Logo

५ असार २०८१, मंगलबार

एनआरएन मन्त्रालय स्थापना अबको मूल लक्ष्य हो

◆ रविना थापा, अध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए)

एक तिहाइ अध्यक्षबाट पूर्ण अध्यक्षको दौडमा हुनुहुन्छ । १३५० मत ल्याउँछु भन्नुभएको छ । यस्तो अंकगणितको आधार के हो ?

अहिले हामी पाँच जना अध्यक्ष उठ्यौं ११ सय मतले जितिन्छ । मैले विभिन्न देशमा काम गरेको छु । अंकगणितमै भन्ने आधार भनेको तिनै कामको आधारमा मैले कमाएको सम्बन्ध हो । ती विभिन्न देशमा भएका साथीहरूले दिनु भएको तथ्यांक हो त्यो संख्या ।

वास्तवमा मैले हल्ला नै गर्ने हो भने ४ हजार वा ५ हजार मतले जित्छु भनेर भन्थेँ होला नि, तर त्यसो भनिरहेको छैन । मैले जित्न सक्ने मतान्तरको अंक साथीहरूले अझ माथि दिनु भएको छ, मैले त्यसको आधारमा सम्भावित न्यूनतम अंक मात्रै भनेको हुँ ।

एनआरएनएको इतिहासमा पहिलो महिला अध्यक्ष हुनुभयो, एउटा इतिहास रचिहाल्नुभयो । अब, फेरि अर्को जोखिम किन मोल्न खोज्नुभएको ? यो जोखिमको तर्कसंगत जवाफ के हो, ढुक्कले जित्ने भएरै हो कि कुनै बाध्यता छ ?

हिजोको कार्यकालमा एउटा इतिहास त लेखियो । त्यस बेला नि चुनावमा म होमिएको थिएँ, तर चुनाव हुन सकेन । परिस्थिति यस्तो बन्यो कि सहमतिको आधारमा तीनैजना प्रत्यासी अध्यक्ष बन्नु पर्ने भयो । केही प्राविधिक असहमतिहरू आएपछि सबै डेलिगेट्सले अनुरोध गरेपछि चुनावमा नगएर सहमतिमा गइयो ।

अहिलेको अवस्थामा एनआरएनएलाई शुद्धिकरण गर्नु जरुरी छ । म महिला भएको कारणले पनि संस्थाको जुन खल्बलिएको प्रणाली छ, त्यो अलिकति सम्हालिन्छ, यसलाई व्यवस्थित तर संस्थागत गर्न सकिन्छ भन्ने विश्वासका साथ उभिएकी हुँ ।

महिला–युवाले अब संस्थाको मूल नेतृत्वमै स्थान पाउनु पर्छ । पैसाको चलखेल गर्न सक्ने मान्छे मात्रै संस्थाको अध्यक्ष हुन सक्छ भन्ने कुरालाई चिर्नका लागि पनि मेरो उम्मेद्वारी हो ।

यो संस्था चुनावमुखी भएको छ, भड्किलो र महँगो देखिएको छ । चुनावका नाममा जुन पुँजी खेर गइरहेको छ, त्यो नेपालीहरूको पैसा अनावश्यक तडकभडकमा खेर गइरहेको हो । चुनाव प्रजातान्त्रिक परिपाटी हुँदाहुँदै पनि यसलाई मितव्ययी र पारदर्शी रूपमा अघि बढाउन एउटा सही प्रणाली बनाउनु पर्ने मैले देखेको छु । यसका लागि मेरो उम्मेद्वारी हो ।

अर्को कुरा, महिला–युवाले अब संस्थाको मूल नेतृत्वमै स्थान पाउनु पर्छ । पैसाको चलखेल गर्न सक्ने मान्छे मात्रै संस्थाको अध्यक्ष हुन सक्छ भन्ने कुरालाई चिर्नका लागि पनि मेरो उम्मेद्वारी हो ।

विदेशका गएका नेपालीहरूमध्ये भुँईमान्छेहरूको पनि यो साझा संस्था हुनुपर्छ, ताकि नेपालमा रहेका राजनीतिक पार्टीहरूले हुकुम लगाउने, नेतृत्व छान्ने जुन कार्य हाबी भएको छ, यो गलत हो । विशुद्ध सामाजिक एकता, सद्भाव लिएर जन्मिएको यो संस्था पछिल्लो समय राजनीतिक अखडा जस्तो बनेको छ, यसलाई पनि चिर्न जरुरी छ ।

यसको विधानमै छ कि यहाँभित्र बसेर कुनै राजनीतिक, जातीय, धार्मिक वा क्षेत्रीय कुरा गर्न पाइँदैन, गुट–उपगुट बनाउन पाइँदैन । संस्थाको विधानलाई कति उम्मेद्वार वा नेताले मान्नु भएको छ त ? भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

विश्वव्यापी बनेको यत्रो ठूलो संस्थामा वास्तवमा बेथिति फस्टाएको छ । यसलाई कोही न कोही नेतृत्वमा पुगेर त्यो बेथितिलाई हटाएर संस्थालाई शुद्धिकरण गर्नु त छ नै । त्यसका लागि कोही न कोही त बोल्नु पर्छ, खबरदारी गर्नुपर्छ भन्नका लागि पनि मेरो उम्मेद्वारी हो ।

तपाईंले बद्री केसीबाहेक अरू प्रतिष्पर्धी नै होइनन्, आफ्नै उपाध्यक्षहरू पनि कसरी प्रतिष्पर्धी हुन्छन् भन्नुभएको छ ? मैदानमा निस्किएको मान्छेलाई कमजोर आँक्न मिल्छ र ? उहाँहरूको पछिल्लो विश्व भ्रमण हेर्दा त तपाईंले भनेजस्तो कमजोर पनि देखिनुहुन्न त ?

एनआरएनको संस्थागत संरचना नै विश्वव्यापी छ । त्यसकारण संस्थाको नेतृत्व गर्न विश्व भ्रमण गर्नु जरुरी नै छैन । आफ्नो व्यक्तिगत इच्छाले घुम्न जानु त्यो आफ्नो ठाउँमा छ । तर एनआरएनमा अहिलेको जुन डेलिगेट्स प्रणाली हो, त्यसमा सबैले सबैलाई चिनिन्छ । त्यसकारण चुनावकै दौडलाई लिएर विश्व भ्रमण गर्नुले त्यति महत्व बोक्दैन ।

विश्व भ्रमण गर्ने खर्चले त नेपालमा आएर एउटा राम्रो अस्पताल वा विद्यालयलाई सहयोग गर्‍यो भने त्यसले बरु अग्र्यानिक मत बढाउँथ्यो । हामी त अध्यक्ष भएर पनि काम गरिरहेकै छौं । त्यो कामलाई मूल्यांकन गर्ने हो, विश्व भ्रमण त साइकल यात्रीले पनि गरेको हुन्छ नि हैन र ? त्यो ठूलो कुरा हुँदैन । तर के काम गरेको छ भन्ने कुराले महत्व राख्छ । उसले के शन्देश दिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

अर्को कुरा, हिजोको दिनमा म र बद्रीजी भनेको निर्वाचित उपाध्यक्ष हो । बकाइदा चुनाव जितेर अध्यक्षको दाबेदार भएका हौं । त्यसकारण हामीमा नेतृत्वको जिम्मेवारी पनि छ । अहिले पनि हामी दुई जना सिटिङ अध्यक्ष हो ।

हामी चुनावमा गएर चुनिन पनि पाएका हैनौं । त्यसकारणले एक पटक सबैजना जुन पदमा हो त्यसैमा दोहोरियौं भने त्यसले संस्थालाई एउटा राम्रो निष्कर्षमा पुर्‍याउँछ, संस्थाले राम्रो नेतृत्व पाउँछ भन्नेमा हाम्रो पहल थियो ।

उहाँहरूलाई मैले अन्यथा भन्न खोजेको हैन कि तर मेरो अनुरोध चाहिँ के थियो भने यदि संस्थालाई बचाउने हो भने उहाँहरू चाहिँ हिजोको सचिव, कोषाध्यक्ष हुुनुहुन्थ्यो, हामी हिजोको उपाध्यक्ष थियौं । हिजो हामी चुनावमा गएर चुनिन पनि पाएका हैनौं । त्यसकारणले एक पटक सबैजना जुन पदमा हो त्यसैमा दोहोरियौं भने त्यसले संस्थालाई एउटा राम्रो निष्कर्षमा पुर्‍याउँछ, संस्थाले राम्रो नेतृत्व पाउँछ, त्यसपछिका जिम्मेवारीमा रहनु भएका साथीहरूमा पनि नेतृत्वको ‘कन्फिडेन्स’ बढ्छ भन्नेमा हाम्रो पहल थियो ।

यसैकारण हामीले उहाँहरूलाई हिजोकै पदमा दोहोरिएर आउन समन्वय गर्न खोजेका थियौं । यसरी जिम्मेवारीकै हिसाबले हामीले हिजोकै पदीय प्रतिस्पर्धामा चाहिँ हामी दुई जना हौं भनेको हुँ ।

एकपटक अध्यक्ष भइहालेँ, अब अरूलाई दिन्छु भन्ने लागेन ? के–के गर्न बाँकी छ, तपाईं नै फेरि अध्यक्ष भएर गर्नुपर्ने वा अध्यक्ष नहुँदा पूरा नै नहुने कामहरू ?

हिजोको कार्यकालमा हामी सहमतिको अध्यक्ष मात्रै हो । वास्तवमा मलाई निर्वाचित हुन मन हो । हिजो छ महिना अध्यक्ष भएर के नै काम गर्न सकिन्थ्यो ! त्यो सानो अवधि भए पनि मैले तीन ओटा ‘ब्लड बस’को परियोजना गरेँ । एक, दुई र पाँच नम्बर प्रदेशमा कोही पनि व्यक्ति रगत नपाएर मर्न नपरोस् भनेर उक्त परियोजना गरेको हुँ ।

महिलाहरूको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धि जनचेतनामूलक कार्यक्रम मैले नेपाल अधिराज्यभर नै चलाइरहेको छु । महिला दिदीबहिनीले यो वा त्यो कारणले दिनदिनै ज्यान गुमाउनु परिरहेको छ, यसमा पनि भर्चुअल कार्यक्रम पनि दिइरहेको छु । एउटा महिलाले ज्यान गुमाउनु भनेको परिवार विखण्डन हुनु हो, छोराछोरी अनाथ हुनु हो । यसले समाजलाई नै परोक्ष रूपमा गहिरो असर गर्छ, जसलाई म महिला भएकै कारण समाजको र महिलाको अस्तित्वको अन्तर्यको तहबाट बोध गर्न सक्छु भन्ने अर्को तर्क हो ।

सार्वजनिक विद्यालयमा अध्ययनरत बच्चाहरूलाई छात्रवृत्ति दिएर उनीहरूलाई निजी विद्यालयका विद्यार्थीले जसरी सिकाइको अवसर मिलोस् भन्ने हेतु पनि काम गरिरहेको छु । यसो सुन्दा लाग्ला कि यो काम त धेरै सरल हो, यसमा के त्यत्रो ठूलो कुरा छ र ! तर मलाई लाग्छ, हामीले बाहिर बसेर पनि हाम्रो मुलुकका लागि केही गर्ने हो भने नयाँ पुस्ताका बालबालिकालाई कसरी समानतापूर्ण अवसरमा हुर्किन मौका दिने भन्ने सोच्नैपर्छ । देशको नागरिक हुँदै गर्दा त्यो समुदायका नागरिकले किन अवसरको उज्यालोका खातिर किनारामा बसेर चियाउन पर्ने ?

अहिले एनआरएन एकदमै चुनावमुखी भएको छ । यो प्रवृत्ति कम गर्न, डेलिगेट्स प्रणालीलाई हटाएर सबै पञ्जिकृत सदस्यले मतदान गर्ने अधिकार सुरक्षित गर्दै सबैको अपनत्वबोध गराउनका निम्ति मेरो पहल हुनेछ ।

कसरी आम सिमान्त समुदायका पुस्तालाई अघि बढ्ने मौका प्रदान गर्ने ? कसरी उनीहरूमा सुविधासम्पन्नका छोराछारीले पाउने तहको शिक्षा र अवसरको लागि प्रतिस्पर्धी क्षमता विकास गर्ने ? ताकि त्यही चुँडिएको चप्पल लगाउनु पर्ने परिवेशका समुदायबाट भोलि देशको कर्णधार जन्मियून् भन्ने आधारभूत कुरातर्फ मेरो ध्यान हो ।

स्वास्थ्यका क्षेत्रमा पनि केही प्रारम्भिक काममात्रै भइरहेका छन् । अरु धेरै काम अब गर्नै बाँकी छन् ।

अहिले एनआरएन एकदमै चुनावमुखी भएको छ । यो प्रवृत्ति कम गर्न, डेलिगेट्स प्रणालीलाई हटाएर सबै पञ्जिकृत सदस्यले मतदान गर्ने अधिकार सुरक्षित गर्दै सबैको अपनत्वबोध गराउनका निम्ति मेरो पहल हुनेछ ।

हाम्रो संस्थाको चुनाव यति भड्किलो भएको छ कि अस्ति साउनमा सम्पूर्ण देशहरूमा राष्ट्रिय समिति छनोटको चुनाव भएको थियो । दुई वर्षे कार्यकालमा एक वर्ष त हाम्रो चुनावै चुनावमा खर्च भयो । यसरी त हरेक कार्यकालको एक वर्ष चुनावमै जाने भो । अनि देशका लागि गर्ने भनेको काम चाहिँ कहिले गर्ने ? त्यसकारण हाम्रो संस्थाको चुनावी प्रणालीलाई एकदम मितव्ययी, फास्ट ट्रयाकबाट गर्ने प्रणाली बनाउनु अर्को लक्ष्य हो । ताकि यो चुनावमा हुने फजुल खर्च र समय हामी नेपालको हितमा लगाउन सकौं । नेपालको सबभन्दा ठूलो रोग गरिबी हो । हामी मितव्ययी हुन सके फजुल खर्च देशमै लगाउन सकिन्छ ।

शौचालय समाजका सभ्यताको एउटा मानक हो । सफा र सुविधायुक्त शौचालयको अभावमा जनस्वास्थ्यमा ठूलो असर पर्छ । जुन समाज र जीवनको आधारभूत आवश्यकता हो ।

हामीले सिकेको ज्ञान, सिप र पुँजीलाई कसरी बढीभन्दा बढी मातृदेशको उन्नतिमा लगाउन सकिन्छ भन्ने लक्ष्य र कार्यक्रम लिएर काम गर्दै आएको हुनाले पनि मेरो अहिलेको उम्मेद्वारी अर्थपूर्ण छ भन्ने मेरो दाबी हो ।

शौचालय समाजका सभ्यताको एउटा मानक हो । सफा र सुविधायुक्त शौचालयको अभावमा जनस्वास्थ्यमा ठूलो असर पर्छ । जुन समाज र जीवनको आधारभूत आवश्यकता हो । यस कुरालाई ध्यानमा राखेर मैले शौचालय सुविधा प्रदान गर्ने अवधारणा ल्याएको छु ।

अहिले पनि थुप्रै छोरीहरूले ‘स्कूल ड्रप आउट’ गर्ने प्रमुख कारण शौचालय नहुनु हो भन्ने अध्ययनहरूले देखाएको छ । शौचालयको अभावकै कारण उनीहरूको स्वास्थ्यमा असर गर्ने, महिनावारीका बेला झनै सुरक्षित शौचालयको जरुरी हुन्छ, त्यसको अभावमा स्कूल नै जान छोड्ने छात्राहरू धेरै छन् । अथवा कमसेकम महिनामा एक हप्ता स्कूल नजाँदा उनीहरूको पढाइ कमजोर हुने हुन्छ ।

माथिबाट ठूला कुरा गरिरहँदा यी गौणजस्ता देखिएका मुद्दाले भोलि तयार हुने पुस्तामा नजानिँदो पारामा पर्ने प्रभावले सिंगो समाजलाई नै असर गरेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन भन्ने मेरो पहल हो । त्यस्तै, सार्वजनिक शौचालय, स्मार्ट शौचालय र सफा शौचालयको अवधारणा ल्याएको छु । अपाङ्गमैत्री सफा शौचालय सात ओटै प्रदेशमा हुने छ, जुन यात्रामा हुनेहरूप्रति लक्षित छ ।

आधारभूत आयोजनाहरू सँगै निकट भविष्यमा ठूला आयोजनाहरू पनि गर्ने लक्ष्य लिएको छु । यी कामहरू जनस्तरका परिणाममुखी काम बनाउन सकिन्छ भन्नका लागि मेरो उम्मेद्वारी हो ।

ठाउँ–ठाउँमा शौचालय अभाव हुँदा यात्रु वर्ग पानी नखाएर ‘डिहाइड्रेशन’को सिकार हुने गरेका छन् । मलाई लाग्छ, विकासको जग हाल्न यस्ता आधारभूत सवालमामा सर्वप्रथम काम गर्नुपर्छ, जुन कार्य हाम्रो नेपाली समाजका लागि आज पनि टड्कारो आवश्यकता हो । यसकारण पनि ठूला मुद्दाहरूमा प्रवेश गर्नुअघि म यी आधारहरू निर्माण गर्न तत्पर छु ।

यिनै कुरालाई ध्यान दिएर मैले गाईघाटमा चार ओटा सफा शौचालय, महेन्द्रपुलमा स्मार्ट शौचालय उद्घाटन गरेको छु । अहिले सुदूरपश्चिमको एउटा कलेजका लागि शौचालयको परियोजना पास गरिसकेका छौं । यी आधारभूत आयोजनाहरू सँगै निकट भविष्यमा ठूला आयोजनाहरू पनि गर्ने लक्ष्य लिएको छु । यी कामहरू जनस्तरका परिणाममुखी काम बनाउन सकिन्छ भन्नका लागि मेरो उम्मेद्वारी हो ।

तपाईं अध्यक्ष हुँदाको कार्यकालमा केही विवाद पनि देखिए, महासचिव गौरीराज जोशीसँगको विवाद त उत्कर्षमा पुग्यो, अहिले त्यो कसरी हल भयो ? अहिले तपाईं महासचिवमा उहाँलाई नै समर्थन गर्दै हुनुहुन्छ भन्ने खबर बाहिर आइरहेको छ ?

अहिलेसम्म मैले दुवै जनालाई समर्थन गरेको छैन । कसलाई गर्ने भन्ने अन्तिममा निर्णय लिन्छु । तर गौरीजीसँग भएको कुरा चाहिँ के हो भने अध्यक्षलाई नसोधिकन उहाँले बैठक स्थगित गराउनु भयो । महासचिवले अध्यक्षलाई नसोधि गरिएको उक्त कार्य अनुशासनबाहिर थियो । त्यो एउटा गुनासो मात्रै हो ।

हाम्रो संस्था अध्यक्ष कार्यकारी भएको संस्था हो । एक शब्द पनि मलाई नसोधेर बैठक बन्द गराउनु भयो, त्यसको गुनासो मात्रै हो मेरो । पछि उहाँले ‘मैले गल्ती गरेँ’ भनेर माफ माग्नुभयो । उमेर र पदका हिसाबले पनि कान्छो भएका हिसाबले मैले पनि उहाँलाई माफ दिएँ । त्योचाहिँ त्यति धेरै ठूलो विवाद हैन । सानो कुरा ठूलोजस्तो भएको मात्रै हो । मैले चाहिँ ठूलो कुरा मानेको छैन । संस्थाभित्र यस्ता सानातिना कुरा भइरहन्छन् र सुल्झिदै पनि जान्छन् ।

संस्थालाई साझा बनाएरचाहिँ जान किन नसकेको ? लोगो प्रयोगका विषयमा माधव मरासिनीले कुरा उठाएको उठायै हुनुहुन्छ, अर्कातिर विनोद कुवँर छुट्टै एनआरएनएको अध्यक्ष हुनुहुन्छ । अन्त ग्लोबल एनआरएनएको छुट्टै संरचना पनि बनिरहेको देखिन्छ । खास, यस्ता कुरा किन हल हुन सकिरहेको छैन ? स्पष्ट पारिदिनुस् न ।

तपाईंले एकदमै सही प्रश्न गर्नु भयो । म यिनै कुराहरूलाई हल गर्नका लागि अध्यक्षको उम्मेद्वारी दिएको हुँ । कुनै पनि संस्थाको मुख्य जिम्मेवारीमा आउनु भनेको त्यससँग सम्बन्धित सबै समस्या र सम्भावनाहरूको सही तवरले नेतृत्व र जिम्मेवारी उठाउने क्षमता राख्नु हो । ममा त्यो क्षमता छ भन्ने दाबी सहितको यो उम्मेद्वारी हो ।

अहिले पनि एनआरएनएभित्र आएका अनेक विवादबारे सबैलाई समन्वय गर्ने, संस्थालाई संस्थागत गर्ने, विधानभित्रका मुद्दामा भएका बहसलाई सहमतिमा ल्याउन मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छु ।

ममा सबैलाई मिलाएर हिँडाउन सक्ने नेतृत्व क्षमता पनि छ । म साथीहरूलाई गाली पनि गर्छु, सम्झाउँछु पनि र माया पनि गर्छु । संस्थाभित्रका साथीहरू बीच भएको मनमुटाव, तिक्तताहरू हटाएर संस्थाको लक्ष्य तथा उद्देश्यमा केन्द्रित गराउनु पनि मेरो लक्ष्य हो । धेरै कुराले म स्पष्टवक्ता पनि छु ।

सबैलाई जगजाहेर नै छ कि एनआरएनएले २० वर्षदेखि यही लोगो प्रयोग गर्दै आएको हो । यही एनआरएनएन भनेर हामीले काम गर्दै आएका छौं । आज कसैले त्यो लोगोलाई एउटा देशमा लगेर दर्ता गर्‍यो भन्दैमा संस्था नै कुनै व्यक्तिको ‘एनआरएनए’ भन्न मिल्छ त ? त्यति मात्र फरक हो ।

यी सबै समस्याको हल गर्दै यो ऐतिहासिक महत्व बोकेको संस्थालाई थप बलियो, विदेशमा बस्ने नेपालीहरूबीच एकता र हाम्रो मातृभूमिसँगको भावनात्मक सम्बन्धलाई सुदृढ बनाउने हेतु मेरो उम्मेद्वारी हो ।

रह्यो कुरा माधव मरासिनीजीको लोगो दाबी सम्बन्धमा । सबैलाई जगजाहेर नै छ कि एनआरएनएले २० वर्षदेखि यही लोगो प्रयोग गर्दै आएको हो । यही एनआरएनएन भनेर हामीले काम गर्दै आएका छौं । आज कसैले त्यो लोगोलाई एउटा देशमा लगेर दर्ता गर्‍यो भन्दैमा संस्था नै कुनै व्यक्तिको ‘एनआरएनए’ भन्न मिल्छ त ? त्यति मात्र फरक हो ।

उहाँ पनि एनआरएन हो, एनआरएनएको छातामुनि बस्ने हो । मानौं, कुनै देशमा बसेर कसैले नेपालको झण्डा बनाउँछ रे, त्यो मेरो व्यक्तिगत झण्डा भन्न मिल्यो ? कुनै पनि कुराको सही तर्क हुनुपर्‍यो । वास्तवमा उहाँ आफैं एनआरएन हो, यो संस्था र संस्थाको लोगोप्रति उहाँको पनि ‘ओनरसीप’ छ भने ‘मेरो’ भन्न मिल्दैन नि । संस्था त कुनै एक व्यक्तिको हुँदैन नि ।

एनआरएनए भावनात्मक रूपमा जोडिएको संस्था रहेन, अब आर्थिक जोडघटाउ धेरै थाल्यो, पार्टीलाई कसले कति बढी बुझाउन सक्छ, उसैले चुनाव जित्छ । जुन पार्टी शक्तिशाली छ, उसैले चुनाव जित्छ भन्नेजस्ता आरोप मिथ्या हुन् कि खुल्ला सत्य ?

यो चाहिँ देशको लागि ठूलो दुर्घटना हो, घाटा हो । लाखौं नेपाली जोडिँदै गरेको एक सामाजिक संस्थालाई राजनीतिक पार्टीको भागबण्डाभन्दा माथि राख्नुपर्छ । यो संस्थामा भएका अथाह सम्भावनाहरूलाई पार्टीका नेताहरूले ‘क्यास’ गर्नुपर्छ । विदेशमा बसेका लाखौं नेपालीले सिकेका ज्ञान, सीप, पुँजीलाई नेपालको हितमा प्रयोग गर्नेबारे एकमत भएर सोचिदिनु भए राम्रो हुन्थ्यो ।

विदेशमा बस्नेले जे काम गरे पनि राम्रो तरिकाले सिक्नु भएको हुन्छ । त्यो त देशको लागि फाइदाको कुरा हो । आफूले पढाउनु पर्ने, सिकाउनु पर्ने कुरा विदेशी सरकारले सिकाइदिएको छ, हैन ? यसमा राजनीतिक प्रभाव पार्नु हुन्छ भने उहाँहरूलाई नै घाटा हो । उहाँहरू जुनसुकै पार्टी आए पनि यो संस्थालाई सँगै लिएर जानु भयो भने त्यो ज्ञान, सीप, प्रविधिलाई नेपाल सरकारले देश विकासमा लगाउने योजना बुन्नु पर्छ ।

अरु देशले त्यही ज्ञान, सीप हासिल गर्न राज्यले लगानी गरेर पठाएका हुन्छन् । नेपालका छोराछोरी त अर्काको देशलाई रिझाएर आफूले केही सिकेर, आर्जन गरेर देश पनि बनाउन खोजिरहेका छन् । यसमा चाहिँ राजनीतिक हस्तक्षेप कहिँ कतैबाट हुँदैछ भने त्यो नेपाली नेताहरूले गर्नुहुँदैन भन्छु म चाहिँ ।

विश्वभरि छरिएर बसेका नेपालीको समस्याको समाधान गर्न गैरआवासीय मन्त्रालय हुनु पर्ने अबको आवश्यकता छ । त्यो मन्त्रालय बनायो भने नेपाललाई संसारभरी सिकेको ज्ञान, सीप प्राप्त हुने छ ।

भावी पुस्ताका लागि देश बनाउनुु छ भने उहाँहरूले सबैलाई समानतापूर्वक संस्थालाई हाम्रो पनि हो भनेर लानु भयो भने देशले दीर्घकालिन लाभ लिन सक्छ । तर कुनै व्यक्तिलाई बनाउने, फोकस गर्ने हैन । पछिल्ला वर्षहरू देशमा ठूलो संख्यामा नेपाली युवा विदेशिने क्रम बढेको छ । यसरी हेर्दा एनआरएनको संख्या बढ्दो अवस्थामा भएको हुनाले नेपालले अहिले नै सोचेर गैरआवासीय मन्त्रालय बनाउनु पर्छ । त्यसमार्फत् एनआरएनको सम्पूर्ण सेवा प्रवाह गर्ने व्यवस्था गर्नुपर्छ ।

देशबाट बाहिरिनेहरूको सन्दर्भमा कुरा गर्दा नागरिकता, भिसा एक प्रकारको छैन । वैदेशिक रोजगारीका क्षेत्रहरू एकै प्रकारको छैन हाम्रो । त्यसकारण विश्वभरि छरिएर बसेका नेपालीको समस्याको समाधान गर्न सो मन्त्रालय हुनु पर्ने अबको आवश्यकता छ । त्यो मन्त्रालय बनायो भने नेपाललाई संसारभरी सिकेको ज्ञान, सीप प्राप्त हुने छ ।

आज संसारका उत्कृष्ट विद्यालयमा मेडिकल साइन्स, इञ्जिनियरिङ, व्यवस्थापन, उद्यम–व्यवसाय जस्ता विषयहरूको अध्ययन गरिरहेका र गरिसकेर अनुभव बटुलिरहेका जनशक्ति एनआरएनका रूपमा छन् । त्यो मन्त्रालयमार्फत् देशले यसरी छरिएर रहेका विश्वव्यापी ज्ञान, सीप र स्रोतको एउटै बाटोबाट उपयोग गर्न सक्छ । सरकारको निकाय मन्त्रालय नै भयो भने यो राजनीतिकरण पनि कम हुन्छ ।

विदेशिने नेपालीहरूले सबै त्यो मन्त्रालयमार्फत् काम गर्नुहुन्छ । विदेशिनेहरूको सम्पूर्ण तथ्यांक त्यहाँ जम्मा हुन्छ कि बाहिरिएका नेपाली के–के काममा गएका हुन् ? उनीहरूको अवस्था कस्तो छ ? कस्तो सीप र कति कमाइ हासिल गर्दै छन् ? तिनलाई नेपाल फर्केपछि कसरी उपयोग गर्न सकिन्छ ? लगायत सूचना मन्त्रालयमार्फत् नै संकलन गर्न सकिन्छ । यो मेरो एउटा मुख्य चुनावी एजेन्डा पनि हो । म नेतृत्वमा गएँ भने यसका लागि सरकारसँग लबिङ गर्छु । नजिते पनि म नेताहरूलाई यस विषयमा काम गर्न झक्झक्याउने छु ।

खासमा एनआरएनएले नेपालमा गर्न सक्ने के के छन् ? लगानीमा के छ ? नीति निर्माणमा कति गर्न सक्छन् ? नेपालले कति अपेक्षा गर्न सक्छ एनआरएनसँग ?

एनआरएनसँग अथाह सम्भावना छन् । नेपालका लागि धेरै काम गर्न सक्छन् । मैले अघि नै भनेँ, जुन मन्त्रालय बनाइयो भने त्यहाँ विभागहरू, विज्ञहरू हुनेछन् । हिजोका नानीहरू युवा हुँदै विदेशिने क्रम जारी छ । लगानीको कुरा मात्रै ठूलो कुरा होइन, यो भन्दा ठूलो सीप र ज्ञान हो, उनीहरूको दिमाग हो । त्यो हामी ल्याउन सक्छौं । यसले विश्वभरीका नेपालीहरूलाई एकिकृत गर्न सक्छ । नेपालको समृद्धिका लागि त्यो मन्त्रालयले नै एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

अब लगानीकै मुख्य कुरा गर्दा, कृषिमा बढी ध्यान दिनुपर्छ । अथाह सम्भावना कृषिको क्षेत्रमा छ । देशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउन र निर्यात गर्न समेत यस क्षेत्रमा लगानी गर्न सकिन्छ । विश्वभरि नेपालीहरूलाई मात्रै पठाउन सकियो भने पनि ठूलो मात्रामा आम्दानी हुन सक्छ ।

पर्यटन विकासका लागि विश्वभर रहेका नेपालीहरूलाई नेपालको पर्यटनदूतका रुपमा पठाउन सकिन्छ । मेरो कार्यकालको एउटा महत्वपूर्ण योजना यो पनि हो । विदेशीहरू ल्याउन पहल गर्ने हो ।

जडिबुटी तथा औषधीजन्य वस्तु उत्पादनमा पनि सम्भावना छ । नेपाललाई आवश्यकमध्ये २५ प्रतिशत औषधी मात्रै यहाँ उत्पादन हुने गरेको छ । बाँकी बाहिरबाट ल्याउनु पर्छ । एनआरएनहरूमा धेरै फर्मासिस्ट, विज्ञहरू हुनुहुन्छ । कच्चा पदार्थ यहीँ उत्पादन गर्न सकिन्छ । उहाँहरूलाई यहाँ ल्याएर अरु धेरै औषधी उद्योगमा लगानी गर्न सकिन्छ ।

पर्यटन अर्को अथाह सम्भावनाको क्षेत्र हो । भएका गन्तव्यको पूर्वाधारमा स्तरोन्नति गर्ने, नयाँ गन्तव्यको पहिचान गर्ने र पूर्वाधार विकासमा एनआरएनहरूको लगानी भित्र्याउनु पर्छ । म आफैंले पनि केही पर्यटकीय क्षेत्रमा लगानी गरेको छु ।

पर्यटन विकासका लागि विश्वभर रहेका नेपालीहरूलाई नेपालको पर्यटनदूतका रुपमा पठाउन सकिन्छ । मेरो कार्यकालको एउटा महत्वपूर्ण योजना यो पनि हो । यसमा मैले जोड गर्ने कुरा के छ भने विदेशीहरू ल्याउन पनि पहल गर्ने हो । तर भुल्न नहुने कुरा विदेशमा रहेका नेपालीलाई नै हाम्रै पर्यटन क्षेत्रमा आमन्त्रण गर्न सके खर्च बेसी गर्छन् ।

एउटा विदेशी एक पेग वाइन खाएर एउटा उपन्यास पढेर फर्किन्छ । तर पैसा कमाएका नेपालीहरू मन खोलेर खर्च गर्छन् आफ्नै देशमा । नेपाली आए होटल, रेष्टुरेन्ट व्यवसायको व्यापार बढ्छ । आफ्नो गाउँमा जान्छन्, त्यहाँ केही सम्भावना हेर्छन्, केही सहयोग गर्छन्, आफन्त भेट्छन् । विदेश फर्किन्छन्, आफ्नो अनुभव र खुसी विदेशीलाई सुनाउँछन् र फेरि तिनलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्छन् ।

नेपाल सरकारले सेवा प्रवाह प्रणालीमा डिजिटलाइजेसन गर्नु आवश्यक छ । अमेरिकामा आवश्यक काजगात बोकेर गएको खण्डमा दुई घण्टामा कम्पनी दर्ता हुन सक्छ । यहाँ सोही काम गर्न लामो समय र झन्झटहरू व्यहोर्नु पर्छ ।

अर्को, जलविद्युतको क्षेत्रमा प्रशस्तै लगानी आइरहेको छ । त्यसकारण अब हामी सौर्य उर्जा उत्पादनमा जानुपर्छ । स्वास्थ्य प्रणालीका कुराहरू, खाना प्रोसेसिङका लगायत धेरै क्षेत्रमा उद्योगको रूपमा लगानी पनि ल्याउन सकिन्छ, हामीले स्वयम् सेवा पनि गर्न सक्छौं ।

हार्ड भन्दा पनि सफ्टवयरमा जानुपर्छ । अबको जमाना भनेको प्रविधिले हाँक्ने हो । त्यसकारण नयाँ–नयाँ प्रविधिको विकासमा पनि एनआरएनको लगानी भित्र्याउन जरुरी छ ।

यता नेपाल सरकारले पनि सेवा प्रवाहका प्रणालीमा डिजिटलाइजेसन गर्नु आवश्यक छ । मैले अमेरिकामा आवश्यक काजगात बोकेर गएको खण्डमा दुई घण्टामा कम्पनी दर्ता हुन सक्छ । यहाँ सोही काम गर्न लामो समय र झन्झटहरू व्यहोर्नु पर्छ ।

‘घुमिफिरी रुम्जाटार !’ भनेजस्तो म फेरि पनि एनआरएन मन्त्रालय स्थापनाको अवाधारणामाथि काम गर्न नेपाल सरकारसँग आग्रह गर्छु । यसरी नेपाल सरकारले व्यवस्थित प्रणाली बनाइदिन सकेमा हामी विदेशमा सिकेका धेरै ज्ञान, सीप र स्रोत ल्याउन सक्छौं ।

भाषा र संस्कृति बचाउन सकियो भने मात्रै आउँदो पुस्ताले नेपाली हुँ भन्न पाउँछन् । यही सुरुआतका लागि मैले अमेरिकाको बाल्टिमोरमा भाषा कक्षा र परामर्श कक्षा चलाएकी थिएँ । अहिले त्यो क्षेत्रमा धेरै नयाँ पुस्ताले नेपाली बोल्छन् ।

त्यस्तै, विदेशमा जन्मेका नयाँ पुस्ताका बच्चाहरूलाई नेपाल कसरी ल्याउने भन्ने अर्को सवाल छ । विभिन्न देशमा हाम्रा नानीबाबुहरू त्यहाँ रहँदा–बस्दा त्यहीँका विश्वविद्यालयहरूमा पढ्नुभएको छ । ती बच्चाहरूलाई यहाँको युवापुस्तासँग अनुभव र ज्ञान साटफेर गराउनु पर्ने अर्को दायित्व पनि छ । त्यसका लागि हाम्रो ‘युथ एक्स्चेन्ज प्रोग्राम’ पनि छ । त्यो कार्यक्रमअन्तर्गत हामी यो पुस्तालाई देश चिनाउने, नेपाली भाषा, संस्कृति सिकाउने मुख्य उद्देश्य हो ।

भाषा र संस्कृति बचाउन सकियो भने मात्रै आउँदो पुस्ताले नेपाली हुँ भन्न पाउँछन् । यही सुरुआतका लागि मैले अमेरिकाको बाल्टिमोरमा भाषा कक्षा र परामर्श कक्षा चलाएकी थिएँ । अहिले त्यो क्षेत्रमा धेरै नयाँ पुस्ताले नेपाली बोल्छन् । भाषा रहे नै हामी नेपाली रहन्छौँ । स्पेनीसहरूले भाषा बचाएका थिए, स्पेनिस विश्वको दोस्रो अधिक बोलिने भाषामा पर्छ । ब्रिटिसहरूले भाषा बचाएका छन्, यो विश्वकै पहिलो भाषाका रूपमा छ । त्यसकारण हामी बाँच्न हाम्रो भाषा बचाउने अभियान पनि मेरो योजना हो ।

एनआरएनले अहिलेसम्म गरिरहेको काम र त्यसको परिणामलाई हेरेर तपाईं सन्तुष्ट हुनुहुन्छ ? परिणामभन्दा पनि हल्ला नै बढी भयो भन्ने आरोप पनि देखिन्छ, त्यसलाई जवाफ दिन पुग्ने काम भएको छ ?

लामै इतिहास बोकेको एनआरएनएले स्थापनाकालदेखि धेरै काम गरेको छ । यसलाई आम जनसमुदायसम्म राम्ररी प्रवाह गर्न नसकिएको हो । नेपालले पनि यो संस्थाले गरेका कार्यलाई सकारात्मक तवरले हेरिदिनु पर्छ । केही उदारहण हेरौं, भूकम्प आउँदा होस् वा बाढी–पहिरो, कोभिडको महामारी, देशलाई सघाउन सबभन्दा पहिले गैरआवासीय नेपाली नै आइपुगेको हो ।

यहाँको शैक्षिक अवस्था सुधार ल्याउन केही न केही सानातिना परियोजना गरिरहेको छ । त्यसलाई एकीकृत गर्न चाहिँ नसकेको हो ।

यहाँ बस्ने नेपाली दाजुभाइ, दिदीबहिनीले हामीलाई गरेको काममा प्रोत्साहन र थप गर्न उत्प्रेरित गरिदिनु पर्‍यो । ‘केही गरेनन् !’ भनेर निरुत्साहित गर्ने हैन कि, जति भएको छ, त्यसमा प्रोत्साहित गर्दै थप स्रोत, सीप र सहयोग भित्र्याउन आमन्त्रण गरिदिनु पर्‍यो ।

वास्तवमा विदेश वसेर कमाउन सजिलो चाहिँ छैन । त्यहाँ निरन्तर काम गर्दा–गर्दा विरक्त भएको बेला यहाँबाट उर्जा दिनुहोस् । त्यो उर्जा यतैसम्म फैलेर आउँछ । विदेशी भूमिमा बस्दा बिहान उठेदेखि राती नसुत्दासम्म कुनै न कुनै बेला देश, माटो, गाउँठाउँ सम्झिरहेका हुन्छौँ । हामी तपाईंहरूकै रगत, सम्बन्ध हौँ, पराया नसोचिदिनुहोस् ।

एनआरएनएको आकार र लक्षित वर्गको दायरा निकै फराकिलो भइसकेको देखिन्छ, यसका लागि नीतिगत तयारी, समयको लगानी, जनशक्ति व्यवस्थापन आदिमा कस्तो योजना बनाउनुभएको छ ?

एनआरएन एकदमै बढ्दो अवस्थामा छ । ९० देशमा एनआरएनएको शाखा विस्तार भइसकेको छ । यति धेरै देशमा रहेका नेपालीसँग भएको स्रोत नेपाल ल्याउन सके ! एउटा देशको राष्ट्रिय समन्वय समिति (एनसीसी)ले मानौं १० लाख रुपैयाँको योजना गर्‍यो भने ९० देशबाट काम हुँदा एउटा आयोजना त यसै सफल हुँदैन र?

त्यसकारण यसले धेरै काम गर्न सक्छ । यति हो कि नेपाल सरकारले लगाउनु र जगाउनु सक्नु पर्‍यो । एउटा घरको परिवार सदस्यलाई त कोही न कोहीले अह्राइकराइ गर्नुपर्छ भने संसारभरी यसरी छरिएर रहेका नेपालीलाई निर्देश गर्न सरकार र नेताहरू लाग्नु पर्‍यो ।

धेरैले भन्नुहुन्छ, ‘तपाईं भयो भने विवादरहित हुने रहेछ, काम परिणाममुखी हुने रहेछ, तपाईंले धेरै विधानहरू संशोधन गर्नु भयो, योजनाहरू राम्रो ल्याउनु भयो र सबैलाई समेटेर लान सक्ने नेतृत्व क्षमता तपाईसँग छ, हामी साथ दिन्छौं ।’

त्यसकारण यहाँ राजनीति भन्दा बढी नेपाली भावलाई जगाएर देशका लागि उपयोग गर्ने नीति लिन सरकार र नेताहरूलाई आग्रह गर्छु । व्यक्ति धनी भएर पुग्दैन, देश धनी हुनुपर्‍यो । यसो हुन सके हाम्रो सबभन्दा ठूलो शत्रु गरिबीलाई हटाएर देशलाई विकासको उचाईमा पुर्‍याउन बेर लाग्दैन ।

अन्तिममा, तपाईं एनआरएनको शक्तिशाली संस्थाको अध्यक्ष भइसक्नुभयो, अब फेरि हुन खोज्दै हुनुहुन्छ ? यो महिलालाई नेतृत्वमा पुग्न सहज वातावरण वा चेतना निर्माण भएको संकेत हो या यसपछि अझै संघर्षका कठिन कथा लुकेकै छन् ?

एउटा महिलालाई यहाँसम्म पुग्न निकै संघर्ष गर्नुपर्ने कुरा त सर्वविदितै छ । तर एनआरएनएमा महिला अध्यक्षमा रूपमा म आएको कुरामा संस्थामा आबद्ध धेरै सदस्य साथीहरू खुसी नै हुनुहुन्छ । धेरैले भन्नुहुन्छ, ‘तपाईं भयो भने विवादरहित हुने रहेछ, काम परिणाममुखी हुने रहेछ, तपाईंले धेरै विधानहरू संशोधन गर्नु भयो, योजनाहरू राम्रो ल्याउनु भयो र सबैलाई समेटेर लान सक्ने नेतृत्व क्षमता तपाईसँग छ, हामी साथ दिन्छौं ।’

अहिले महिलाले आँटेर निस्किन चाहे हरेक क्षेत्रको नेतृत्व महिलाले हाँक्न सक्ने क्षमताका धेरै साथीहरू हुनुहुन्छ । । म यो नेतृत्वमा पुनः आउन चाहन्छु । भोलि आउने साथीहरू र पुस्ताका लागि म उदाहरणीय बन्न सक्ने गरी नेतृत्व गर्न चाहन्छु ।
***

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *