Logo

३ माघ २०८१, बिहिबार

धेरै वर्षपछि उनी परदेशी भुमिबाट देश फर्किन् । आफन्तसँग भेटघाट भइरहेछ । साथीहरुसँग मनका दुःखसुख बाँडिरहेकी छन् । आफ्नो देश, समाजमा फर्किदा खुसी त लागेकै छ । तर सबै भएर पनि कोही नभएको जस्तो, केही नभएजस्तो उनको मन शुन्यताले भारी छ । श्रीमान् भएको भए यो भेटमा कति खुसी हुँदा हुन् ! के–के बन्थे होला भविष्यको योजना ! बिडम्बना ! १८ वर्षअघि नै उनले युद्धमा श्रीमान् गुमाइसकेकी छन् । अब उनको लागि सपना बनिसक्यो श्रीमान्को साथ । एक भेटमा जनयुद्धको पूर्व लडाकु जानुका धमाला विगत सम्झँदै भावुक बनिन् ।

दश वर्षे जनयुद्धमा विभिन्न मोर्चामा लडेकी योद्धा आज किन परदेशमा श्रम गर्न वाध्य छिन् ? युद्ध लडेर आएका हजारौं मध्येकी एक योद्धा उनी भन्छिन्, ‘परदेशिनु जनयुद्धबाट आएका कयौं साथीहरुको कथा हो यो । म जसरी धेरै योद्धा आज वैदेशिक रोजगारीमा छन्, कयौं योद्धा देशभित्र अलपत्र जस्तो वोध गरिरहेको पाउँछु । हिजो हाम्रो लागि पार्टी थियो । तर समायोजनपछि पार्टीले बेवास्ताको पात्र जनमुक्ति सेना पनि बन्यो । यसरी हामी कथाका पात्र बन्यौं ।’ उनीसँगै लडेका कयौं साथीहरुलाई उनले खाडीमा भेटेकी थिइन् ।

विवाह गरेको आठ महिनामै श्रीमान् गुमाएँ । अब जीवनमा कहिल्यै भेट हुँदैन भन्ने सत्य स्विकार्न त्यतिकै कठिन पीडा हो

संसार हल्लाउने जनयुद्धको कथाको एक पात्र बनेकी जानुका अहिले पनि माओवादी पार्टीमा आवद्ध छिन् । उनी नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समिति सदस्य हुन् । उनी माओवादीको हालै सम्पन आठौं महाधिवेशनको प्रतिनिधिका रुपमा सहभागी हुन नेपाल आएकी हुन् ।

चार वर्षअघि पोर्चुगल पुगेकी हुन् । यसअघि नै उनी रोजगारीकै क्रममा कतार, जापान पनि पुगिन् । केही सन्दर्भ नमिलेपछि उनी साइप्रस हुँदै पोर्चुगल पुगेकी हुन् । उनी एसएसली सकेपछि जनयुद्धमा सामेल भइन् । पछि क्यान्टोनमेन्टमै रहँदा आइकमसम्मको अध्ययन पूरा गरिन् । उच्च शिक्षा गर्ने इच्छा अधुरै छ ।

जीवनको उर्जाशील समय युद्धमा खर्चिन् । तर युद्ध टुंगिएपछि उनीजस्ता योद्धालाई ठिक ढंगले सम्बोधन गर्न सकेन । सेना समायोजनका क्रममा स्वेच्छिक अवकाश लिएर बाहिरिएपछि उनले विदेश जाने निर्णय गरिन् । किन विदेश नै ? भन्छिन्, ‘हाम्रो अगाडि दुइटा बाटा थिए– यहाँ कि दास हुनुप¥यो, कि आत्मनिर्भर । दास बन्न मलाई अस्विकार्य थियो । यही बसेर आत्मनिर्भर बन्ने बलियो आधार नदेपछि मैले श्रम बेचेर भए पनि आत्मनिर्भर बन्न यो बाटो रोजें ।’

बलिदान दिन हिडेका उनीहरुको सपना र त्यागको मूल्य माओवादी पार्टीले कसरी तिर्ला, इतिहासले हिसाब गर्नेछ । तर, सेलाएको सपनालाई आफ्नै लागि भए पनि उनी फेरि बुन्दैछिन् ।

राजनीतिक आस्था
२०५५ सालमा स्कुल पढ्दैदेखि उनलाई माओवादी पार्टीको आव्हान मन प¥यो । लुकिछिपी माओवादीलाई सहयोग गरिन् । २०५७ सालमा एसएलसी पास गरेपछि भने उनी माओवादीको पूर्णकालीन कार्यकर्ता बनिन् ।

नयुद्धमा श्रीमान् र नन्द गुमाउँदा
२०५७ सालमा माओवादीको लडाकु बनेकी जानुकाले पार्टीको निर्देशनलाई मान्दै देशका विभिन्न गाँउ–गाँउ पुगिन् । केही समय नुवाकोटमै संगठन विस्तारमा खटिन् । उनी विद्यार्थी संगठनको अध्यक्ष, महिला संगठन लगायत काम गर्दै हिडिन् । एरिया कमिटी सदस्य बन्दै २०५९ सालमा उनी जनमुक्ति सेना बनिन् । सोही साल छापामार योद्धासँगै उनको विवाह भएको थियो ।
पार्टीले जानुकालगायत पाँच जनालाई पूर्वी कमाण्डमा पठायो । उनीसँग उनका श्रीमान् पनि एकै इलाकामा थिए ।

सेलाएको सपनालाई आफ्नै लागि भए पनि उनी फेरि बुन्दैछिन्

२०६० भदौ १८ गते सर्लाहीको हरिवनमा जनमुक्ति सेनाले चौकी कब्जा गरी फर्कदै थियो । सोही क्रममा नयाँ रोडमा दोहोरो भिडन्तमो श्रीमान मारिए । जानुका भन्छिन्, ‘विवाह गरेको आठ महिनामै श्रीमान् गुमाएँ । हुन त हामी जुनसुकै बेला बलिदान हुन तयार भएरै हिडेका थियौं । यद्यपी सहादत प्राप्त गर्नु जति गर्ववोध हो, व्यक्तिगत रुपमा बाँकी जीवनमा कहिल्यै भेट हुँदैन भन्ने सत्य स्विकार्न त्यतिकै कठिन पीडा हो । यसर्थ सँधै रित्तो अभाव हुनु स्वाभाविक हो ।’ पुनःविवाहबारे सोच्न नरुचाउने उनी तिनै योद्धाको प्रेमलाई आजसम्म सम्हालेर राखेकी छन् ।

युद्धमा उनको परिवारले अर्को पनि दुखान्त बेहोर्नु प¥यो । पार्टीको सामान्य कार्यकर्ता मात्रै रहेकी नन्द उषा थापालाई तत्कालिन शाही सेनाले २०५९ पुष २९ गते घरमै बलात्कार हत्या ग¥यो । उषा बिरामी भएर घरमै बसेकी थिइन् । यसरी जनताले दिएको थोपा थोपा रगतको पार्टी पटक्कै सही व्यवस्थापन र मूल्यांकन गर्न नसकेको उनको विश्लेषण छ ।
जानुका पूर्वी कमाण्डले गर्ने प्रत्येक फौजी कारवाहीमा सहभागी हुन्थिन् । उनी भन्छिन्, ‘दुइ दर्जनभन्दा धेरै मोर्चामा प्रत्यक्ष सामेल भएको छु । मैले कति ठाउँमा आफैं कमाण्डर भएर त कति ठाउँमा अर्काको कमाण्डमा मोर्चामा भाग लिएँ ।’ आफूमा आज पनि त्यो उर्जा बाँकी नै रहेको बताउँछिन् ।

बिर्सन नसक्ने साथीहरू
श्रीमान् र नन्द गुमाएको पिडाले जानुका कमजोर भइन् । तर मर्न र मार्न तयार भएर हिडेको युद्धमा कमजोर भएर बस्ने छुट थिएन उनलाई । उनी प्रतिशोध आफैंलाई सल्काउँदै अन्य मोर्चाहरुमा डटिन् ‘ती युद्धका ती क्षणहरू मेरा लागि अहिले पनि कति अप्रिय छन्, कसरु भनुँ ? भावानात्मक सम्बन्ध जोडिएको प्रियजनलाई गुमाउँदाको पीडा कुन शब्दमा व्यक्त गर्ने होला ?’ उनको गला अवरुद्ध हुन्छ ।

त्यो बेलाको पिडा र आक्रोशले अहिले पनि उनलाई झस्काउँछ । कुमारी तामाङ, शीला श्रेष्ठ लगायत धेरै मिल्ने साथीहरू पनि उनले लडाईँकै मोर्चामा गुमाइन् । उनी आज पनि साथीहरुको याद गरिरहन्छिन् ।

अपेक्षाकृत सफलता पाइएन
जानुकाकै शव्दमा जनयुद्धलाई विसर्जन गरिदै गर्दा जुन हिसाबले नेतृत्व पंक्तिले बाचा गरेका थिए त्यो पूरा हुुन सकेन । उनी थप्छिन्, ‘जुन उद्देश्यले माओवादी लडाईंमा हिडियो, त्यहि किसिमको अपेक्षाकृत सफलता पाइएन । शहिद, घाइते, अपांग, बेपत्ता परिवार पनि खुसी छैनन् । नेतृत्वले शान्ति–सम्झौतापछि आफ्ना कार्यकर्ताको लागि जे गर्न पथ्र्यो, गर्नसक्थे पनि, तर गरेनन् । नेतृत्वले बलिदानीको महत्व छोटो समयमै बिर्सिएको हो कि ? जनयुद्धबाट जे जस्ता सफलता हासिल भयो, सोकोे नेतृत्वले संस्थागत गर्न नसक्दा अहिलेको अवस्था आएको उनको निक्र्योल छ ।

महाधिवेशनका क्रममा पार्टी अध्यक्ष प्रचण्डले विगतका कमिकमजोरीलाई सच्याउने प्रतिवद्धता गरेपछि आशावादी बनेकी छन् । भन्छिन्, ‘अब प्रचण्डले मात्र नभएर उनीभन्दा तलका तहले पनि सच्चिनु पर्छ ।’

ती युद्धका ती क्षणहरू मेरा लागि अहिले पनि कति अप्रिय छन्, कसरु भनुँ ? भावानात्मक सम्बन्ध जोडिएको प्रियजनलाई गुमाउँदाको पीडा कुन शब्दमा व्यक्त गर्ने होला ?’

यदि हामीले आफु सच्चीयौ र समाजलाइ सच्च्याउन सकियो भने अझै पनि माओवादीलाइ माया गर्ने धेरै छन् । जमुना थप्छिन, हामीले हाम्रालाइ भन्दा राम्रालाइ रोज्नु पर्छ ।

जनयुद्धका शहिद,घाइते, अपांग र बेपत्ताका सपनालाइ साकार पार्न नेतृत्व समाज प्रति अझ उत्तरदाइ हुनु पर्छ । जनयुद्ध दिवसले सबैलाइ फेरी सद्धबुद्धी देओस । शुभकामना ।

प्रकाशित मिति: ६ फाल्गुन २०७८, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *