संस्थागत विकाससहित संघको विस्तार

  • गैरआवासीय नेपाली संघको विस्तार, सुदृढीकरण र संस्थागत विकासमा योजनाबद्ध कार्ययोजना बनाई कार्यान्वयन गर्न सहयोग गर्नेछु ।
  • एकता, सहमति र सहकार्यमा कार्य गरी एनआरएनएको गुमेको प्रतिष्ठालाई पुस्र्थापित गराई सबैले विश्वास गर्ने र सबैको अपनत्व हुने साझा संस्थाको रूपमा विकास गराउन प्रमुख कार्यभारको रूपमा लिइ सोही अनुरूप कार्य गर्नेछु ।
  • सबैका भावनाको कदर गर्दै समावेशी र समानुपातिक पद्धतिलाई अङ्गीकार गरेर काम गर्नेछौं र ‘सुखको पनि एनआरएनए, दुःखमा पनि एनआरएनए’ बनाएर जानेछु ।
  • प्रवासमा रहेका नेपालीलाई साझा संस्थाको रूपमा विकास गराई जहाँ नेपाली त्यहाँ एनआरएनए भन्ने अभियान संचालन गरि एनएसिसीको विस्तारमा योजनबद्ध लाग्ने छु ।

विश्व श्रमबजार र सीपयुक्त नेपाली श्रमिक

  • वैदेशिक रोजगारीमा जानुपूर्व नै श्रमिकलाई सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली कामदार उत्पादन र श्रम बिक्रीका लागि पहल गर्नेछु ।
  • वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरोकारवाला पक्षसँग समन्वय गरी ठोस निष्कर्ष निकाल्न प्रयत्न गर्नेछु ।
  • श्रमिकको मुद्दालाई गहनताका साथ लिएर श्रमिकसँग एकाकार भै श्रमिकका हकहितमा नीति तर्जुमामा गर्न आवश्यक योगदान दिने दिनेछु ।
  • वैदेशिक रोजगारीमा जानुपूर्व नै श्रमिकलाई सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली कामदार उत्पादन र श्रम बिक्रीका लागि पहल गर्न जोड दिने र सोही खालका कार्यक्रम बनाएर कार्यान्वयन गर्नमा मेरो भूमिका हुनेछ ।
  • लामो समयदेखि उठाउँदै आएको सामाजिक सुरक्षा कोषलाई नेपाल सरकारले गम्भीरतापूर्वक ल्याइ सञ्चालनमा समेत आएकोले प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्ने ।

समुद्र नेपालका लागि एनआरएनए, लगानी र पर्यटन प्रबद्र्धन

  • मातृभूमिप्रतिको अगाध मायालाई शिरमा राखेर नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु ।
  • लगानी अभिवृद्धिका लागि एनआरएनएले पुलको रूपमा काम गर्न, पर्यटन र नेपालको चिनारीलाई योजनबद्ध कार्यका लागि एनएसिसीसँगको सहकार्यमा ठोस नीतिसहितको योजना बनाई कार्यक्रम गर्न सहजीकरण गर्ने छु ।

गैरआवासीय नेपाली, सम्पर्क समन्वय र सहकार्य

  • परराष्ट्र मन्त्रालय अन्तर्गत एनआरएनएको विशेष विभाग स्थापना गरि सोहीमार्फत प्रवासमा रहेका नेपालीहरूलाई सहयोग गर्न समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक पहल गर्नेछु ।
  • राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को अन्तरसम्बन्धलाई व्यवस्थित गर्न विशेष संयन्त्रको विकास गरि हाल देखिएको खाडललाई न्यूनीकरण गर्न आवश्यक नीति तर्जुमा गर्न सहजीकरण गर्नेछु ।
  • प्रवासमा रहेका दोस्रो पुस्तासँग नेपाललाई जोड्नका निम्ति नेपाली मौलिक संस्कृति रीतिरिवाज परम्परालाई उत्सवका रूपमा मनाइने क्यालेन्डरसहितको कार्यक्रम बनाई कार्यान्वयनका लागि नेतृत्वलाई सहयोग गर्ने छु ।
  • गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु ।
  • वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरकारी निकायसँग नियमित समन्वयमा कार्य गर्ने संयन्त्रको विकास बिचौलिया प्रवृत्तिको अन्त्यमा आवश्यक पहल गर्नेछु ।
  • प्रवासमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाका लागि सचेतनामूलक कार्यक्रम एनएसिसीसँगको समन्वयमा गर्ने व्यावहारिक योजना बनाई कार्यान्वयन गर्नेछु ।

इमान्दारिता आर्थिक पारदर्शिता र पदीय जिम्मेवारिता,
सक्षम, सबल र साझा एनआरएनए बनाउने मेरो प्रतिबद्धता

१. संस्थालाई विवादरहित बनाउने हो । अहिले सबैभन्दा ठूलो शक्ति खर्च विवाद व्यवस्थापन गर्नेमै भएको छ । विधिविधानअनुसार संस्थालाई अघि बढाउनु पर्छ ।

२. वैदेशिक रोजगारीमा जानुपूर्व नै सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली पठाउन दक्ष नेपाली कामदार उत्पादनका लागि पहल गर्ने ।

३. सबैले विश्वास गर्ने र सबैको अपनत्व सम्झने संस्था बनाउन अहिले सबैभन्दा ठुलो चुनौती छ । गुमेको प्रतिष्ठा जोगाउनका लागि पनि सबैलाई मिलाएर लैजाने नेतृत्वको आवश्यकता छ ।

४. वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न होस् । आम श्रमिकको गैरआवासीय नेपाली संघ बन्नुपर्छ ।

५. गैरआवासीय नेपालीहरूका बीच सहमति, सहकार्य र एकताको सौहार्दपूर्ण वातावरणसहितको एनआरएनए बन्नुपर्छ ।

६. नेपालमा लगानी अभिवृद्धि श्रमिकहरूको हकहित, सुरक्षित वैदेशिक रोजगारी र एनआरएनएको संस्थागत विकासमा मेरो भूमिकालाई अझ प्रयोग गर्नका लागि मेरो उम्मेदवारी हो ।

मेरो जीवनको १८ वर्ष यस सम्मानित संस्थामा समर्पित गर्दै सन् २००५ देखि निरन्तर एनआरएनएको एक हिस्सा भएकोमा मलाई गर्व छ ।
‘इमान्दारिता, आर्थिक पारदर्शिता र पदीय जिम्मेवारिता, सक्षम, सबल र साझा एनआरएनए बनाउने मेरो प्रतिबद्धता’, संस्थागत विकास, युवा सहभागिता सक्षम गौरवशाली र सबैको अपनत्व भएको एनआरएनए हेर्ने तपाईंको चाहना पूरा गर्ने मेरो प्रतिबद्धता व्यक्त गर्दछु ।

सबैको साथ, सल्लाह र परामर्शका कारण नै मैले पुनः यो पदमा आउने निर्णय गरेको हुँ । पदभन्दा पनि संघ र उद्देश्यप्रति म पहिलाजस्तै लागि पर्नका लागि र नेपालमा लगानी अभिवृद्धि, श्रमिकहरूको हक हित, सुरक्षित वैदेशिक रोजगारी र एनआरएनएको संस्थागत विकासमा मेरो भूमिकालाई अझ प्रयोग गर्नका लागि उम्मेदवारी रहेकोले विश्वभर रहनुभएका एनआरएनए आइसिसीका महाधिवेशन प्रतिनिधिहरूलाई मतका निम्ति सादर अनुरोध गर्दै अन्य देश विदेशमा रहनुहुने आदरणीय नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई आत्मीय माया र सद्भावको लागि अपिल गर्दछु ।

रोबिन्दप्रसाद श्रेष्ठ ‘गोविन्द’
उपाध्यक्ष पदका लागि उम्मेदवार

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *