प्रतिबद्धता १
सबैको एनआरएनए (NRNA for all):
महिला, युवा, वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु सहित आम गैरआवासीय नेपालीहरुले अपनत्व महसुस गर्ने संस्थाको रुपान्तरण गर्न निम्न योजना र कार्यक्रमहरु प्रस्तावत गर्छु ।
१.१) संस्था विभागीय संरचनामा संचालन गरिनेछ । युवा, महिला, वैदेशिक रोजगार, लगानी, मानवकल्याण, प्राज्ञिक, नेपाल प्रवर्धन र विभाग विभाग विभागको गठन गर्ने र विभागको नेतृत्व उपाध्यक्षहरूले गर्नेछन् । सम्वन्धित क्षेत्रमा दक्षता हाँसिल गरेको व्यक्ति नेतृत्वमा चुनिने सुनिश्चित हुने गरी विधानमा परिवर्तन गरिनेछ ।
१.२) दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघ र नेपालसँगको सामीपत्यता कायम गर्न हरेक राष्ट्रिय समन्वय परिषद एनसिसिमा एउटा छुट्टै निकायको व्यवस्था गरिनेछ । नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरुमा इन्टर्नसिप (internship) गर्न सक्ने व्यवस्था मिलाइनेछ । दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपालको राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने व्यवस्था गरिनेछ ।
१.३) वैदेशिक रोजगारीका समस्या र सम्भावनाका बारे एक श्वेतपत्र तयार गरि यस क्षेत्रमा कार्यरत आइएलओ र आइएमओ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरिनेछ । प्रस्तावित ‘वैदेशिक रोजगार कोष’का लागि पञ्जीकृत सदस्य शुल्कबाट १ डलर छुट्टाउन विधानमा व्यवस्था गरिनेछ । सामाजिक सुरक्षाकोषमा सहभागिता बढाउन सचिवालयका छुट्टै कर्मचारीको व्यवस्था गरिनेछ ।
१.४) प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमा Initial Public Offering (IPO) मार्फत थोरै आम्दानी हुने र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिनेछ ।
१.५) पेशागत र विज्ञहरुलाई संघमा समेट्न भौगोलिक सिमा बिनाको ‘Professional Academic Council (PCC)’ को गठन गर्न विधानमा व्यवस्था गरिनेछ ।
१.६) ‘हात हातमा एनआरएनए’ अभियान अन्तर्गत स्मार्ट एनआरएनए एप्स मार्फत सम्पूर्ण गैरआवासीयहरुलाई जोड्ने ।
१.७) संघले अहिले सञ्चालन गरेको Membership Benefit कार्यक्रम स्मार्ट एनआरएनए एप्स मार्फत संचालन गरिने व्यापक बनाइनेछ । यसले गर्दा चुनावबाट प्रेरित भएर मात्र सदस्य बन्ने प्रचलन कम हुनेछ ।
प्रतिबद्धता २
स्मार्ट एनआरएनए (Smart NRNA):
गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउन निम्नानुसार योजना प्रस्तावित गर्दछु ।
२.१) संघका सम्पूर्ण गतिविधिहरु ‘एनआरएनए एप्स’ मा समावेश गरिनेछ । एप्सको माध्यमबाट संघ र पञ्जीकृत सदस्यहरु/गैरआवासीय नेपालीहरु बिच सिधा संवादको व्यवस्था गरिनेछ ।
२.२) डिजिटल परिचयपत्रलाई इलेक्ट्रोनिक वालेटमा डाउनलोड गर्न सकिने व्यवस्था गरिनेछ ।
२.३) सदस्यता नवीकरण गर्ने व्यवस्था गरिनेछ ।
२.४) संघले हाल प्रयोग गर्दै आएको Management Information System (MIS) लाई सरल र General Data Protection Regulation पालना हुने गरी सुरक्षित बनाइनेछ ।
२.५) सदस्यता प्रमाणिकरण मानवको संलग्नता नगराई पूर्णरुपमा Artificial Intelligence Technology को प्रयोगबाट गरिनेछ ।
२.६) अनलाइन भोटिङ ब्लकचेन (blockchain) प्रविधिको प्रयोग गरिनेछ र Face Verification लाई अनिवार्य गरिनेछ ।
२.७) संघसँग सम्वन्धित दस्ताबेजको विधुतीय अभिलेख (electronic archive) तयार गरिनेछ ।
२.८) Membership Benefit कार्यक्रम स्मार्ट एनआरएनए एप्स मार्फत संचालन गरिनेछ ।
२.९) Smart NRN मार्फत crowd funding को व्यवस्था गरिनेछ ।
२.१०) संघको वेबसाइटलाई विभागीय आधारमा आधुनिकरण गरिनेछ ।
प्रतिबद्धता ३
परिणाममुखी एनआरएनए (Result-oriented NRNA):
गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन निम्न योजना प्रस्ताव गर्दछु ।
३.१) संघको अलपकालीन र दिर्घकालीन कार्ययोजना बनाइनेछ ।
३.२) दुईवर्षे कार्ययोजना सहभागीमूलक रुपमा निर्धारण गरी कार्यक्रमको क्यालेण्डर तयार गरिनेछ । आइसिसि र एनसिसिका गतिविधि यिनै कार्ययोजनामा केन्द्रित हुनेछन् ।
३.३) परियोजना छनोटसम्बन्धी नीति बनाई एनआरएनए फाउण्डेसन मार्फत कार्वान्वयन गरिनेछ । परियोजनाको पुनरावलोकन र मूल्याङ्कन गर्न विज्ञहरुको समिति बनाइनेछ ।
३.४) योजनामा केन्द्रित विषयगत कार्यशाला र गोष्ठीहरुको आयोजना प्रभावकारी र मितव्ययी रुपमा गरिनेछ ।
३.५) नेपालमा सञ्चालन गरिने ‘एक एनसिसि एक परियोजना’ जस्ता कार्यक्रममा एनसिसिहरु बिच सहकार्य गर्ने वातावरण तयार गरिनेछ । परियोजनाहरु नेपालका स्थानीय र संघीय सरकारसँग समन्वय र सहकार्यमा संचालन गरिनेछ ।
३.६) संघले नेपालमा गर्ने गतिविधी र कार्यक्रमहरुलाई काठमाडौं उपत्यका बाहिर बिस्तार गरिनेछ ।
प्रतिबद्धता ४
दीगो एनआरएनए (Sustainable NRNA):
सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि प्रविधि र ज्ञानमा आधारित वैकल्पिक स्रोतको खोजी गरिनेछ ।
४.१) गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका वा सञ्चालन गर्न चाहने व्यवसायबाट लाभांशको न्युनतम प्रतिशत (Corporate social responsibility अन्तर्गत) एनआरएनका लागि छुट्याउनु पर्ने व्यवस्था गरिनेछ।
४.२) संसारभरि छरिएर गैरआवासीय नेपालीहरुले सञ्चालन गरेका व्यवसायको इलेक्ट्रोनिक डेटाबेस तयार गरिने छ र उनीहरुलाई स्मार्ट एनआरएनए एप्स मार्फत गैरआवासीय नेपालीहरुसँग जोडिने छ। यस वापत व्यवसायिक संस्थाहरुबाट न्युनतम शुल्क लिइनेछ ।
४.३) संघले अहिले सञ्चालन गरेको Membership Benefit Scheme बाट प्राप्त हुने सुविधाको केहि अंश संघलाई प्राप्त हुने व्यबस्था गरिनेछ ।
४.४) विगतमा युएन अन्तर्गतका संस्थासँग गरेको अनुभवबाट कल्याणकारी र अध्ययन तथा अनुसन्धान परियोजनाका लागि एनआरएनए फाउण्डेसन मार्फत अन्तर्राष्ट्रिय दातृ निकायहरु सहकार्य गरिनेछ ।
४.५) संघले विभिन्न परियोजनामा लगानी गर्ने र त्यसबाट प्राप्त हुने लाभांश संघले प्राप्त गर्न सक्ने खालको कानून बनाउन सरकारसँग पैरवी गरिनेछ ।
प्रतिबद्धता ५
सबल र बहुआयामीक एनआरएनए (Strong and multidimensional NRNA):
गैरआवासीय नेपाली संघलाई अन्तर्राष्ट्रियस्तरको बहुआयामीक संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गरिनेछ ।
५.१) संघको काठमाडौँस्थित सचिवालयलाई अझ बढी व्यवस्थित गर्न कर्मचारीहरुको दक्षतालाई अभिवृद्धि गर्नुका साथै सचिवालयलाई प्रविधियुक्त बनाइनेछ ।
५.२) गैरआवासीय नेपालीहरुले आफू बसेको देशका स्थानीय समुदाय तथा सरकारसँग सहकार्य गर्न सकून् भन्ने हेतुले राष्ट्रिय समन्वय परिषदहरूको क्षमता अभिवृद्धि गरिनेछ ।
५.३) एनसिसिहरुको स्वायत्ततालाई आत्मसात् गर्दै संघमा अनुशासन कायम गर्न विधि, विधान र नियमावलीलाई अक्षरस पालना गरिने छ ।
५.४) आइसिसि र योसँग आवद्ध निकायहरु (एनसिसि, समिति, टाक्सफोर्स, क्षेत्रीय संयोजक आदि) बिच प्रभावकारी संवाद र समन्वय गरिनेछ ।
५.५) संघसँग आवद्ध पदाधिकारीहरुलाई प्रशिक्षणको व्यवस्था गरिनेछ ।
५.६) नेपाल सरकार, विदेशस्थित नेपाली कुटनीतिक नियोग, नेपालस्थित वैदेशिक कुटनीतिक नियोग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग प्रभावकारी संवाद र सहकार्य गर्न एक संयन्त्र तयार गरिनेछ ।
५.७) नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदाय बिच समन्वय गर्न पुलको रुपमा काम गरिनेछ । भुमण्डलीकरण (Globalisation) र जलवायु परिवर्तन (Global warning) जस्ता नेपाललाई प्रत्यक्ष नकारात्मक असर पार्दै आएका बिषयमा गैरआवासीय नेपाली र नेपालसँग सरोकार राख्ने विदेशी विज्ञहरु मार्फत सम्वन्धित अन्तर्राष्ट्रिय मञ्चमा आवाज पुराइने छ ।
प्रतिबद्धता ६
ज्ञान, सिप र नप्रवर्धनका लागि एनआरएनए (NRNA for skill, knowledge and innovation):
गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न निम्न योजना प्रस्ताव गर्दछु ।
६.१) पेशागत र विज्ञहरुलाई संघमा समेट्न भौगोलिक सिमा बिनाको ‘Professional Academic Council (PCC)’ को गठन गर्न विधानमा व्यवस्था गर्ने । यसले राष्ट्रिय समन्वय परिषदले जस्तै स्वायत्त भएर काम गर्नेछ ।
६.२) अहिले सञ्चालनमा रहेका NRNA Academy, Nepal Policy Forum, NRN Science Foundation, Nepal Library Foundation, Vocational Education र प्राविधिक समितिहरुलाई Skill, Knowledge and Technology Transfer विभागमा समन्वय गरी प्रभावकारी बनाइने छ ।
६.३) NRN Global Knowledge Convention ले सिफारिस गरेका सुझावहरूको कार्यान्यवन गराउन सरकारसँग पहल गरिनेछ । सम्मेलन मार्फत नेपालमा ज्ञान र सीपमा आधारित अर्थतन्त्र (knowledge-based economy) को विकासको लागि गैरआवासीय नेपालीहरुलाई उत्प्रेरित गरिनेछ ।
६.४) नेपाल सरकार, नेपाली विश्वविद्यालयहरू, अनुसन्धान केन्द्रहरु, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, र नेपालभित्र र बाहिर रहेका पेशागत संस्थाहरुसँग सहकार्य गरिनेछ ।
६.५) नेपाल सरकारको नीति तथा योजना निर्माणतहमा गैरआवासीय नेपालीहरुलाई प्रतिनिधित्व गराउन पैरवी गरिनेछ ।
६.६) नेपाल सरकारले सुरु गरेको Brain Gain Centre, National Academy of Science ले सञ्चालनमा ल्याएको Who Is Who जस्ता कार्यक्रममा सहकार्य गरि तथा एनआरएनए र International Organization of Migration को सहकार्यमा नेपाल फर्किने गैरआवासीय नेपालीहरुको skill mapping को पाइलट प्रोजेक्टलाई बिस्तार गरी बढी भन्दा बढी दक्ष र विज्ञ गैरआवासीय नेपालीको विवरण तयार पारिने छ ।
प्रतिबद्धता ७
उत्तरदायी र पारदर्शी एनआरएनए (Accountable and transparent NRNA):
गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन निम्न योजनाहरू प्रस्ताव गर्दछु ।
७.१) सम्पूर्ण पञ्जीकृत सदस्यहरूले अनलाइनबाट प्रत्यक्ष मतदान गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको निर्वाचन गर्ने व्यवस्था गरिने छ । साना एनसिसिहरूको योगदानको कदर गर्दै इलोक्ट्रल कलेज पद्धति अपनाईने छ ।
७.२) संघको गरिमा विशुद्ध गैर-राजनीतिक सामाजिक संस्थाको रूपमा कायम राख्न वैधानिक व्यवस्था गरिनेछ । एनसिसि र आइसिसिका निर्वाचनलाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन आचार संहिता कडाइका साथ लागु गरिनेछ ।
७.३) आम गैरआवासीय नेपाली र एनसिसिका आवाज सुन्ने र सम्बोधन गर्ने व्यवस्था गरिनेछ । एनआरएनए र आम गैरआवासीय नेपाली बीच सिधासम्पर्क गर्न स्मार्ट एनआरएनए एप्स प्रयोग गरिने छ, ‘ड्रपईन’ जस्ता कार्यक्रम सञ्चालन गरिनेछ र काठमाडौमा २४ घण्टे हटलाइनको व्यवस्था गरिनेछ ।
७.४) पदाधिकारी गैरआवासीय नेपाली संघका सदस्यप्रति उत्तरदायी रहनुका साथै कायम राख्नुपर्ने व्यवस्था कडाईका साथ लागु गरिनेछ ।
७.५) संघलाई दीर्घकालीन असर गर्ने र अन्य महत्वपूर्ण निर्णयहरू गर्दा विधानसम्मत संघका पञ्जीकृत सदस्यहरू तथा एनसिसि र आइसिसिका कार्यकारी सदस्यहरूसँग परामर्श गरिनेछ ।
७.६) संघको अनुमानित वार्षिक आय-व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गर्ने कार्यक्रमलाई निरन्तरता दिईने छ । उत्तरदायी र पारदर्शी एनआरएनए (Accountable and transparent NRNA): गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन निम्न योजनाहरू प्रस्ताव गर्दछु ।
७.१) सम्पूर्ण पञ्जीकृत सदस्यहरूले अनलाइनबाट प्रत्यक्ष मतदान गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको निर्वाचन गर्ने व्यवस्था गरिने छ । साना एनसिसिहरूको योगदानको कदर गर्दै इलोक्ट्रल कलेज पद्धति अपनाईने छ ।
७.२) संघको गरिमा विशुद्ध गैर-राजनीतिक सामाजिक संस्थाको रूपमा कायम राख्न वैधानिक व्यवस्था गरिनेछ । एनसिसि र आइसिसिका निर्वाचनलाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन आचार संहिता कडाइका साथ लागु गरिनेछ ।
७.३) आम गैरआवासीय नेपाली र एनसिसिका आवाज सुन्ने र सम्बोधन गर्ने व्यवस्था गरिनेछ । एनआरएनए र आम गैरआवासीय नेपाली बीच सिधासम्पर्क गर्न स्मार्ट एनआरएनए एप्स प्रयोग गरिने छ, ‘ड्रपईन’ जस्ता कार्यक्रम सञ्चालन गरिनेछ र काठमाडौमा २४ घण्टे हटलाइनको व्यवस्था गरिनेछ ।
७.४) पदाधिकारी गैरआवासीय नेपाली संघका सदस्यप्रति उत्तरदायी रहनुका साथै कायम राख्नुपर्ने व्यवस्था कडाईका साथ लागु गरिनेछ ।
७.५) संघलाई दीर्घकालीन असर गर्ने र अन्य महत्वपूर्ण निर्णयहरू गर्दा विधानसम्मत संघका पञ्जीकृत सदस्यहरू तथा एनसिसि र आइसिसिका कार्यकारी सदस्यहरूसँग परामर्श गरिनेछ ।
७.६) संघको अनुमानित वार्षिक आय-व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गर्ने कार्यक्रमलाई निरन्तरता दिईने छ ।
प्रतिबद्धता ८
एनआरएनका लागि एनआरएन For NRN By NRN
गैरआवासीय नेपाली समुदायको हकहितसँग जोडिएका निम्न योजनाहरु प्रस्ताव गर्दछु ।
८.१) वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका गैरआवासीय नेपालीहरुलाई
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन प्रोत्साहन गर्न गन्तव्य देशमै रोडसो कार्यक्रम गरिनेछ ।
८.२) गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिहरुलाई संविधानतः आम नेपाली सरहको अधिकार प्राप्ती र सम्पत्तीको अधिकार सुनिश्चित गर्न सरकारसँग पैरवी गरिनेछ । वंशजको नागरिकता कायम राख्न पहल गरिनेछ ।
८.३) गैरआवासीय नेपाली नागरिकता र गैरआवासीय नेपाली परिचयपत्र प्राप्त व्यक्तिहरुको समान अधिकारको लागि पैरवी गरिनेछ ।
८.४) दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुमा नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न विशेष कार्यक्रम ल्याइने छ । नेपालीहरुको बसोबास भएको देशमा नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्ने आवश्यक सम्भावनाको खोजी गरिनेछ ।
८.५) अध्ययनका लागि विदेशमा जाने विद्यार्थीको सहयोगको लागि एनआरएनए सचिवालयमा परामर्श केन्द्र स्थापित गरिनेछ ।
८.६) दोहोरो कर प्रणालीको अन्त्य गर्न नेपाल सरकार र सम्बन्धित सरोकारवाला निकायसँग सम्झौता गराउने सेतुको रुपमा काम गरिनेछ
८.७) पुर्वगोर्खा सैनिकका हकहितका मुद्दालाई नेपाल सरकार र बेलायत सरकारसम्म पुर्याउन विशेष संरचानको तयार गरिनेछ ।
८.८), बर्मा, फिजीजस्ता देशमा रहेका नेपालीभाषी नागरिकहरुलाई नेपालसँग जोड्न प्रस्तावित गैरआवासीय नेपाली सम्बन्धि ऐनमा नै व्यवस्था गर्न पहल गरिनेछ ।
प्रतिबद्धता ९
नेपाल सरकारको साझेदार एनआरएनए
गैरआवासीय नेपालीसँग सरोकार राख्ने निम्न विषयमा सरकारसँग सहकार्य र साझेदारी गरिनेछ ।
९.१) वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका गैरआवासीय नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन प्रोत्साहन गर्न गन्तव्य देशमै रोडसो कार्यक्रम गरिनेछ । रेमिट्यान्स वैधानिक रूपमा स्वदेश भित्र्याउन सरकारसँग सहकार्य गरिनेछ ।
९.२) विदेशमा बस्ने नेपालीहरूको मताधिकारको सुनिश्चितताको लागि निर्वाचन आयोगसँग जारी सहकार्यलाई थप जोड दिई विदेशमा मतदाता नामावली संकलनको लागि सरकारसँग सहकार्य गरिनेछ ।
९.३) पूर्वगोर्खा सैनिकका हकहितका मुद्दालाई नेपाल सरकार र बेलायत सरकारसम्म पुऱ्याउन विशेष संरचनाको तयार गरिनेछ ।
९.४) नेपाल सरकार पुग्न नसक्ने देशहरूका नेपालीहरूलाई एनआरएनको बढी खाँचो हुने भएकोले त्यस्ता देशका एनसिसीहरूलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरिनेछ ।
डा. हेम राज शर्मा