नार्पाभुमिमा देशकै सबैभन्दा अग्लो स्थानमा अवस्थित गाउँ ‘नार गाउँ’ छ । उनीहरु देशमै छन्, तर हिमाल पारी छ गाउँ । अन्नपूर्ण हिमालभन्दा पल्लापट्टी परेपछि देशभित्रै परदेश भोगाई छ उनीहरुको । देशसँग जोडिन कयौं दिन पैदल हिड्नु पर्ने दुःखको पहाड भत्काउनु छ ।
यही सपना र अठोट बोकेर भर्खरै निर्वाचित भएका छन् नार्पाभुमि गाउँपालिका अध्यक्षमा काञ्जो तेञ्जिङ लामा । यसअघिको कार्यकालमा उपाध्यक्ष भएर जनसेवाको अनुभव संगालिसकेका उनी विकाससँग यो उच्च हिमाली भेगका जनतालाई जोड्न चाहन्छन् ।
नार्पाभुमिमा देशकै सबैभन्दा अग्लो स्थानमा अवस्थित गाउँ ‘नार गाउँ’ छ । ४२८५ मिटरको उचाईमा अवस्थित नार गाउँ विभिन्न पदमार्गसँग जोडिएको छ । काङ्ला पास, तेरिला पास जस्ता साहसिक पदमार्ग छन् । स्यारेभुङ जाने तिब्बती नाका लगायत पर्यटकीय क्षेत्र छन् । भेडीगोठ, चौंरी गोठ छन्, यार्चागुम्बा जस्ता बहुमूल्य जडिबुटी पाइन्छन् ।
अन्नपूर्ण हिमश्रृंखलाको सौन्दर्य शिरमा बोकेको छ । तर, नार्पाभुमिले अहिलेसम्म पनि सडक सञ्जालसँग जोडिन पाएको छैन । अहिलेसम्म पनि बिजुली बत्ति बाल्न पाएका छैनन् यहाँका जनताले । न समयमा स्वास्थ्योपचार, न त गतिलो शिक्षा, न त विश्व दुनियाँसँग जोडिने इन्टरनेटको सुविकाधा । मनाङको जिल्ला सदरमुकामसम्म जोडिन पनि कयौं दिनको पैदल यात्रा गर्नु पर्ने नार्पाभुमिबासी थोरै भएपनि सहज जीवन चाहन्छन् ।
यहाँ जम्मा १ सय ३८ घरधुरी मात्र बसोबास गर्छन् । यो ऐतिहासिक मानव वस्ति भएको भेगलाई उनी जोगाउन चाहन्छन् ।
नार्पाभुमिमा मोटरबाटोको त कुरा टाढा भयो, मानिस हिड्ने गोरेटोसम्म पनि गतिलो थिएन ।
जनताको यही सपनालाई आकार दिन कस्सिएका छन् काञ्जो तेञ्जिङ । गण्डकी अञ्चलको ८५ वटा मध्ये सडक सञ्जालले अहिलेसम्म नजोडिएको गाउँ हो । चीन स्वशासित क्षेत्र तिब्बतसँग सीमानाका जोडिएको क्षेत्र । केही पहिलेसम्म यो ठाउँमा राज्यको कुनै पनि अंग थिएन । दुईतीन जना शिक्षकको भरमा पढाउनु पर्ने अवस्था थियो ।
यहाँ २०३१ सालमै विद्यालय स्थापना भएपछि गतिलो भौतिक संरचना थिएन । स्वास्थ्य चौकी थिएन । सुरक्षाका लागि प्रहरी चौकी थिएन । यसअघिको कार्यकालमा विद्यालय भवनहरु निर्माण भए । राज्यको स्थानीय निकाय बनेपनि जनप्रतिनिधि, कर्मचारी बसेर काम गर्ने संरचनासम्म थिएन । यसैबीच गाउँपालिका भवन बन्यो । तर, अहिले पनि पाँच वटा मध्ये ती वटा वडाको सेवाप्रवाह संयुक्त कार्यालयबाटै प्रवाह गर्नु परेको छ ।
यो पर्यटकीय हिमाली क्षेत्र, यहाँ अन्नपूर्ण पदमार्ग यतै भएर जोडिन्छ । नार्पाभुमिसँग नार्फु टे«ल जोडिएको छ । ती पद मार्ग खोल्न निकै भिरहरु फोर्नु पर्ने थियो । सानो गोरेटो बाटोको अहिले आकार फेरिएको छ, पदयात्रीलाई निकै सहज भएको छ । नार्पाभुमिमा मोटरबाटोको त कुरा टाढा भयो, मानिस हिड्ने गोरेटोसम्म पनि गतिलो थिएन । अघिल्लो कार्यकालमा उनीहरुले पालिकाकै श्रोतमा बाटो खन्न डोजर खरिद गरे ।
उनका अनुसार अहिलेसम्म करीब ८० किलोमिटर गोरेटो बाटो सहज र फराकिलो बनेको छ । जिल्ला सदरमुकाम च्याखुदेखि पालिका केन्द्रको दूरी २६ किलोमिटर छ । पालिकाले सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर माथिल्लो निकायमा पठाइसकेको थियो । तर संघीय वा प्रदेश सरकार कसले लगानी गर्ने भन्ने टुंगो उनीहरुले अझै पाउन सकेका छैनन् । माथिको मुख ताक्नुभन्दा सक्नेसम्म आफैं पहल गर्नु राम्रो ठाने र आफ्नै श्रोतमा ९ किलोमिटर जति मोटर बाटो खनिएको छ ।
नार्पाभुमि चामे गाउँपालिकासँग जोडिएको छ । सडक सञ्जालले चामेदेखि जिल्ला सदरमुकाम जोडिन ९ किलोमिटरको दूरी पर्छ । साझेदारीमा दुई पालिका मिलेर काम गर्न पाए छिटो हुन्थ्यो भन्ने उनलाई लाग्छ । झोलुङ्गे पुल निर्माण तथा मर्मत भने साझेदारीमै भइरहेको छ । उनी आफ्नो कार्यकालमा साझेदारीको पहल पनि गर्ने छन् ।
उनीसँग अघिल्लो कार्यकालमा उपाध्यक्ष भएर काम गरेको अनुभव छ । उनले पाँच वर्ष अघिको नार्पुभुमि पनि देखेभोगेका हुन् । अघिल्लो कार्यकाललाई उनी ‘आधार वर्ष वा अवधि’ मान्छन् । विगत पाँच वर्षमा जनताको म्याण्डेट लिएर यहाँको एक तहको विकास निर्माणमा जुटेका हुन् ।
उनलाई लाग्यो, यो अति दुर्गम भेगमा बस्ने मानव जातिका लागि यही बस्न सहज हुने गरी केही काम त गर्नै पर्छ । यही अठोटले उनी यसपटक अध्यक्षमा निर्वाचित भए । अब उनलाई चरम असहजतामा बाँचिरहेका यहाँका मानिसको जीवनलाई सहज बनाउने गरी काम गर्न मन छ । उल्लिखित विकास कार्यलाई पूर्णता दिनु छ ।
आगामी पाँच वर्षमा नार्पाभुमिलाई सडक सञ्जालमार्फत् जिल्ला सदरमुकामसँग जोड्ने उनको सपना छ । छिमेकी गाउँपालिका च्यामेसम्म पुग्न पनि हिडेर दुई दिन लाग्छ । कोही बिरामी परे कि त हेलिकोप्टर रिर्जभ गरेर उपचार गर्न लैजानु पर्छ । सबैसँग त्यतिका आर्थिक अवस्था कहाँ हुनु, नसक्नेहरु उपचार नपाएर गाउँमै मर्न विवश छन् । भन्छन्, ‘आफ्नै आँखा अघि उपचार नपाएर मर्दै गरेको हेर्नु निकै पिडादायक हुन्छ । त्यसो भएर मेरो पहिलो प्राथमिकता सडक निर्माण गर्नु हो ।’
‘स्मार्ट भिलेज’को सपना
यसै त दुर्गम भेग, त्यहीमाथि पातलो गरी छरिएको बसोबास । सिमित श्रोतले विकासको सेवा प्रवाह गर्न निकै सकस छ यहाँ । त्यसकारण हिमालपारी ‘स्मार्ट भिलेज’ बनाउने उनको सपना छ । अघिल्लै कार्यकालमा अघि बढाइएको व्यवस्थित वस्ति विकास आयोजना उनी आगामी पाँच वर्षमा पूरा गर्न चाहन्छन् ।
यस अन्तर्गत च्याखु गुरूयोजनाका रुपमा सुरू भइसकेको छ । त्यस्तै, क्याङ वस्ति विकास आयोजनालाई पनि उनी आगामी पाँच वर्षमै पूरा गर्ने सपना छ ।
यो उच्च हिमाली भेग, यहाँ कि हिउँ कि चट्टानी पहाडै पहाड छन् । रुखविरुवा देख्न मुस्किल पर्ने । उनी यो हिमाली भुमिलाई हराभरा बनाउने योजना ल्याउँदै छन् । भन्छन्, ‘यहाँको वातावरणलाई नयाँ स्वरुप दिने इच्छा छ । वर्षैपिच्छे कमसेकम एक हजार भोटेपिपल लगायत रोप्ने योजना ल्याउँछु ।’
जडिबुटीको व्यावसायिक खेती शुरु
यस भेगमा जडिबुटी उत्पादन र संकलन बढी हुन्छ । यहाँका मानिसको आर्थिक स्रोतका रुपमा विकास गर्न पालिकाको तर्फबाट व्यावसायिक खेती नै शुरु गर्न उनले पहल गर्ने छन् । यहाँ ‘उबी जिम्बू खेती आयोजना’ अघिल्लै कार्यकालमा शुरु भइसकेको छ ।
चौरी तथा अन्य पशुपालनलाई पनि फर्मको रुपमा दर्ता गराई अनुदान उपलब्ध गराउँदै आएको छ । सुविधा खोज्दै भएका मानिस पनि सहज शहरतिर बसाई सर्छन् । यहाँ जम्मा १ सय ३८ घरधुरी मात्र बसोबास गर्छन् । यो ऐतिहासिक मानव वस्ति भएको भेगलाई उनी जोगाउन चाहन्छन् ।