
नेपालको अत्यन्तै उत्पादनशील जनशक्ति देशबाहिर छ । कार्यक्षमताको हिसाबमा झण्डै आधा जस्तो र कुल जनसंख्याको एक तिहाइ बाहिर छन् । यसैले गैरआवासीय नेपालीहरूको जारी महाधिवेशनलाई निकै चासोपूर्वक नै हेरिरहेको छु ।
उहाँहरू जहाँ–जहाँ रहनु भएको छ, त्यहाँका नेपाली समुदायको आपसी हित, नेपाल राष्ट्रको विकासमा पनि योगदान गर्न सकिन्छ भन्ने उद्देश्यले यसको सुरुआत गर्नुभो र आजसम्म गर्दै आउनु भएको छ । उहाँहरूको सम्मेलनको सफलताको शुभकामना छ ।
सम्मेलन भनेको केवल नेतृत्व चयन मात्रै हैन, राम्रो नीति बनाउने अवसर पनि होस् । किनकि नेपालीको हित र नेपालको पक्षमा काम गर्ने यस्तो संस्था विवादित नबनोस् भन्ने शुभकामना दिन चाहन्छु । निश्चय पनि अहिले गैरआवासीय संघमा रहेका सबै जना एकदमै सम्पन्न भन्ने त छैन । तर एउटा हिस्साको स्रोत साधनमाथि राम्रो पहुँच भएको छ ।
हालैको नागरिकतासम्बन्धि विधेयकअनुसार राजनीतिक र प्रशासनिकदेखि बाहेक गैरआवासीय भए पनि तीन पुस्तासम्म नेपालकै नागरिकता लिन पाउने व्यवस्था गरिएको छ ।
अन्ततः देश भनेको आफ्नो हुन्छ । त्यसैले एनआरएनहरूले स्वदेशमा लगानी गरे राम्रो हुन्छ । अहिले भर्खरै विश्व घटनालाई हेर्दा पनि राष्ट्रिय भावना ममता र मातृत्व जस्तै हो । आफू हुन देशै चाहिन्छ । देशमै लगानी गर्ने, रोजगार सिर्जना गर्ने, बाहिर केही समय पेशा, व्यवसाय गरेर अन्ततः देशै फर्किने सोच बनाउनु राम्रो हुन्छ ।
गैरआवासीय नेपालीहरूले नेपाली नागरिकता पाउनु पर्ने माग लामो समयदेखि राख्दै आउनुभएको थियो । हालैको नागरिकतासम्बन्धि विधेयकअनुसार राजनीतिक र प्रशासनिकदेखि बाहेक गैरआवासीय भए पनि तीन पुस्तासम्म नेपालकै नागरिकता लिन पाउने व्यवस्था गरिएको छ । जसले आर्थिक, सामाजिक सबै क्षेत्रमा काम गर्न, लगानी गर्न, आफ्नो पुख्र्यौली सम्पत्तिको रक्षा गर्नलगायत सम्पूर्ण सुविधा लिन ढोका खोलेको छ ।
उताको त्यागेर यता आउन त जहिले पनि पाउनुहुन्छ । बाजे पुस्ता नेपाली भएर छोरा–नाति पुस्तासम्म एनआरएन हुन पाइन्छ । यसरी हेर्दा सरकारले बाहिर भएका नागरिकका निम्ति एकदमै ध्यान दिएको छ ।
एनआरएनले सिकेको उक्त ज्ञान, सीप र स्रोतलाई नेपालमा एकीकृत बाटोबाट ल्याउने र नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव दिने खालका आयोजनाहरू लागू गर्न सक्नुहुन्छ ।
दोस्रो, एनआरएनलाई त हैन । तर बाहिर बस्ने नेपाली, जसले नेपाली नागरिकता त्यागेका छैनन्, उहाँहरूका निम्ति अनलाइन मतदान गर्न पाउने व्यवस्थाबारे सैद्धान्तिक छलफल भइरहेको छ । त्यसलाई ऐनमा विकास गर्न चाहिने कार्यप्रणालीमाथि पनि छलफल भइरहेको छ । बाहिर बस्ने नेपाली र गैर आवासीय नेपालीप्रति हाम्रो राज्य संवेदनशील छ, हाम्रो पार्टी पनि उत्तिकै संवेदनशील छ । यो राजनीतिक, धार्मिक, क्षेत्रीय, जातीय लगायत परिधिभन्दा माथि उठेर बनेको नेपालीको साझा संस्था हो । यसलाई साझा नै बनाइयोस् सधैँलाई भन्ने मेरो मत छ ।
एनआरएनएमाथि नेपालका राजनीतिक दलहरूले खिचातानी गर्नुहुँदैन । हामीले दलभन्दा माथि उठेर, अलिक फराकिलो छाति गरेर उनीहरूले बाहिर बसेर सिकेको ज्ञान, सीप र स्रोतलाई राष्ट्रको हितमा लगाउन तत्पर रहनु पर्छ । किनभने देशबाट बाहरिएका नेपाली विभिन्न देशमा ठूलोे संख्यामा हुनुहुन्छ । उहाँहरू श्रमिकदेखि व्यवसायी, ठूला उद्यमी, अनुसन्धाता, वैज्ञानिक, प्राध्यापक, डाक्टर, इञ्जिनियर, वकिललगायत विविध पेशा व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँहरूले नेपालमा भन्दा अवश्य उच्च सीप, ज्ञान हासिल गर्नुभएको छ । नयाँ प्रविधि जानेको हुनुहुन्छ । यसर्थ उहाँहरूले सिकेको उक्त ज्ञान, सीप र स्रोतलाई नेपालमा एकीकृत बाटोबाट ल्याउने र नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव दिने खालका आयोजनाहरू लागू गर्न सक्नुहुन्छ । त्यसका लागि नेपाल सरकारले, यहाँको नीति नियमले पनि उहाँहरूलाई सहज बाटो बनाइदिनुपर्छ ।
एनआरएनए गैरआवासीय नेपालीको एकताको लागि बनेको भए पनि नेपाली श्रमिक नेपालीको हकहितका लागि पनि काम गर्दा राम्रो हुन्थ्यो भन्ने लाग्छ ।
हामी अन्य देशसँग त अनुदानका लागि अनुरोध गरिरहन्छौं भने उहाँहरू त नेपाली नै हो, आफ्नै दाजुभाइ–दिदीबहिनीको लगानी देशमा भित्रिनु हाम्रो लागि गर्वको कुरा हो । यसो त जलविद्युत, सेवा उद्योगका केही क्षेत्रमा उहाँहरूको लगानी भित्रिँदै पनि छ । हामीले सहज र ढुक्कको वातावरण दिन सकियो भने ठूलो लगानी उहाँहरूबाटै आउन सक्छ । एनआरएनएनले एउटा कोष बनाएर लगानी जुटाउने पहल पनि थालेको छ भन्ने सुनेको छु ।
त्यसरी लगानी आयो भने त्यसले दुइटा काम गर्छ । पहिलो, नेपालको विकासमा बलियो भरथेग हुन सक्छ । दोस्रो, भोलि विदेशी नागरिकता वा कागजात त्यागेर नेपालमै फर्केर केही गर्न चाहने नेपाली पनि हुनुहोला, उहाँहरूका लागि पनि देश फर्केर कुनै न कुनै लगानीको हिस्सेदार हुन पाउनुहुन्छ, त्यो उहाँहरूको भविष्यको लागि एउटा गरिखाने बाटो पनि बन्ने छ । त्यसकारण एनआरएन र यो संस्थालाई हामीले सद्भावपूर्ण व्यवहार कायम राख्नुपर्छ भन्ने लाग्छ ।
एनआरएनए गैरआवासीय नेपालीको एकताको लागि बनेको भए पनि नेपाली श्रमिक नेपालीको हकहितका लागि पनि काम गर्दा राम्रो हुन्थ्यो भन्ने लाग्छ । एउटाको राजनीतिक उद्देश्य र अर्को गैर–राजनीतिक उद्देश्यको बोकेको संगठन भए पनि यी संस्थाले एकअर्कामा समन्वय, सहकार्य गरेर नेपाली समुदायको हितमा काम गर्दा राम्रो हुन्छ ।
एनआरएनएमा विशेषगरि देशको नागरिकता त्यागेर सम्बन्धित देशको आवासीय परिचय–पत्र ग्रहण गरिसकेका नेपाली मूलका मानिस समेटिन्छन् । अर्कै मुलुकको नागरिकको हैसियत पाइसकेका व्यक्तिलाई हाम्रो पार्टी–संगठनको सदस्य वा अरु कुनै जिम्मेवारीमा राख्ने कुरै भएन ।
नेपालका राजनीतिक पार्टीहरूको प्रवासमा पनि जनवर्गीय संगठन छन् । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को अमेरिका, युरोप, एसियाली गरी ५६ देशमा नेपाली जनप्रगतिशील मञ्च छ । यी संगठनले हाम्रो राजनीतिक प्रबद्र्धन भन्दा बढी ती देशहरूमा रहेका श्रमिकका हकहितमा बेसी काम गर्छ । प्रवासमा रहेका श्रमिकहरूलाई देश तथा विश्व राजनीतिप्रति सचेत गराउने, आफ्नो अधिकारका लागि बोल्न सक्ने बनाउने, लड्न ढाडस दिने र श्रमिकको एकता कायम गर्न यी संगठनको जिम्मेवारी रहन्छ ।
तर, गैर आवासीय नेपाली संघ फरक संस्था हो । एनआरएनएमा विशेषगरि देशको नागरिकता त्यागेर सम्बन्धित देशको आवासीय परिचय–पत्र ग्रहण गरिसकेका नेपाली मूलका मानिस समेटिन्छन् । अर्कै मुलुकको नागरिकको हैसियत पाइसकेका व्यक्तिलाई हाम्रो पार्टी–संगठनको सदस्य वा अरु कुनै जिम्मेवारीमा राख्ने कुरै भएन । यद्यपि एनआरएनहरू पनि नेपाली मुलबासी नै हुन् । उनका घरपरिवार, नाता आफन्त यतै छन् । उनीहरूमा मातृभूमिप्रतिको माया छँदैछ । उनीहरू नेपालका लागि केही न केही समाजसेवा वा यहाँ केही उद्योेग व्यवसाय संचालन गर्न चाहन्छन् । उनीहरूको भाषा, संस्कृति नेपाली हो । यसर्थ उनीहरूको स्वभाविक रूपमा नेपाली समाजको राजनीतिक विचारधारासँग निकटता राख्नु अस्वाभाविक मान्दिनँ ।
नेपालले उहाँहरूलाई माया नगरेको पनि हैन । राजनीतिक तथा प्रशासनिक अधिकारभन्दा बाहेकका आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैर आवासीय नागरिकता प्रदान गरेको छ ।
वास्तवमा मानिस राजनीतिक प्राणी त हो नै । तर यसको मतलब एक विशुद्ध सामाजिक एकताको भावले बनेको संस्थाभित्रै राजनीति हाबी हुनुचाहिँ राम्रो हुँदैन । पछिल्लो समय एनआरएनएमा अलिक ज्यादा राजनीतिक पार्टीहरूको प्रभाव रहेको हो कि भन्ने देखिन्छ । संस्था पनि फुटेर दुइटा भयो । यस्तो फुटले चाहिँ न संस्थाको हित गर्छ, न त अन्तरराष्ट्रिय समुदायमा राम्रो सन्देश नै जान्छ । त्यसकारण त्यहाँभित्र राजनीति हाबी हुन नदिने गरी नयाँ नेतृत्व चयन हुन सके राम्रो हुन्छ ।
त्यसो त नेपालले उहाँहरूलाई माया नगरेको पनि हैन । राजनीतिक तथा प्रशासनिक अधिकारभन्दा बाहेकका आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैर आवासीय नागरिकता प्रदान गरेको छ ।
एनआरएन र बाहिर गएका नेपालीहरूलाई म के आह्वान गर्छु भने तपाईंहरूले आफूसँग भएको स्रोत, साधन, ज्ञान, सीपलाई नेपालमा ल्याएर प्रयोग गर्नुहोस् । अर्को, तपाईंहरूको सम्पर्कमा भएका सम्बन्धित देशका लगानीकर्ताहरूलाई पनि नेपालसँग जोड्नुहोस् । जसबाट नेपालमा रोजगारी सिर्जना होस्, राज्यले राजश्व पाउँछ । राज्यकोषलाई बलियो बनाउन सहयोग गर्नुहोस् । तपाईहरूसँगको हातेमालो भयो भने छोटो सयममा तीव्र गतिमा आर्थिक क्रान्ति मुलुकले गर्न सक्छ । आफ्नो मातृदेशको विकास भए तपाईंहरूले आफू रहेको वर्तमान समाजमा पनि गर्वले उभिन पाउनुहुन्छ ।
अर्काको देशमा स्याउ टिप्न, अरबी भूमिमा ५० डिग्रीको गर्मीमा पिल्सिन तयार युवाहरू यहाँ त्यो भन्दा कम होला कमाइ तर यति अनुकूल प्रकृति र मौसम भएको भूमिमा थोरै जाँगर लगाएर श्रम गरौं, पक्कै राम्रो हुनेछ ।
यति हुँदाहुँदै पनि नेपाली युवा ह्वारह्वारी विदेश जानेक्रम तीब्र गतिमा बढेको छ । यसरी खाली हुँदै जाने हो भने देश जस्तो कसरी होला त ? त्यसकारण आफ्नो देशभित्रै मिहिनेत गर्न गाह्रो नमानौं । उद्यमशीलताका अनेक अवसर यहाँ पनि छन् । युवाहरू नै कुनै पनि देशको उत्पादक शक्ति हो । अहिले पनि हामीसँग कृषियोग्य जमिन जति पनि छ । कृषिजन्य उपजका आयात गर्दा खर्बौं रुपैयाँ देशबाट बाहिर जान्छ ।
अर्काको देशमा स्याउ टिप्न, अरबी भूमिमा ५० डिग्रीको गर्मीमा पिल्सिन तयार युवाहरू यहाँ त्यो भन्दा कम होला कमाइ तर यति अनुकूल प्रकृति र मौसम भएको भूमिमा थोरै जाँगर लगाएर श्रम गरौं, पक्कै राम्रो हुनेछ ।
अन्त्यमा, बाहिर गएकाहरूले त्यहीँबाट सोच्नुु हुनेछ । गइनसकेकाहरू एकपल्ट आफ्नो ठाउँ हेरौं । गैरआवासीय नेपालीहरूले पनि देशप्रतिको मायालाई निरन्तर जोगाइराख्नोस् । आखिर यो तपाईंहरूकै पुर्खाको भूमि हो । आउनुहोस्, मिलेर देश बनाऔं ।
***
नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालसँग मरुहिटी सम्पादक शकुन्तला जोशीले गरेको कुराकानीमा आधारित