Logo

३ माघ २०८१, बिहिबार

काठमाडौं । मानिसको जीन्दगी सोचेजस्तो कहाँ हुन्छ र ? एउटा सपना बुनेर हिँडेको यात्री अकस्मात बाटोमा आउने ‘यूटर्न’ले गन्तव्य नै बदलिदिन्छ । कैयौं व्यक्तिहरु छन् जो एउटा यात्रामा निस्किए पनि बीच बाटोमा आउने परिघटनाका कारण आफ्नो गन्तव्य नै मोडेर नयाँ लक्ष्य चुम्न पुग्छन् । यस्तै मध्येका एक हुन् जन्मदेव जैसी

उनी एक क्रान्तिकारी पत्रकार हुन् । हुन त तत्कालीन समयमा भएको १० वर्षे सशस्त्र युद्धमै पनि क्रान्तिकारी बनेर होमिएका हुन् । तर, उनको जीवन संघर्ष पनि कुनै महान क्रान्तिभन्दा कम छैन । उनको जीवन आफैंमा एक युद्ध नै थियो । जसलाई जित्न उनी सधैं संघर्षको मैदानमा लडिरहे र लडिरहेका उनको जीवन आफैंमा एक युद्ध नै थियो । जसलाई जित्न उनी सधैं संघर्षको मैदानमा लडिरहेका छन् ।

विसं २०३५ मंसिर २० गते कालिकोटको साविक (रकु गाविस) सान्नीत्रिवेणी–१ मा आमा अमृता जैसी र बुबा जक्तिराम जैसीको जेठो सन्तानका रुपमा जैसीको जन्म भएको थियो । बुबाले गाउँमै खेती गर्थे । आमा भने जन्मदेव जन्मिनुअघि नै अपांग भइसकेकी थिइन् । एउटा दुर्घटनामा कानमा चोट लाग्नुका साथै जिब्रो पनि काटिएपछि आमामा कान नसुन्ने र बोली अस्पष्टको समस्या रह्यो ।

खेती गरेरै भए पनि जक्तिरामले जन्मदेवलाई गाउँकै प्रावि, निमावि हुँदै माविबाट एसएलसीसम्म अध्ययन गराए । ५ सम्म अम्बिका देवी, ६ र ७ सम्म तत्कालीन शंकर निमावि र कक्षा ८ देखि भने उनी कोटवाडामा अध्ययन गर्न गए । ९ देखि टेस्टसम्म रास्कोट माविमा पढेका उनी रास्कोट सेन्टरबाट एसलएलसी दिने ९५ जनामध्ये उत्तिर्ण हुने ९ जनाभित्र परे । त्यसमा पनि जैसी दोस्रो भए ।

काम खोज्दै उनी सुन्धारा पुगे । त्यहाँ एउटा होटलमा उनले भाँडा माझ्ने जागिर पाए । भाडाँ माझ्ने, होटेल सफा गर्ने र बेड विस्तरा धोएवापत उनलाई त्यहाँ खान र बस्न दिइन्थ्यो । रातभर होटेलको काम गरेर बिहान क्याम्पस धाउँथे जैसी ।

गाउँ हुँदासम्म त ठिकै थियो । आफ्नै घरको खाएर अध्ययन अनि घरको काम पनि । तर, एसएलसी दिएसकेपछि भने कर्णालीका विद्यार्थीको संघर्षको जीवन बल्ल सुरु हुन्छ । २०५४ सालमा माओवादी भर्खर भूमिगत भएको थियो । गाउँमा त्यति जागरण आइसकेको थिएन । उनका बुवा एमाले थिए । त्यसैले उनले पनि गाउँमा एमालेको विद्यार्थी राजनीति नै गरे । अनेरास्ववियुको जिल्ला सदस्य र क्षेत्रीय सचिवसमेत भए ।

एसएलसीपछि के गर्ने उनको कुनै ठोस योजना थिएन । गाउँका सबै भारततिरै जान्थे । उनी पनि त्यही हुलमा लाहुर छिर्ने अठोटका साथ घरबाट ८ हजार रुपैयाँ लिएर घरबाट निस्किए । १४ वर्षको उमेरमै उनको विवाह भइसकेको थियो । घरको जेठो सन्तान त्यसमाथि पनि विवाह गरिसकेकाले परिवारको जिम्मेवारी पनि उनको काँधमा थियो । त्यसैले गाउँलेसँगै उनी पनि भारतका लागि हिँडे ।

तर, सोचेकै गन्तव्यमा कहाँ पुगिन्छ र ? कैलालीको चिसापानी पुगेपछि ससुराले उनको मौसमी लाहुरे बन्ने सपनामा रोक लगाए । ससुराले अध्ययनका लागि काठमाडौं जान सुझाए । त्यहि पैसा बोकेर जैसी राजधानी छिरे । भएको पैसाले एउटा कोठा लिए र भर्ना हुन रत्न राज्यलक्ष्मी क्याम्पसमा पुगे । त्यहाँ विभिन्न पार्टीका विद्यार्थी संगठनले गाउँबाट आउने विद्यार्थीलाई भर्ना गरिदिन्थे । जैसीलाई पनि अनेरास्ववियुले नै आरआरमा भर्ना गरिदियो । त्यसबेला अनेरास्ववियुका विनोद मञ्जनले उनलाई भर्ना गरिदिएका थिए । यस्तै, केही समयअघि मुख्यमन्त्री भएका यज्ञराज सुनुवारसँग पनि उनको त्यहिँ भेट भयो ।

केही महिना चले पनि गाउँबाट ल्याएको पैसा सकियो । घरबाट पठाउने स्थिति थिएन । त्यसैले काम खोज्दै उनी सुन्धारा पुगे । त्यहाँको पीएस गेष्ट हाउसमा उनले भाँडा माझ्ने जागिर पाए । भाडाँ माझ्ने, होटेल सफा गर्ने र बेड विस्तरा धोएवापत उनलाई त्यहाँ खान र बस्न दिइन्थ्यो । रातभर होटेलको काम गरेर बिहान क्याम्पस धाउँथे जैसी ।

सानैदेखि राजनीतिक चेतना भएका जैसी आरआरमा पढ्दापढ्दै एमाले निकट अनेरास्ववियु त्यागेर माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा आवद्ध भए । उनलाई अनेरास्ववियु क्रान्तिकारीमा आवद्ध गराउने नेता थिए काभ्रेका सुमन पाण्डे । केही समय उनले विद्यार्थी संगठनमै आवद्ध भएर काम गरे ।

मुख छोपेर उनलाई सेनाले गाडीमा हाल्यो । तीन चक्करजति घुमाएपछि सेनाले आफ्नो क्याम्पमा लग्यो । त्यसबेला भने जन्मदेव साँच्च्किै त्रास भयो । अब पक्कै पनि मार्छन् भन्ने लाग्यो ।

पार्टी भूमिगत भए पनि विद्यार्थी संगठनलाई बन्देज नभएका कारण माओवादीका विद्यार्थीलाई सहज थियो । तर, उनले पार्टीकै काम पनि गर्नुपरेको थियो । २०५६ को अन्त्यतिर उनलाई माओवादी भएको आरोपमा अस्कल क्याम्पसबाट पक्राउ गरियो । २४ दिन हनुमान ढोकामा राखियो । जहाँ अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेल, केन्द्रीय सदस्य दिलबहादुर राईलाई पनि राखिएको थियो । पछि पौडेल र राईलाई बेपत्ता बनाइयो । जैसीलाई भने पत्रकार कार्ड भएकै कारण सेन्ट्रल जेल सुन्धारामा राखियो ।

त्यहिँ उनको माओवादी नेता मात्रिका यादव, सुरेश आलेमगर, बालकृष्ण ढुंगेल, विशाल खड्का, रुकुमका सुन्दर ओली र विरबहादुर केसीलगायतसँग भेट भयो । करिब दुई वर्षजति उनले जेल बिताए । २०५८ मा वार्ता भएपछि वीर अस्पतालबाट हत्कडी खोलेर रिहा भएका मात्रिका यादव वार्ता टोली सदस्य बने । यादवकै पहलमा जैसीलाई सरकारले रिहा ग¥यो । जेलबाट छुटेपछि उनलाई बाहिर बस्ने ठाउँ भएन ।

त्यसपछि भने उनको व्यवसायिक पत्रकारिता जीवन सुरु भयो । नेकपा मालेका नेता सिपी मैनालीको प्रकाश साप्ताहिक प्रकाशित हुन्थ्यो । उनी त्यहिँ जोडिए । आरआरमा पढ्दै गर्दा उनी हिमशिखर गेष्ट हाउसमा काम गर्न थाले । सुन्धाराको होटेलमा राम्रो खाना नदिएपछि उनी काम खोज्दै हिमशिखर गेस्ट हाउसमा पुगेका थिए । त्यसै घरको तल भुइँ तलामा पत्रकार महासंघको काठमाडौं शाखा कार्यालय पनि थियो । त्यस्तै अर्कोतर्फ भने साँघु साप्ताहिक पनि रहेछ ।

तत्कालीन काठमाडौं शाखाका अध्यक्ष थिए, गोपाल बुढाथोकी । जनादेशका सम्पादक कृष्ण सेन, जआस्थाका सम्पादक किशोर श्रेष्ठ र जनादेशका कार्यकारी सम्पादक गोविन्द आचार्य लगायतका पत्रकारहरु त्यहाँ आउने गर्थे । खाना खाजा खुवाउँदा खुवाउँदै उनको चिनजान पत्रकारसँग भइसकेको थियो । साँघु साप्ताहिकमा उनले कर्णालीको पीडाबारे लेखिएको पाठकपत्र प्रकाशित भएको थियो । पछि उनले घर जाँदासमेत त्यो पत्रिका बोकेर गएका थिए ।

जेलबाट छुटेपछि उनले मैनालीकै प्रकाश साप्ताहिकमा काम गरे । केही समय उनले जनादेशमा पनि गरेका थिए । काम गर्ने क्रममा प्रकाश साप्ताहिकमा उनले नेताहरुको अन्तर्वार्ता लिन थाले । जम्मा चार हजार मासिक तलब थियो । बागबजारमा एक जना साथी (मेघ लामा कलाकार)सँग उनले कोठा शेयर गरेर बसे । जम्मा सात सय रुपैयाँ भाडा प्रतिमहिना, अफिसले दिएको तलबले खान बस्नै मुस्किल हुन्थ्यो, स्टभमा खाना पकाउने गर्थे ।

उनी पत्रकार मात्रै रहेनन् । गोप्य रुपमा उनले पार्टीको काम पनि गरिरहेका थिए । एकदिन उनले रामबहादुर थापा (बादल)को अन्तर्वार्ता लिएर साप्ताहिकमा प्रकाशन गरे । तर, त्यसको केही दिनभित्रै कार्यलयबाट घर निस्किँदै गर्दा बाटैबाट सेनाले अपहरण गर्यो । पूरै मुख छोपेर उनलाई सेनाले गाडीमा हाल्यो । तीन चक्करजति घुमाएपछि सेनाले आफ्नो क्याम्पमा लग्यो । त्यसबेला भने जन्मदेवलाई साँच्च्किै त्रास भयो । अब पक्कै पनि मार्छन् भन्ने लाग्यो ।

तर, उनलाई एउटा कोठामा राखेर सोधियो । बादललाई कहाँ भेटिस्, तेरो सम्बन्ध के हो, परिवारका सबै सदस्य माओवादी रहेछन् अब तँलाई पनि मार्छु भन्दै तर्साउन थाले । तर, आफू पत्रकार नै भएको भनेर दावी गरिरहे । दिनभर केही नखाएका जैसीलाई बेलुका खानलाई चाउचाउ दिइयो । तर, चाउचाउ खाँदा भने पूरै बालुवा मात्रै थियो । तै पनि उनले बालुवा थिग्राएर झोल पिए । तीन दिनको यातनापछि सीपी मैनालीको पहलमा उनी रिहा भए ।

श्रमजिवीका पक्षमा लड्न महासंघमा बसेर सम्भव नदेखेपछि उनकै नेतृत्वमा श्रमजिवी पत्रकार संघ गठन भयो । नेपालमै पत्रकारिता क्षेत्रमा हकहितका लागि लड्ने पहिलो ट्रेड युनियन श्रमजिवी पत्रकार संघ नै हो ।

छोड्दा पनि उनलाई उठाएकै ठाउँमा ल्याएर छाड्यो । त्यसपछि भने उनी विक्षिप्त नै बने । पछि उनी मात्रिका यादवको सम्पर्कमा गए । मात्रिकाकी पत्नी प्रमिला यादवसँग समन्वय गरे उनी देश दौडाहमा निस्किए । बेपत्ता र बन्दीका परिवारसँग भेट्ने र बेपत्ता खोइ ? भन्दै रत्नपार्कमा प्लेकार्ड टाँस्ने काम गरे । प्रकाश साप्ताहिकमा काम पनि गरिरहेकै थिए । तत्कालीन अवस्थामा बेपत्ता र बन्दीका अधिकारका लागि एकताबद्ध गराएर अग्रमोर्चामा लड्ने जैसी नै हुन् ।

बन्दीहरु बढ्दै जाने र बेपत्ता पनि बढ्दै गएपछि उनले सर्वोच्चमा रिट हाल्न लगाउने काम पनि गरे । २०६१ सालमा ईश्वरी वाग्ले(महासंघ अध्यक्ष)ले उनलाई पत्रकार महासंघको कार्ड बनाइदिए । त्यसले पनि उनलाई सहज भयो । जनआन्दोलनका बेला विनोद ढुंगेलमार्फत नेपाल एफएममा जोडिए । जनआन्दोलनको लाइभ गर्ने काम गरे । कैयौं घण्टासम्म उनले लाइभ गरेका छन् ।

जीवेन्द्र सिंखडाले उनलाई राजधानी दैनिकमा जोडे । त्यसबेला जीवेन्द्र सम्पादक थिए । त्यहिबाट जैसीको पत्रकारिताको आन्दोलन सुरु भयो । उनी आफैंलाई तलब दिए पनि अन्यले भने नियमित पाइरहेका थिएनन् । त्यसैले त्यही संगठन निर्माण पनि गरे । प्रकाशकसँग नै श्रमजिवीको तलबबारे त्यहिँ लडे । पछि युवराज घिमिरे सम्पादक भए । घिमिरेसँग पनि उनले श्रमजिवीकै माग उठाए । पछि एउटा समाचारका विषयमा घिमिरेसँग विवाद नै भयो । वैदेशिक रोजगारीको समाचार रोकिएपछि जैसीले घिमिरेसँग प्रतिवाद गरे । त्यसपछि जैसीलाई निलम्बनमा राखियो ।

एक वर्षसम्म उनले लडे । जब जैसी पुर्नबहाली भए तब घिमिरेले राजीनामा दिइसकेका थिए । जैसीले पनि त्यहाँ बसिरहन उपयुक्त नमानेपछि राजीनामा दिएर श्रमजिवी पत्रकारका मुद्दालाई उठान गर्न थाले । काठमाडौं जिल्ला कार्यसमितिमा सर्वाधिक मत ल्याएर जितेका जैसी श्रमजिवीका पक्षमा लड्ने भनेर गठित पत्रकार महासंघ उपत्यका संघर्ष समितिको संयोजक बने ।

यस्तै, अघिल्लो कार्यकालमा सर्वाधिक मतसहित महासंघको केन्द्रीय सदस्यसमेत बने । महासंघ अन्तर्गतको श्रमजिवी हित प्रवद्र्धन समितिका सहसंयोजकसमेत रहेका जैसीकै नेतृत्वमा महासंघले पारिश्रमिक नदिने कैयौं मिडिया हाउससँग लड्यो ।
उनले पत्रकारितासँगै राजनीतिलाई पनि समानान्तर गतिमा अघि बढाए । पछि माओवादी पार्टी फुट्दा वैद्यतिर लागे । त्यतिबेला उनी वैद्य माओवादीभित्र पार्टी राज्य समिति सदस्य थिए ।

वैद्यबाट पनि फुटेपछि विप्लव निकट पत्रकार संगठनको केन्द्रीय उपाध्यक्षसमेत बने । पार्टीमा इमान्दार नेताका रुपमा चिनिएका जैसी विप्लव पार्टीमा हुर्किएको व्यक्तिवादी चिन्तन र एकमनावादी सोच हुर्किदै गएको एवं क्रान्तिकारी भावनाको व्ल्याकमेलिङ गरेको भन्दै पार्टीभित्र संघर्ष अनि प्रतिबन्द्धमा पार्टी अप्ठ्यारोमा परेकाले योगदान दिँदै आएका थिए ।

सिंगो क्रान्तिकारी पत्रकार संगठनलाई प्रतिबन्द्धका कारण संकटमा परेको पार्टीलाई देशव्यापी रुपममा अदालत, हिरासत एवं कारागारहरुमा बाहिरबाट गर्न सकिने सबै काम गरे, योगदान दिनुपर्छ, वर्गीय पक्षधरताका लागि लागिपर्नुपर्छ भनेर दिनरात खटे । त्यसको पनि मूल्यांकन नहुने, पार्टीलाई रुपान्तरण गर्दै क्रान्तिकारी धारमा विकास गर्नुपर्छ भन्ने जैसीलगायतको टिमको कुराको सुनुवाई नभएपछि, झन् झन् पार्टीलाई कम्पनीजस्तो गरेर चलाउने प्रवृतिबाट वाक्क भएपछि उनीसहितको सिंगो टिम नेकपा माओवादी केन्द्रमै फर्किएको छ ।

माओवादीको गत आठौं राष्ट्रिय महाधिवेशनमा एकता प्रक्रियाबाट जैसीसहित टिमबाट ५ जना महाधिवेशन प्रतिनिधिसमेत बनेका थिए ।

साथै पत्रकार महासंघको गत चुनावमा उनी सचिवका उम्मेदवार बनेका थिए । लोकप्रिय मत ल्याएर पनि कुनै प्यानलबाट नभई स्वतन्त्र उठेकाले उनी पराजित भए । पछि श्रमजिवीका पक्षमा लड्न महासंघमा बसेर सम्भव नदेखेपछि उनकै नेतृत्वमा श्रमजिवी–पत्रकार संघ, नेपाल गठन भयो ।

नेपालमै पत्रकारिता क्षेत्रमा हकहितका लागि लड्ने पहिलो ट्रेड युनियन श्रमजिवी पत्रकार संघ नै हो । उनी निरन्तर श्रमजिवीका पक्षमा लड्दै आएका छन् । गत वर्ष कोभिडको बाहनामा पत्रकारलाई जागिरबाट निकाल्ने, सरुवा गर्ने र तलब नदिने सञ्चारगृहविरुद्ध उनकै नेतृत्वमा आन्दोलन भयो । लामो समय लागे पनि पीडित पत्रकारलाई न्याय दिलाउन भने उनी सफल भए । अहिले पनि उनी निरन्तर श्रमजिवीकै पक्षमा संघर्षरत छन् ।

प्रकाशित मिति: १० फाल्गुन २०७८, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *