जीवनका बहुआयामिक भोगाई गाउँमा हुन्छ । ७६ वर्षीया वेदमाया पराजुली गाउँमै बस्छिन् । सबैसँग खुलेर हाँस्छिन् । यो उमेरसम्म बाँचेर दुनियाँ देख्न पाएको खुसी उनको हाँसोमा झल्किन्छ । अक्षर नचिन्ने उनी श्लोक, भजन, लोक भाकाका गीत मुक्तकण्ठ गाउँछिन् । मरुहिटी निरन्तर यस्ता कथा पस्किरहन्छ ।