सँधैं हिडिरहने यी बाटोमा उभिएका अशोकका पातहरु पँहेलिएर भुँईभरी झरेका छन् । जसै ऋतु परिवर्तन हुन्छ, यी रुखले फेरि पालुवा हाल्ने छन् । समय फेरि उज्यालोतिर फर्किने छ । आज सम्झिन्छु, उज्यालोको झिल्को बोकेर वर्गीय मुक्तिको लडाइँमा हाम फालेको एउटा जुग बितेछ । तीन दशक नजिक पुगेको यस कालखण्डले विश्व राजनीतिमै गहिरो इतिहास निर्माण गरेको छ । २७औं जनयुद्ध दिवस मनाइरहँदा मानसपटलमा पुराना यादहरु दौडिन थाले । आज युद्धकालिन गर्विला दिनहरुको सानो सम्झना पस्किदै छु ।
वर्ग संघर्षभित्र छल्किएर आउने आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक मनोभावहरु कस्ता थिए ? जेल जीवन अर्थात् सेनाको यातनागृह कस्तो रह्यो ? एउटा योद्धाले भोलिको भविष्यको सुन्दर सपना देखेर मृत्युलाई सहजै परास्त गर्ने मनोभाव कसरी जागेर आउँथ्यो, थोरै भए पनि पाठकवर्गसमक्ष राख्ने जमर्को गरेको छ ।
गिरफ्तारी र सेनाभित्रको यातना
साउनको झरिमय याम । सरकारले जनयुद्ध थेग्न नसकी संकटकाल लगाएको छ । पार्टीको अन्तर्राष्ट्रिय काम गर्दैगर्दा मलाई दिल्लीमा गिरफ्तार ग¥यो । रातारात नेपाल सुपर्दगी गरियो । नेपालगन्जमा ल्याइपु¥याएपछि आँखामा कालोपट्टी बाँधियो । हात पछाडी लागेर हत्कडी लगाइयो र हेलिकप्टरमा हालेर मलाई काठमाडौं ल्याइयो । मैले त्यही यात्रामा अनुमान गरें कि, प्रतिक्रियावादी कति कायर हुँदा रहेछन् ।
१० जना सेना प्रहरीसहित उनीहरुको कस्टडीमा हतकडी लगाइएको मानिस न थिएँ, म सँग किन डराउनु ! मलाई शिवपुरीको गणमा पु¥याइएछ पछि थाहा भयो । अर्को दिनदेखि प्रचण्ड–बाबुराम कहाँ छन् ? अन्तर्राष्ट्रिय रूपमा कस–कसले हतियार र पैसा सहयोग गर्छ ? भारतीय गुरिल्ला नेपालमा कति छन् ? हतियार कहाँबाट आउँछन् ? अस्तिमात्र एक ट्रक पैसा भारतले दियो रे नि, त्यो कहाँ छ ? यस्तै–यस्तै थुप्रै प्रश्नसहित यातना दिन सुरु गरियो ।
मेरो गिरफ्तारीले उता भारतमा संघर्ष भएछ, संसद नै अवरुद्ध हुन पुगेछ । केही भारतीय दलाल र नेपालीहरूले ठोकवा नै गरेछन्, ‘उसलाई मारिसक्यो । उसलाई नेपाली सेना तथा नेपाल सरकारले हत्या गरिसक्यो, ऊ फर्केर यो धर्तीमा आउने आशा मरिसक्यो’ गफ चुटेर आफ्नो सन्तुष्टि लिएछन् । तर, केही शुभचिन्तक हाम्रो युद्धप्रति लचिलो हुनेहरूले विश्वास बटुलेछन् । ऊ फेरि फर्केर आउँछ, तर सग्लो आउँदैन भन्दा रहेछन् ।
तर ती दुवै कुरा असत्य भए, सेनाको चरम यातनाबाट पनि म फुत्केर आएँ, सग्लै आएँ । मलाई पुर्न मेरै अगाडि चिहान खनेर पनि म फिर्ता आएँ । यो अचम्म म आफैंमा लाग्छ र नयाँ जीवन हो भन्ने ठान्छु । किनकीः त्यसबेला देश र दुनियाँले नेपालको धर्तीमा रगतको भेल बगाइरहेको थियो । थुप्रैले मानवजातिको मुक्तिको लागि बलिदान दिइरहेका थिए । म पनि त्यहि बलिदान दिनेमा लामबद्ध थिएँ । तर, मलाई मार्दा अन्तराष्ट्रिय तहबाट आउन दबाब थेग्न नसक्ने आँकलन पछि सेनाले खाल्डो खनेर पनि जिवितै फिर्ता ल्याएको थियो ।
मलाई पुर्न मेरै अगाडि चिहान खनेर पनि म फिर्ता आएँ । यो अचम्म म आफैंमा लाग्छ र नयाँ जीवन हो भन्ने ठान्छु ।
कैयौं, कहालीलाग्दा, अपत्यारिला र साहसिक घटना बेहोर्दै मृत्युलाई आत्मसाथ गरिएको थियो । मनमा लागिरहन्थ्यो, जीवनमा घाइते, अपाङ्ग भएर बाँच्नेभन्दा बलिदान दिन तत्पर भएर संघर्षमा उत्रेको योद्धा हुँ । मृत्युलाई आँखैले देखेर पनि बिचलित भइँन । यो अवस्थामा प्रतिक्रियावादीका भरौटेहरुसँग जीवन रक्षाको लागि गिडगिडाउने, आत्मसमर्पण गर्ने घिनौना काम गरिएन । पार्टीको गोपनीयता बचाउने काम गरियो ।
स्वतन्त्रतापे्रमिका लागि प्रतिक्रियावादीको यातनागृह आखिरी मृत्युको शैया नै थियो । मानवमुक्तिको महासागरका यात्रीहरुसँग प्रत्यक्ष हातेमालो गर्दै सुनौलो भविष्यका कल्पना गर्दै हिडेका युद्धकर्मीलाई तिनको यातनाले गलाउन सकेन । मृत्युन्मुख यातनाले पनि नगलेको देख्दा तिनीहरुका भरौटेहरु पनि आश्चर्यमा परे होलान्, त्यसको यहाँ वर्णन गर्न सकिँदैन ।
दिनभर र आधा रातसम्मको यातनाले शरीरको सबै अंग थिलोथिलो थियो । आँखामा पट्टी बाँधेको छ, रात हो कि दिन पत्तो नहुने, चराचुरुंगीको पनि आवाज सुन्न नपाउँदा पनि छटपटी हुने रहेछ । लाग्थ्यो, जल्लादहरुको जमात मात्रै छ, संसार देखिने ठाउँ नै छ कि छैन भन्ने अनुभूति हुन्थ्यो । तर पनि उनीहरुको मनशाय पूरा हुन सकेन । उनीहरु आश्वसन दिन्थे, मलाई जीवनदान दिने, मेरो परिवार हेरविचार गर्ने, सुविधा दिने । तर उनका लालचका हतकण्डा काम लागेनन् । फेरि चरम यातना दिन्थे । उनीहरुको यातनागृहबाट म फुत्किन सफल भएँ ।
म अन्तर्राष्ट्रियकरण भइसकेको थिएँ । भारतदेखि आरआइएम सम्मले मेरो पक्षमा बोलेको र संघर्ष गरेको हुँदा पीयूसीएल, पीयूडीआर जस्ता संस्थाको सामथ्र्यले मलाई प्रतिक्रियावादीले हत्या गर्न सकेनन् ।
सेनाको ब्यारेकदेखि जेलयात्रा
केही समयपछि सेनाको व्यारेकबाट जनपथ प्रहरीलाई हस्तान्तरण भएको थाहा पाउँदा अब बाँचिन्छ कि भन्ने आशा पलाएर आयो । फेरि ५६ दिन हनुमान ढोका राख्दा फेरि के हुने हो निश्चित थिएन । ५६ दिनपछि नख्खु जेल चलान गरेपछि ठूलो कालखण्डबाट बाँचेर आएको अनुभूति भयो । अब जेलभित्रै संघर्ष गर्नुपर्छ भन्ने आँट मनमनै आउन थाल्यो ।
राजाको मन्त्री नारायणसिंह पुन र वार्ताको मध्यस्तकर्ता विरेन्द्र झापाली मलाई पटक–पटक भेट्न जेल जाने र बाहिरका खबर सुनाउने गर्थें ।
जेलमा बिहानै आँखा मिच्दै उठ्दा सामुन्ने खडा भइदिने भीमकाय पर्खालहरुलाई नै सूर्य उदाउने र अस्ताउने क्षितिज मान्नु पर्ने विवश परिस्थिति थियो । त्यहाँ संघर्षका कुरा गर्दा साथीहरुको कुरा थियो–प्रतिक्रियावादी सत्ताले बाहिर लगेर यातना दिने या जेलसरुवा गर्ने आतंक रहेछ ।
फेरि पनि परिस्थितिलाई सम्हाल्दै प्रतिकूलतालाई अनुकूलतामा बदल्दै संघर्ष गर्ने आँट गरियो । मागहरुमा कैदी बन्दीलाई सिदामा वृद्धि, उपचारको व्यवस्था, पुस्तकालय, शीपमुलक काम सहित ११ बुँदे माग राख्यौं । ११ दिनसम्म भोक हडताल गरी केही माग पूरा गराउन सफल भयौं । त्यस समय बाहिर पनि वर्ग संघर्षले उच्च्तम सफलता हात पार्दै अगाडि बढेको थियो । त्यतिबेला राजाको सरकार थियो ।
राजाको मन्त्री नारायणसिंह पुन र वार्ताको मध्यस्तकर्ता विरेन्द्र झापाली मलाई पटक–पटक भेट्न जेल जाने र बाहिरका खबर सुनाउने गर्थें । पार्टीसित वार्ताका कुरा पनि चलेका थिए । अप्रत्यासित ढंगले सफलताका क्षण एउटा अभिष्ट प्राप्तिको क्षण नै हुन् भन्छु र भयो । मलाई लामो समय जेल बस्नु परेन । दो्रस्रो, हापुरेको वार्तामा पार्टीले केन्द्रीय समितिलाई छोड्ने सर्त राख्यो र राजावादीले त्यसलाई स्वीकार गरे र म जेलमुक्त भएँ । मलाई कैदीहरुले गरेको माया विछोडका बेलामा आस्थाका बन्दीहरुको मलिनो मुहारले मैल मेरा आँशु थाम्न सकिनँ ।
केही भारतीय दलाल र नेपालीहरूले ठोकवा नै गरेछन्, ‘उसलाई मारिसक्यो । उसलाई नेपाली सेना तथा नेपाल सरकारले हत्या गरिसक्यो, ऊ फर्केर यो धर्तीमा आउने आशा मरिसक्यो’ गफ चुटेर आफ्नो सन्तुष्टि लिएछन् ।
जेलमा बसेकाले साच्चै नै जेलका हरेक कोठाहरु, पर्खाल र भित्ताहरुसँग पनि मेरो माया बसेको थियो । त्यसलाई मेरो मानसपटलले लामो समयसम्म भुल्न सकेन । म जेल मुक्त भएपछि मलाई पार्टीले विशेष क्षेत्रमा खटायो । युद्ध र अतरसंघर्ष चर्केका बेला म गुल्मी वाग्लुङ्ग र म्याग्दीको इन्चार्ज भएँ र फेरि काममा खटेँ ।
आज पनि म निरन्तर जनताकै बीचमा छु, पार्टी नेतृत्व पछिल्ला कार्यकालमा भए गरेका गल्ति कमजोरीप्रति आत्मालोचित भएको छ । अब नयाँ शीराबाट क्रान्ति अगाडि बढ्ने छ । जनयुद्धका क्रममा शहादत प्राप्त गरेका महान् शहीदहरुप्रति सतत् सलाम् ।
जेलमा बसेकाले साच्चै नै जेलका हरेक कोठाहरु, पर्खाल र भित्ताहरुसँग पनि मेरो माया बसेको थियो । त्यसलाई मेरो मानसपटलले लामो समयसम्म भुल्न सकेन । म जेल मुक्त भएपछि मलाई पार्टीले विशेष क्षेत्रमा खटायो । युद्ध र अतरसंघर्ष चर्केका बेला म गुल्मी वाग्लुङ्ग र म्याग्दीको इन्चार्ज भएँ र फेरि काममा खटेँ ।
आज पनि म निरन्तर जनताकै बीचमा छु, पार्टी नेतृत्व पछिल्ला कार्यकालमा भए गरेका गल्ति कमजोरीप्रति आत्मालोचित भएको छ । अब नयाँ शीराबाट क्रान्ति अगाडि बढ्ने छ । जनयुद्धका क्रममा शहादत प्राप्त गरेका महान् शहीदहरुप्रति सतत् सलाम् ।
(वामदेव क्षेत्री घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)