Logo

२८ कार्तिक २०८१, बुधबार

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अन्य संस्थाको लोगो अनधिकृत रूपमा प्रयोग गरिरहेको भन्ने आजीवन सदस्य माधव मरासिनीको दाबीप्रति समर्थन गर्दै परराष्ट्र मन्त्रालयले कानुनी लडाइँमा जान सुझाएको खुलेको छ ।

लोगोको आधिकारिक स्वामित्व आफूसँग रहेको प्रमाणसहित मन्त्रालयलाई मरासिनीले गरेको पत्राचारबारे प्रतिक्रिया दिँदै मन्त्रालयका अधिकारीले यस्तो जवाफ दिएका हुन् ।

अधिकारीले मन्त्रालयअन्तर्गत दर्ता भए पनि संस्थाका गतिविधिबारे पूर्ण जिम्मेवार आफूहरू नहुने उल्लेख गर्दै अन्य संस्थाको बौद्धिक सम्पत्ति चोरी गरी प्रयोग गरेको मुद्दामा सोसँग सम्बन्धित निकायमार्फत कानुनी लडाइँ लड्न सुझाएका दिए ।

अधिकारीले दिएको प्रतिक्रियामा भनिएको छ, ‘तपाईंको कम्युनिकेसन सबै मैले हेरेँ । त्यहाँ लोगोको कपीराइट ट्रान्सफर गर्ने कुरा पनि संघसँग भएको रहेछ । त्यो हेर्दा तपाईंको केस जेन्युन देखिन्छ ।’

मन्त्रालयअन्तर्गत दर्ता हुनेबित्तिकै त्यो संस्थाले के–के गर्दै जान्छ, त्यो मन्त्रालयले जिम्मा लिने भन्ने हुँदैन । उसले लोगो प्रयोग गरिरहेको छ, तपाईंको कानुनी दावी गर्ने अधिकार छ ।

उनले मरासिनीको पत्रबारे सम्बन्धित विभाग र कानुनी सल्लाकारसँगसमेत सल्लाह गरेर आफूले त्यस्तो सुझाव दिएको बताएका छन् । ‘यो मन्त्रालयअन्तर्गत दर्ता हुनेबित्तिकै त्यो संस्थाले के–के गर्दै जान्छ, त्यो मन्त्रालयले जिम्मा लिने भन्ने हुँदैन । उसले लोगो प्रयोग गरिरहेको छ, तपाईंको कानुनी दावी गर्ने अधिकार छ । तपाईंको बौद्धिक सम्पत्ति चोरी भयो भनेपछि चोरीको कारबाहीतिर लाग्नुपर्यो’, अधिकारीले भनेका छन् ।

उनले उक्त सन्दर्भमा मन्त्रालयले छानबिन वा फैसला गर्न वा संघलाई केही भन्न नसक्ने अभिव्यक्ति दिएका छन् ।

मन्त्रालयले आधिकारीक इमेलमार्फतचाहिँ मरासिनीलाई ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क सम्बन्धि विषय मन्त्रालयको क्षेत्राधिकारभित्र नभइ नेपाल सरकार कार्य विभाजन नियमावली, २०७४ बमोजिम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्षेत्रधिकारको विषय भएको व्यहोरा जानकारी गराइन्छ’ भन्ने व्यहोराको पत्र पठाएको थियो ।

मरासिनीले भने मन्त्रालयले आफूअन्तर्गत रहेको संस्थालाई लागेको आरोपबारे पत्राचार गरेर बुझ्नुको साटो जिम्मेवारीबाट पन्छिएर अर्को निकायलाई देखाएको भन्दै कानुनी प्रक्रियामा अघि बढेको बताए ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *