Logo

३ माघ २०८१, बिहिबार

रातलाई छलेर

बटुलेर तिम्रा याद
बयली खेलिरहेछ
जुनेली रात
कानमा आएर सुटुक्क
तिमी आउने खबर सुनाउँछ बतास l

रोक्न नसकेपछि आफूलाई
पहरा, कन्दरा र बगर छिचोल्दै
चट्टानसँग मितेरी लाउँदै
रातको अंगालोबाट फुत्केर
आइपुगेको छु म
तिमीसम्म l

फेरि,
यो पनि थाहा छ
बिलाउनेछ यो खुसी
बिहानीको आँगनमा
रात बिलाए जस्तै l

तिमी फर्किनेछौ उसैगरी
जसरी
रातका आँखा छलेर म
सुटुक्क आएको छु
तिमीसम्म ।
०००

प्रकाशित मिति: २६ असार २०७८, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *