Logo

४ माघ २०८१, शुक्रबार

यतिबेला म उभिएको यो अरेबियाली भूमि हिउँदको ठिहीसँगै चिसिएको छ । मेरो गाउँबाट देखिने गौरीशंकर हिमालजस्तै चिसो छ । तर, जब सम्झन पुग्छु जनयुद्धको रापिलो दिन, मन युद्धको तापले पोल्न थाल्छ । ज्यानमा यसै गर्मी चढेझैं हुन्छ । ड्याङ ड्याङ ड्याङ ! बन्दुकको ट्रिगर दाबिएपछि छुटेका गोलीले ठयाक्कै कसको छोरा वा छोरी ढल्यो होला ? त्यो ढल्ने सिपाही नै थियो त मेरो वर्ग दुष्मन ? युद्धका बेला यस्तो हिसाब लाउने फुर्सद थिएन ।

क्रान्ति बाँकी भए पनि जनयुद्ध टुंगियो, मर्नेहरु शहीद भए । गणतन्त्र आयो, संघीय संरचनामा देश गयो । नेताहरु सत्ताको हिसाबमा बेफुर्सद भए । क्यान्टोनमेन्टबाट निस्केपछि हामी बाँचेका योद्धाहरु भने फुर्सदमा भयौं । अनि चिन्ता लाग्यो, छुटेको पढाईको, आमाको स्वास्थ्यको, बाको सपनाको ।

ओहो ! बन्दुकको गोलीसँगै छुटेको आफ्नो सपना पनि । यस्तो लागेको दिन राहदानी बनाएर तीन वर्ष अघि बहराइन आइपुगेको थिएँ । हिजो देशका निम्ति बन्दुक उठाएको, जनमुक्ति सेनाको कमाण्ड गरेको एक कमाण्डर आज कम्पनीमा सेक्युरिटी गार्ड छु । २७ वर्ष भइसकेछ जनयुद्ध शुरु भएको ।

१७ वर्षे कलिलो उमेरमा बन्दुक बोकेर युद्धमा सामेल भएको त्यो ठिटो म कहाँबाट कहाँ आइपुगेको छु ? जति सम्झ्यो उति क्रमशः तात्दै जाने यो मरुभुमिको धरातलजस्तो दिमाग तातो हुन्छ ।

हिजो वर्षाको भेल झैं उर्लिएको ! आज लमतन्न सुतेको क्रान्तिको कुरा गर्दैछु, याने कि लेख्दैछु । किनकि जिन्दगीको मेरो आर्जन वा सुनका थैलाहरू भन्नु मेरा लागि त्यही भोगाई हो । जो शरीरभरी छर्रा भएर बिझिरहेछन् । शरीर चल्मलाउँदा काँडाले झैं घोचिरहेछन् । माफ गर्नुहोला, टेढा कुरा गर्‍यो नभन्नुहोला ।

चिहानमा बिहान खोज्नेहरूको कर्म यस्तै रहेछ । आफैंलाई खाल्डो खनेर पुर्नको लागि कोदाली बोकेर हिंड्नेहरूको मर्म यस्तै रहेछ । क्रान्ति लमतन्न पर्दा तक…। सहयोद्धाको चिहानमाथि सुसेल्नु पर्ने धर्म यस्तै रहेछ ।

मेरो कलमको नीब विगतभन्दा आगतमा झन् तीखो हुन थालेको छ । यसले पनि बिझायो नभन्नुहोला (क्रान्तिलाई बीच भंगालोमा छाड्ने ठेकेदारहरूलाई बिझाउनु पनि पर्छ ।) के गर्नु, चिहानमा बिहान खोज्नेहरूको कर्म यस्तै रहेछ । आफैंलाई खाल्डो खनेर पुर्नको लागि कोदाली बोकेर हिंड्नेहरूको मर्म यस्तै रहेछ । सहयोद्धाको चिहानमाथि सुसेल्नु पर्ने धर्म यस्तै रहेछ ।

अँ ! विगत अलिकति कोट्याउँछु । कुटोले कमेरो माटो कोट्याए झैं ! खाटा बसिसकेको घाउ कोट्याउँदा त उकुच पल्टेला ! उकुच पल्टेर आउने भोगाइहरू, वेदनाहरू सपना जस्तै आनन्ददायक नहुँदो रहेछ । तर सहन गर्ने साहस गर्दैछु । नयाँ जोश बोकेर हिंडेको लक्का ठिटो । छापामार गुरिल्ला बन्न हिंडेको एक वर्ष पनि नबित्दै, तत्कालीन सरकारले चलाएको ‘किलो सेरा टू’ नामक ज्यानमारा अप्रेसनको बिगबिगी । आँखैसामु मृत्यु नाँचेको प्रत्येक पल । सिन्धुपाल्चोकको राम्चेमा क.किरण र क.क्षितिजको हत्या भएको बखत । जहाँ क.रामजी बालबाल बाँचेका थिए । उनको पनि सिराहाको बन्दीपूर मोर्चामा शहादत भइसकेको छ । जो पछिल्ला दिनहरूमा एम्बुस टाईगरको रूपमा कहलिए ।

यही चुनौतीलाई चिर्ने नयाँ रणनीतिक सामथ्र्य जुटाउने जिल्ला पार्टीको प्रयास थियो । नयाँ शीराबाट टुंगिएको बैठकको भाव । जुन बैठक सिन्धुपाल्चोकको ईर्खुमा भएको थियो । दावा दाइ र प्रविणा दिदीको गाउँमा भएको त्यो बैठकको आवेगाभावपूर्ण थियो । फौजी प्रतिरोधको ढोकाहरू खोल्ने मुख्य रणनीतिक उद्देश्य थियो । नयाँ रक्त सञ्चार भएको अनुभूति ।

अनि सहयोद्धाहरूको हत्याको बदलाभाव बोकेको सिन्धु (दोलखाको एउटा टुकडी) । नयाँ फौजी रणनीति अंगालेको लाल दस्ता । ईर्खु, कुबिण्डे हुँदै नौबीसेमा एकछिन सुस्ताउँछ । जहाँ क. क्षितिजको शहादतको आलो घाउ बोकेर आमा विह्वल अवस्थामा हुनुहुन्थ्यो । आफ्नो सन्तान गुमाउनु पर्दाको पीडा कुन आमालाई हुँदैन र ! तर आमा अदम्य साहस बोकेर सम्हालिनु भएको थियो । आमासँग एकछिन कुराकानी गरेपछि हाम्रो यात्रा सोझिन्छ ।

नयाँ योजनाको दस्तावेज बोकेर टुकडीको कमान्ड गरेका छन् गंगा कार्की उर्फ क.विश्वले । टोलीमा अरू हामी छौं क.भीमसेन, क.हिमाल, क.अस्मिता, क..जित, क.विशाल, क.प्रभात, क.निशा, क.झिल्को, क.शरद र म । जम्मा ११ जनाको टोली (त्यति बेलासम्म दोलखाको पूर्णकालिन कार्यकर्ता जम्मा १० जना मात्रै थियौं । त्यसमा पनि क.प्रताप, क.पूर्ण र क.हेम जेलमा हुनुहुन्थ्यो।) भर्खरै आएको हरियो छापामार ड्रेस । रातो तारा अंकित टोपी सबैले लगाएका छौं । प्राविधिक ज्ञानमा अब्बल क.अजितले बोकेका छन् १२ किलोको सिलिन्डर माइन ।

भर्खरै आएको नयाँ प्रविधिले आकाशमा उचालेको छ हामीलाई । त्यसले कत्तिको प्रभावकारी काम गर्छ, परीक्षण गर्न बाँकी नै छ । किसानहरूको कृषि उत्सव लाग्ने यो समयमा घाम निकै चर्किएको छ । बाटोभरी किसानहरू मानो खाएर मूरी उब्जाउने बेला भएकोले खेतबारीमा काम गरिरहेका भेटिन्छन् ।

दुश्मनका कयौं बार बन्देजलाई छिचोल्दै, घेराहरू तोड्दै आइपुगियो सिन्धुपाल्चोकको डाँसे (सिन्धुको एउटा गाउँ, पेमा लामा क.झिल्कोको गाउँ । तत्कालीन हाम्रो आधार ईलाका जस्तै।) एक रात त्यहीँ विश्राम लिएपछि झरियो चौंरीखोला । जुन सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रामेछाप र दोलखाको सिमाना पर्छ ।) जिलेटिन हानेर माछा मारियो । अनि उकालो लागियो र कल्लेरी माया मिसको घरमा गएर माछा पकाएर खाईयो । त्यो रात त्यहीँ सुस्तायौं ।

No description available.

जब बजार कटेर पूल तर्न लागेका मात्र के थियौं । म पूलको बीचमा मात्र के पुगेको थिएँ । गोली वर्षिन थाल्यो असिना वर्सिएसरि । एक प्रकारको भीषण रणसंग्राम मच्चियो । नयाँ पुलको भिडन्तमा क.भीमप्रसाद शर्मा (शरद)को शहादत भएछ । साथीलाई गुमाउँदा नरमाइलो त लाग्यो नै । अरू साथीहरू कता लागे केही पत्तो भएन । सम्पर्क माध्यम पनि केही भएन । मेरो घरमा चाहिँ म आफैं मरेको खबर गएछ ।

त्यसपछि हाम्रो यात्रा ठेकालाघ्यू–सासिम–ढुंगे हुँदै बेरोकटोक अघि बढ्यो । अनि पुगियो फस्कु मीत बुबाको घर । मीत बुबा–आमाले औधी माया गर्नुहुन्थ्यो । जाने बित्तिकै गाला सुमसुम्याउनु हुन्थ्यो । भोक लाग्यो होला भनेर खाना बनाई हाल्नुहुन्थ्यो । आफ्नो वर्गप्रति अगाध प्रेम थियो । वहाँहरूको गुणलाई पनि जिन्दगीभर बिर्सन सक्दिनँ ।

व्यवस्था त केहीको लागि फेरियो । वहाँहरूको लागि कहिल्यै फेरिएन । बुबा–आमासँग एकछिन भलाकुसारी गरेपछि लाग्यो हाम्रो टोली फस्कुको ओरालो । ओरालो झर्दै गर्दा पानी प¥यो । चिप्लो बाटो । चूक घोप्ट्याए जस्तो अँधेरी रात । अनि थकाईले लखतरान परेको ज्यान । बाटामा चिप्लिँदै, निदाउँदै हिँडियो । रातभरिको हिँडाइपछि बल्ल पुगियो पवटी एक समर्थकको घर ।

दिनभरि सेन्ट्रीको व्यवस्था मिलाएर पालैपालो सुतियो । किन हो किन शरीरमा पटक्कै जाँगर उम्रेको थिएन । कैयौं दिन कैयौं रात हिंडियो । भोकै, प्यासै हिंडियो । यस्तो कहिल्यै भएको थिएन । तर पनि निश्चित गन्तव्यमा पुग्नु नै पर्ने थियो । आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने नै थियो । समयले हामीलाई बेस्सरी धकेलिरहेको थियो । २०५५ असार ५ गते । बेलुकीको खाना खाएर धर्तीलाई अँध्यारोको साम्राज्यले छोपेपछि बाटो लागियो । सबभन्दा अगाडि मै हिंडेको थिएँ । एवम् रीतले चरंगे खोला तर्दै तामाकोशी नयाँ पूलतिर लागियो ।

पूरानो बजार नजिकै टोली अडियो । म नयाँपूल बजार चेक गर्न अघि लागें । एकादुई पसल बाहेक सबै बन्द भइसकेका थिए । जिरीका बसहरू रहस्यमयी ढंगले पार्किङ गरिएका थिए । तर खतराको संकेत तत्काललाई केही नदेखिए जस्तै लाग्यो । फौजी ज्ञान र ट्याक्टीसको अभाव पनि हुन सक्ला । मेरो नांगो आँखाले केही पत्ता लगाउन सकिनँ । अनि अरू टोली लिन फर्किएँ । जब बजार कटेर पूल तर्न लागेका मात्र के थियौं । म पूलको बीचमा मात्र के पुगेको थिएँ ।

No description available.

गोली वर्षिन थाल्यो असिना वर्सिएसरि । एक प्रकारको भीषण रणसंग्राम मच्चियो । वातावरण कोलाहलमय भयो ।कानकानबाट गोलीहरू आगोको फिलिंगा झैं सुईँकिए । जीउभरी बारुदको गन्ध आउन थाल्यो । त्यतिकैमा क.विश्वले कटुवा पेस्तोलबाट फायरिङ कासन गर्नुभयो । क.अस्मिताले झोला फाल्नुभयो । क.अजितले माइन विछ्याउँदै हुनुहुन्थ्यो । तर तार चुँडिएको हुँदा काम गरेन ।

मैले सँधै एउटा टूटू राइफल बोक्थें । त्यतिबेला क.विशालको हातमा थियो । त्यसको प्रभावकारी फायर हुन सकेन । उनीहरूले खैलाबैला गर्दै अश्लील गाली गलौज गर्दै अनगिन्ती गोलीहरू वर्षाइरहे । हजारौं गोलीका राता–राता, ताता–ताता पर्राहरू बीच हाम्रो टोली छिन्नभिन्न भयो । हामी माथि डाँडामा नपुग्दासम्म गोली चलिरह्यो । सालका पातहरू झरिरहे । सालका सुकेका पातहरू स्यारस्यार कराइरहे । को–को साथी ढले थाहा भएन । गोलीहरू अझै पड्किरहेका थिए । अन्यौलकैबीच लागियो सुरक्षित स्थानतिर ।

हिंड्दा–हिंड्दा उज्यालो हुने बेलामा भीरकोट कृपाश्वर सरको घरमा पुग्यौं । उज्यालो भइसकेपछि वहाँलाई बुझ्न पठाउँदा एक जना ढलेको खबर ल्याए । छोटोमोटो साथी ढलेको र पुलिसले अनुहार नचिन्ने गरी जिल्साएको खबर आयो । हामी झन अकर्मण्यतामा पर्‍यौं । पछि थाहा भयो क.भीमप्रसाद शर्मा (शरद)को शहादत भएछ । साथीलाई गुमाउँदा नरमाइलो त लाग्यो नै । अरू साथीहरू कता लागे केही पत्तो भएन । सम्पर्क माध्यम पनि केही भएन ।

No description available.

मेरो घरमा चाहिँ म आफैं मरेको खबर गएछ । बुबाआमा, भाइबहिनी सा¥है पीडामा परेछन् । केही जोरीपारीहरू हाँस्दै हिंडेछन । तर बुबाआमा क्रान्तिलाई बुझ्ने, बलिदानको अर्थ बुझ्ने हुनु भएकोले पार्टीको आधिकारिक जानकारीको प्रतीक्षामा हुनुहुँदोरहेछ । साथीभाइ, ईष्टमित्र, आफन्तजन सबैले सहिदको कोटामा नाम चढाइसकेछन् । क.हिमालले एउटा चिट्ठी लेखेका रहेछन् । डम्बरको शहादत भएको खबर घरमा पठाउनु र किरिया खर्च रू.तीन हजार पनि पठाउनु ।

यो चिट्ठीले साथीहरूमा पनि अर्को तरंग पैदा भएछ । यसरी हामी छिन्नभिन्न हुँदा क.भीमसेन र क.हिमालको एउटा टोली । क.अजित र क.अस्मिताको एउटा टोली । क.झिल्को एक्लैको टोली । क.विश्व, क.विशाल, क.प्रभात, क.निशा र मेरो एउटा टोली । हामी यसरी छिन्नभिन्न भयौं । त्यसपछि क.विश्व पूर्वतिरै लागे । हामी ओखलढुंगा जिल्ला पार्टीका साथीहरूसँग केही समय रह्यौं । क.वसन्त (उनको उदयपुरको तावाश्रीमा शहादत भईसकेको छ), क. विनिता, क.महेन्द्र श्रेष्ठ (उनी फौजी र प्राविधिक रूपमा धेरै प्रतिभाशाली थिए । पछि उनको पनि ओखलढुंगामै शहादत भयो) लगायत कमरेडहरूसँग रह्यौं ।

पछि पार्टी सम्पर्कमा आयौं । पछि सुक्ष्म ढंगले बुझ्दा थाहा भयो कि हाम्रो जनशक्ति । हतियारको अवस्था, दोलखाको मुख्य नेतृत्व सहित सम्पूर्ण फोर्स, सबै थाहा भएर एम्बुसको योजना बनेको रहेछ । दोलखा जिल्ला पार्टीलाई नै सखाप बनाउने योजना रहेछ । अझ हामी त कमजोर घेरामा परेछौं । मुख्य एम्बुस त पुरानो बस्ती सत्तरी गोलाईमा रहेछ । किनकि हामीले प्रयोग गर्ने पुरानो मुख्य बाटो त्यही थियो । केही फटाहाहरू गंगा कार्की र शंकर लामाको लास हेर्न नयाँ पूल बजारमै बसेका रहेछन् ।

दिनभरि सेन्ट्रीको व्यवस्था मिलाएर पालैपालो सुतियो । किन हो किन शरीरमा पटक्कै जाँगर उम्रेको थिएन । कैयौं दिन कैयौं रात हिंडियो । भोकै, प्यासै हिँडियो ।

मंसिरको महिना, गाउँघरमा जेजति भएको धान थन्क्याउने चटारोमा लागेका सबै । साँझपख हामी पुग्दा बुबा पनि धानकै मेसोमा हुनुहन्थ्यो, आमा भान्साका हुनुहुन्थ्यो । म र लक्ष्मी थामी दिदी (क.निशा)लाई एक्कासी आँगनमा देख्दा बुबाआमा हेरेको हेर्‍यै हुनु भयो । आमा रुन लाग्नु भयो । पछि थाहा भो, नयाँ पुल घटनामै म मारिएको भन्ने हल्ला गाउँमा आएको रहेछ । पाँच महिनाअघि नै छोरा शहीद भो भन्ने टुंगोमा पुगेर उहाँहरुले माया मारिसक्नु भएको रहेछ ।

No description available.

शहीद भयो भनेको छोरो जिउँदै फर्केर आउँदा आमाबुबा नै रुनु भयो । भाइबहिनी, छरछिमेक सबै खुसी भए । मेरा पनि आँखा रसाए । वास्तवमा युद्धकालभरी कालको मुखमा पुगेर फर्कियो, हिसाब थिएन । झनै किलो सेरा टू अपरेशनकालमा त क्रान्तिमा हिडेका छोराछोरी जिउँदो फर्केलान् भन्ने आशा धेरै आमाबुबाले मारेका थिए ।

तर, हामी जिउँदै फर्केका थियौं । त्यो साँझ आफन्त र साथीभाईको मुहारमा देखेको खुसी जीवनकै एक उत्सव जस्तो लाग्छ । यद्यपी त्यसपछिका कयौं लडाईँका मोर्चामा आफूलाई माया मारेर होमियो । हाम्रो मूल्यांकन इतिहासले गर्छ भन्ने विश्वास थियो । तर त्यो इतिहास कहिले र कसरी कुन रूपमा आउँछ हेर्न बाँकी नै छ । त्यो एक भुल्को इतिहास र आङमा लागेको एक झुल्को घामले बताउला ।

प्रकाशित मिति: १ फाल्गुन २०७८, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *