एक तिहाइ अध्यक्षबाट पूर्ण अध्यक्षको दौडमा हुनुहुन्छ ? बाहिरबाट देखिएजस्तै दौड छ कि भित्र अर्कै केही पाकिरहेको छ ?
मेरो अहिलेको दौड गैर आवासीय नेपाली संघलाई नयाँ उचाइमा लैजान एक चरण नेतृत्वमा पुग्नैपर्छ भन्ने ध्येयले चलिरहेको छ । यसअघि सन् २०२१–२०२३ को कार्यकालमा एक तिहाइ अध्यक्ष बन्नु पर्ने बाध्यता बन्यो । त्यो बेलामा म प्रबल दाबेदारमध्ये एक जना थिएँ ।
मेरा विपक्षी साथीहरूले चुनाव गरायो भने नतिजा आफ्नो पक्षमा आउँदैन भनेर त्यो बेलाको परिवेशमा नेपालको राजनीति र सरकारलाई नै अघि सारे । चुनाव ६ महिना सर्यो पनि । चुनाव सरिसकेपछि पनि राजनीतिक पार्टीहरूले एनआरएनएमा प्रभुत्व जमाउन खोजे । त्यो बेला जसरी भए पनि चुनाव गरेको भए अधिवेशन दुइटा ठाउँमा भएर संस्था दुई टुक्रा हुने अवस्था देखियो । यसरी संस्था दुई चिरा हुँदा मैले त जित्थेँ होला तर संस्थाले हाथ्र्यो ।
आफूले जितेर संस्थामा विभाजन आउनु पक्कै राम्रो थिएन । संस्थालाई विभाजनबाट जोगाउन आफैंले ‘कम्प्रोमाइज’ गरेर सर्वसहमतिबाट सबैजना एकै ठाउँ बसेर काम गर्ने वातावरण बनाऔं भनेँ । त्यसका लागि विधान संशोधन गरेरे तीन जना अध्यक्ष बन्ने विधि तयार गर्नुपर्यो । यस अघिल्लो कार्यकालको एक तिहाइ मात्र हैन, म तेस्रो अध्यक्ष पनि हो ।
सन् २०२१–२०२३ को कार्यकालका लागि जसरी मैले तयारी गरिरहेको थिएँ, सोही प्रकारको तयारी अब सन् २०२३–२०२५ को कार्यकालका लागि हुँदैछ । वास्तवमा पहिलो पूर्णकालको अध्यक्ष बन्नको लागि मेरो तयारी छ ।
तेस्रो अध्यक्ष नै बन्नुमा पनि मैले अलिकति दूरदर्शी हिसाबले सोचेको थिएँ । यदि अधिवेशन गराउने बेलामा म अध्यक्ष भएँ भने त्यो अधिवेशन जसरी पनि फत्ते गराउँछु भन्ने रणनीति लिएको थिएँ । अबचाहिँ म पूर्ण अध्यक्षको दौडमा छु ।
संस्था र म दुवैको लागि सन् २०२१–२०२३ दुई वर्षको कार्यकाल लगभग विपद् व्यवस्थापन मात्रै भएको हो । संस्थामा थप अरु विभाजन नहोस् भन्ने मुद्दामा मात्र बढी ध्यान केन्द्रित गर्यौं । विवादित हुन सक्ने काम केही पनि गरेनौं । सन् २०२१–२०२३ को कार्यकालका लागि जसरी मैले तयारी गरिरहेको थिएँ, सोही प्रकारको तयारी अब सन् २०२३–२०२५ को कार्यकालका लागि हुँदैछ । वास्तवमा पहिलो पूर्णकालको अध्यक्ष बन्नको लागि मेरो तयारी छ ।
तपाईं आफूलाई एनआरएनएको इमान्दार सिपाही दाबी गर्नुहुन्छ, हुन पनि एनआरएनएको जन्मकालदेखि नै सँगै हुनुहुन्छ, बीस वर्षमा एनआरएनए जेका निम्ति जन्मिएको हो, त्यही गरिरहेको छ कि, त्यसो गर्न सकेन कि अझ बढी गरिरहेको छ ?
सुरुवाती कालमा संस्था वास्तवमा सोचअनुसार नै चलेको थियो । सोचेको भन्दा पनि राम्रो भएको थियो । सुरुमा छोटो समयमा यति धेरै देशमा यति धेरै संख्यामा मानिसहरू जोडिएलान् र संस्था फैलेला भनेर हामीले सोचका थिएनौँ । संस्थालाई राजनीति, जात, धर्मभन्दा माथि बनायौँ, त्यो नै हाम्रो सबैभन्दा ठुलो कडी थियो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दिनहुँ चौध/पन्ध्र सय जना मानिस विदेश जान्छन् । ती बाहिर गइरहेका मानिसहरू पनि भौतिक रूपमा मात्रै विदेशिएका हुन्छन् । बाहिर बसेर पनि नेपालसँग जोडिन सक्ने, नेपालको समृद्धिमा केही न केही योगदान गर्न सक्ने, यहाँका भाषा, संस्कृतिसँग जोडिइरहन सक्ने, जुन चाहना हुन्थ्यो, हरेक व्यक्तिको चाहना त्यो संस्थाले पूरा गर्न सक्यो । त्यसकारण पनि यो २० वर्षमा संस्था असाध्यै ठूलो भयो ।
केही मानिसमा कहिले दुरुपयोग गर्न खोज्ने, कहिले आफ्नो व्यसायिक वा राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न खोज्ने अथवा लोभलाग्दो संस्था भएकाले एकपटक नेतृत्व गरिहालौं भन्ने व्यक्तिगत इच्छा–आकांक्षाहरू पनि देखियो ।
हुन त २० वर्ष छोटो समय हैन, तर अन्तरराष्ट्रिय रूपमा नै कुनै पनि अर्को देशको संसारमा प्रवासीहरूको यस्तो सञ्जाल छैन, जुन एनआरएनए छ । त्यसैले पनि यो हाम्रो ठुलो सफलता हो । तर यो सफलता सँगसँगै यसमा आवद्ध भएका केही मानिसमा कहिले दुरुपयोग गर्न खोज्ने, कहिले आफ्नो व्यसायिक वा राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न खोज्ने अथवा लोभलाग्दो संस्था भएकाले एकपटक नेतृत्व गरिहालौं भन्ने व्यक्तिगत इच्छा–आकांक्षाहरू पनि देखियो । यो स्वभाविकै हो, तर यस्ता गतिविधि वा मनोकांक्षाले संस्थाको बेहित वा विभाजनसम्म पुर्याउनु चाहिँ बेठिक हो भन्ने लाग्छ ।
तपाईं अहिले पनि एनआरएनए अध्यक्ष नै हुनुहुन्छ, अध्यक्ष भइहालेँ, अब अरूलाई दिउँ भन्ने लागेन ? त्यस्तो के सुरु गरेर के गर्न बाँकी रह्यो र फेरि अध्यक्ष नभइ नहुने ?
मैले विगत ६ महिनाको कार्यकालका लागि राखेको लक्ष्य शतप्रतिशत पूरा गरेको छु । किनभने ६ महिनामा दीर्घकालिन भिजन राख्न सम्भव थिएन । यस अवधिमा मेरो लक्ष्य नै थियो कि सदस्यता वितरण गर्दा पारदर्शिता अपनाउने, अनलाइन फेसियल भेरिफिकेसन गर्ने, यही तरिकाबाट मात्रै सदस्यता बनाएका छौँ । आधुनिक डिजिटल प्रविधि (स्मार्ट एनआरएनए)का एप प्रयोग गरेर सदस्यता बनाएका छौँ ।
पहिले यसलाई हामीले सैद्धान्तिक रूपमा मात्रै तयार गरेका थियौं, व्यवहारिक रूपमा प्रयोग गर्न सकेका थिएनौं । यसैगरि फेसियल भेरिफिकेसनबाट हाम्रो शाखाको रूपमा राष्ट्रिय समन्वय समिति (एनसिसी)हरूमा चुनाव गराउनु अर्को महत्वपूर्ण जिम्मेवारी थियो, जुन सम्पन्न गरायौं । मेरो ६ महिनाको कार्यकालमा यिनै दुई लक्ष्य थियो, जो मैले पूरा गरेको छु । मलाई लाग्छ, संस्थामा चुनावका बेला विवादरहित भए, कामहरू चाहिँ आरामले गर्न सकिन्छ । विवादबाट आएको नेतृत्वले काम गर्न सक्दैन भन्ने लागेर यो कार्यकालको लक्ष्य नै असाध्य सीमित बनाइयो र सोही अनुसार तयारी गरेको हुँ । मैले लिएका मुख्य दुई उद्देश्य पूरा गरी अहिले अन्तरराष्ट्रिय समन्वय समिति (आइसीसी)को पनि चुनाव गराउन तयारीमा जुटेको छु ।
वास्तवमा चुनाव हुने १५ दिन अगाडि मात्रै घोषणा गर्नु मेरो लागि निकै जोखिम हो । वास्तवमा तयारीका लागि समय कम भयो । तैपनि आफूभन्दा संस्थालाई केन्द्रमा राखेर मैले यो जोखिम उठाएको हुँ ।
आसन्न चुनावको तयारी एकदमै राम्ररी भइसकेको छ । अन्तिम मतदाताको नामावली सार्वजनिक भएपछि मात्रै मैले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ । अध्यक्ष भएको हुनाले आफू उम्मेद्वार पनि घोषणा गर्ने, अनि यता प्रशासनिक कामहरू गर्दा विवाद आउन सक्छ भन्ने सम्भावना निराकण गर्न त्यसो गरेको हुँ । कहीँ कतै रहेका विवादलाई पनि हामीले विधानसम्मत र सबै सरोकारवालाको सहमतिमा निराकरण गरेर अन्तिम नामावली प्रकाशन गरिसकेका छौँ । संस्थाले एउटा निष्पक्ष निर्वाचन कमिटि गठन गरिसकेको छ । अब चाहिँ हाम्रो कार्यसमितिले गर्ने काम भनेको अधिवेशनको प्रशासनिक काम भन्दा अरु केही पनि छैन ।
अक्टोबर तीन तारिखमा मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेपछि चार अक्टोबरमा मैले अन्तरराष्ट्रिय रूपमा उम्मेदवारी घोषणा गरेको हुँ । वास्तवमा चुनाव हुने १५ दिन अगाडि मात्रै घोषणा गर्नु मेरो लागि निकै जोखिम हो । वास्तवमा तयारीका लागि समय कम भयो । तैपनि आफूभन्दा संस्थालाई केन्द्रमा राखेर मैले यो जोखिम उठाएको हुँ ।
तपाईंको प्रतिबद्धतापत्र हेर्दा निकै महत्वाकांक्षी देखिन्छ, चाहे त्यो नेपालीले गर्व गर्ने कम्पनीको स्थापनाको कुरा होस् वा सबै क्षेत्रमा फाउन्डेसनको स्थापनाको कुरा, दश लाख सदस्यको कुरा होस् या विद्यार्थीदेखि श्रम गर्न जाने सबैलाई एनआरएनको परिभाषाभित्र समेट्ने कानुन निर्माणको कुरा । घोषणापत्रमा भएका सबै कुरा पूरा गर्न सक्नुहुन्छ एउटा कार्यकालमा ?
यी सबै विषयवस्तुहरू आज मात्रै उठाइएका सवाल हैनन् । यी धेरै वर्षअघिदेखि उठाइएका सवाल हुन् । सन् २००७ मा जब ‘एनआरएन एक्ट’ आउँदा एनआरएनको परिभाषा नै त्रुटिपूर्ण आयो । अन्तरराष्ट्रिय परिभाषा अनुसार वैदेशिक रोजगारमा गएको १ सय ८३ दिन भन्दा बढी बाहिर बस्नासाथै एनआरएन हुनुपर्नेमा हाम्रो परिभाषामा २ वर्ष छ । विद्यार्थीहरू हुनुहुँदैन भन्ने कहीँ पनि छैन । तर किन किन यी दुइटा कुरा त्रुटिपूर्ण आयो । उक्त व्यवस्थालाई सच्याउन हामीले लामो प्रयास गर्यौँ । साँच्चै भन्ने हो भने त्यो परिभाषालाई अवलम्बन नगरेरै सन् २०१३ सम्म संस्था दर्ता नगरीकन बस्यौँ । त्यति गर्दा पनि सच्याउन सफल नभएपछि भएकै व्यवस्थालाई मानेर संस्था दर्ता गर्ने, तर पछि कानुन संशोधन गर्ने भनेर अगाडि बढ्यौँ ।
सन् २०१७ मा म आफैं महासचिव हुँदा सबै राजनीतिक पार्टीहरूको सहमतिमा परराष्ट्र मन्त्रालयलाई यो ‘एनआरएन एक्ट’ सच्याउन हामीले पुनः अनुरोध गर्यौँ । सर्वदलीय सहमति बनाएर, कानुन आयोगले पनि यो ‘एक्ट’ सच्याउने काम गरेको छ । जुन मस्यौदा फेरि परराष्ट्र मन्त्रालयलाई दिइसकेको छ । अब त्यसलाई फेरि परराष्ट्र मन्त्रालयबाट संसदमा पेश गराएर पारित गराउन मात्रै बाँकी छ । त्यो भनेको अन्तिम चरणको काम मात्रै बाँकी छ । सुरुको दिनदेखि नै मैले यसमा काम गरेको भएर मलाई यसमा कुन ठाउँमा ‘क्लिक’ गर्ने भन्ने मलाई थाहा छ ।
संस्थाका हरेक महत्वपूर्ण घटनाहरू, एजेण्डाहरू मलाई राम्रोसँग अवगत छ र कतै न कतै मैले योगदान गरेको छु । त्यसैले पनि यी सबै विषयवस्तुहरूलाई तात्विक निष्कर्षमा पुर्याउन सक्छु भन्नेमा विश्वस्त छु ।
अब भविष्यमा सदस्य संख्या बढाएर भोलि १० औँ लाख पुग्लान् । त्यसका लागि पूर्वाधारहरू लगभग तयार भइसक्यो । अहिले हामीसँग ९८ हजार सदस्य छन् । अब विदेश पुगेका ८० लाख नेपाली सबै जना सदस्य बन्न चाहे पनि बनाउन सकिने प्राविधिक पूर्वाधार हामीसँग छ । अब कुरा रह्यो, उनीहरू सदस्य बन्छन् कि बन्दैनन् भन्ने । अहिले संस्थामा यति ठूलो आकर्षण छ कि बिचमा सदस्य बन्दाखेरि यसअघिका उम्मेदवारले नक्कली सदस्यता खडा गरी आफैंले भोट हालेका थिए । संस्थामा विवाद आउनुको प्रमुख विषय पनि त्यही हो । त्यसले संस्थाप्रति कतिलाई वितृष्णा पनि उत्पन्न गरायो । त्यसलाई अहिले हामीले पूर्णतयाः निराकरण गर्यौँ । अब जति पनि सदस्य बन्ने आधार छ ।
तेस्रो आधार भनेको जुन हामीले सर्वसाधारणले सानो पुँजी लगानी गरेर पनि ठुलो–ठुलो कम्पनीमा आबद्ध हुने अवसर मिलोस् भन्नाका खातिर ‘एनआरएनए इन्भेष्टमेन्ट नेपाल कम्पनी’ भनेर बनाइसकेका छौँ । त्यसमा पनि अनावश्यक कानुनी व्यवधान हटाइसकेका छौँ । अब व्यवहारिक रूपमा काम अघि बढाउन मात्रै बाँकी छ । यसमा पनि सुरुदेखि नै मैले काम गरिराखेको भएर यसलाई पनि कुन ठाउँमा पुर्याएका छौँ र त्यसलाई कसरी अगाडि लाने भन्ने कुरा पनि मलाई राम्रोसँग थाहा छ ।
वास्तवमा भन्दा यो संस्था खडा हुँदादेखि नै अर्थात पहिलो अन्तरराष्ट्रिय महाधिवेशन सन् २००३ को अक्टोबर ११ देखि आजसम्म म संस्थामा छु । सोही सालको ३१ अगस्टमा पहिलो राष्ट्रिय समन्वय समिति स्थापना हुँदा म रुसमा थिएँ । अहिले हामीसँग ८७औं एनसिसी किर्गिस्तानमा बनेको छ । यी सबै गठन हुँदा कुनै न कुनै रूपले आबद्ध छु । संस्थाका हरेक महत्वपूर्ण घटनाहरू, एजेण्डाहरू मलाई राम्रोसँग अवगत छ र कतै न कतै मैले योगदान गरेको छु । त्यसैले पनि यी सबै विषयवस्तुहरूलाई तात्विक निष्कर्षमा पुर्याउन सक्छु भन्नेमा विश्वस्त छु ।
यो संस्थालाई साझा बनाएर जान किन नसकेको ? केही कुराहरू बारम्बार उठिरहेको देखिन्छ, जस्तो लोगो प्रयोगका विषयमा माधव मरासिनीले कुरा उठाएको उठायै हुनुहुन्छ, हाम्रोमा पनि प्रमाणहरू आइरहेका छन् । अनि अर्कातिर विनोद कुवँर छुट्टै एनआरएनएको अध्यक्ष हुनुहुन्छ । अन्त कता–कता ग्लोबल एनआरएनएको छुट्टै संरचना बनिरहेको देखिन्छ । खास, यस्ता कुरा किन हल हुन सकिरहेको छैन ? स्पष्ट पारिदिनुस् न ।
मेरो कार्यकालमा गरिएको तर धेरै बाहिर नल्याएको तर महत्वपूर्ण काम भनेको एनाआरएनएको संस्थागत लोगो हामीसँग छ । दर्ता प्रमाणपत्र हामीसँग छ । यद्यपि अहिले हामीसँग दर्ता भएको लोगो अरु व्यक्तिहरूले अथवा तथाकथित सानोतिनो झुण्डले प्रयोग गर्दा पनि हामीले उनीहरूलाई कारवाही गरिरहेका छैनौँ । उनीहरूलाई दण्ड दिन केही पनि गरिरहेका छैनौं ।
कारण के हो भने यो सामाजिक संस्था हो । यस संस्थामा पोहोर साल चुनाव नहुनु र सानो झुण्डले छुट्टै ठाउँमा अधिवेशन गर्नु उहाँहरूको बाध्यता थियो । उहाँहरूलाई त्यो ठाउँमा त्यो परिवेश र राजनीतिक पार्टीले पुर्याइदिएको थियो । वास्तवमा त्यसको नेतृत्व गर्ने मान्छेहरू पनि त्यसरी छुट्टै अधिवेशन गरेर जान चाहनुहुन्थेन । उहाँहरूलाई भिरको मुखमा लगेर खसालियो । त्यसकारण उहाँहरूलाई ल्याउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ ।
एनआरएनए नेपालमा दर्ता भएको संस्था हो । यसको ‘प्रपर्टी राइट्स’ हामीसँग निहित छ । ८७ देशमा शाखा खोल्दा सम्बन्धित देशको कानुनलाई मानेर दर्ता भएका छन् ।
लोगो विवादतिर एकछिन फर्कौं । एनआरएनए नेपालमा दर्ता भएको संस्था हो । यसको ‘प्रपर्टी राइट्स’ हामीसँग निहित छ । ८७ देशमा शाखा खोल्दा सम्बन्धित देशको कानुनलाई मानेर दर्ता भएका छन् । अब कुरा रह्यो माधव मरासिनीको । अमेरिकामा एनआरएनको ‘मुभमेन्ट’मा उनलाई मैले कुनै पनि ठाउँमा देखेको छैन, कहिल्यै आबद्ध भएको थाहा छैन । तर ‘अमेरिकाको एनआरएनएले आफ्नो लोगो दर्ता गरेको छैन’ भन्ने समाचार थाहा पाएर संस्थाले प्रयोग गरिरहेको लोगो चलाख्याईंपूर्वक उनले दर्ता गरे । त्यो उनको चलाखी हो, चतुर्याईं हो, चोरी हो । आफ्नो नाममा एउटा सानो संस्था दर्ता गरेर त्यो लोगो दर्ता गरेछन्, त्यति मात्रै हो । यस बाहेक एनआरएनएमा उनको कुनै योगदान छैन । त्यतिको भरमा खबरदार नचलाऊ ! भनेको मात्रै हो ।
त्यसकारण बुझ्नु पर्ने कुरा के छ भने नेपालको लोगो नेपालमा दर्ता छ, कसैले पनि हामीलाई चलाउन सक्दैन । एउटा पुरानो भनाइ छ नि विश्वास गरेर तपाईंले घर खुल्ला राख्नु भयो, तर चोर पसेर तपाईंको सामान लिएर गएको जस्तै हो त्यो । अर्को कुरा, लोगो दर्ता गर्दैमा संस्था नै उसको हुने भन्ने हैन । हामीले प्रयोग गरिरहेको लोगो उहाँले दर्ता गर्नुभयो, ठिक छ हामी अलिकति परिवर्तन गरी अर्कै लोगो बनाउँला । तर हाम्रो संस्था त उहाँले लान सक्नुहुन्न नि ।
हामीले उहाँलाई पनि भनेका छौँ कि यो कुनै व्यापारिक संस्था हैन, यो त विशुद्ध सामाजिक संस्था हो । व्यावसायिक कम्पनी भएको भए त्यहाँ ब्राण्डको असाध्यै ठुलो महत्व हुन्छ । जस्तै, कोकाकोला, यसको ब्राण्ड वा लोगोको खर्बौं रुपैयाँको महत्व छ । तर हामी त सामाजिक संस्था बनाउने ‘मुभमेन्ट’मा छौं । यहाँ कसैले चलाख्याईंपूर्वक दर्ता गर्दैमा त्यसको ‘कर्मसियल भ्याल्यू’ सकिँदैन । यस विषयमा उहाँले हामीसँग ‘बार्गेनिङ’ गरिरहनु भएको छ, हामीले मतलब दिएका छैनौँ ।
संस्था फुटको विषयमा फेरि केही कुरा थपौँ । वास्तवमा त्यतिबेला छुट्टछुट्टै अधिवेशन गर्नु त्यो बेलाको बाध्यता थियो । वाध्यता के कुरामा थियो भने केही साथीहरूलाई त्यो बेलाको नेपाल सरकारले नै ‘ल तिमीहरूलाई हामीले चाहिएको सपोर्ट गर्छौं, अधिवेशन छुट्टै ठाउँमा गरौं’ भनेर उकासिरहेको अवस्था थियो । र, एक समयमा आएर संस्थाको परिघटनाले यु–टर्न लियो । त्यसपछि हामी फेरि एकै ठाउँमा मिलेर अधिवेशन गर्नेमा पुग्यौं ।
हामी संस्थापन पक्षले के भनिरहेका छौं भने ‘तपाईंहरू सबै एकै ठाउँमा आउनु पर्छ, त्यो बेलाको परिस्थिति फरक थियो, तपाईहरू पनि नैतिक हिसाबले बाध्य भएर त्यो अधिवेशन गर्नु भएको थियो । अब सँगै मिलेर हिडौं ।’
सरकारमा रहेका राजनीतिक व्यक्तिहरूको केही आश्वासनका आधारमा नैतिक हिसाबले अधिवेशन रोक्न नसक्ने भएपछि केही व्यक्तिहरूले मात्रै अधिवेशन गरे । पाटन उच्च अदालतले ‘स्टे अर्डर’ दिएको बेला त्यो अधिवेशन भएको थियो । ‘स्टे अर्डर’ जारी भएको बेलाको अधिवेशन अवैधानिक हुन्छ । यत्रो हजारौं मान्छे आबद्ध भएको संस्थाको उक्त अधिवेशनमा जम्मा एक सय २१ जनाको उपस्थिति थियो ।
त्यसरी हुँदा पनि परराष्ट्र मन्त्रालयमा उहाँहरूले आफ्ना आधिकारिक कागजात पेश गर्नु भएको थियो । परराष्ट्र मन्त्रालयले अहिलेसम्म पनि उक्त सवाललाई बेवास्ता गरेको छ, दर्ता गरेकै छैन । यद्यपि उहाँहरूले आफ्नो निवेदन दर्ता नभएको सवालमा परराष्ट्रविरुद्ध मुद्दा पनि दिइरहनु भएको छ । त्यसो हुँदाहुँदै पनि हामी संस्थापन पक्षले के भनिरहेका छौं भने ‘तपाईंहरू सबै एकै ठाउँमा आउनु पर्छ, त्यो बेलाको परिस्थिति फरक थियो, तपाईहरू पनि नैतिक हिसाबले बाध्य भएर त्यो अधिवेशन गर्नु भएको थियो । अब सँगै मिलेर हिडौं ।’
अधिकांश साथीहरू हाम्रै संस्थामा आबद्ध भइसक्नु भएको छ । अब दुई–चार जना छुटफुट हुनु भएका साथीहरू पनि यो अधिवेशनपछि एकै ठाउँमा आउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।
तपाईंहरूको तर्क आफ्नो ठाउँमा छँदैछ, तर अब यो संस्था भावनात्मक जोर्तीभन्दा पनि आर्थिक जोडघटाउका कारण बन्ने टुक्रिने हुन थाल्यो भन्नेहरूको तर्कमा पनि दम नै नभएको त होइन नि ? जन्मभूमि, मूलथलोप्रतिको प्रेम र भावनामात्रैका लागि त छुट्टिनुपर्ने वा हानाथाप हुनुपर्ने के हुन्छ र, होइन ?
वास्तवमा, यो जुँगाको लडाईं हो । यस्तो लडाईं लड्ने आर्थिक रूपमा सबल व्यक्तिहरू पनि छन् । त्यसकारणले पनि यस्ता खालका घटनाहरू हुनु स्वभाविकै हो । तर वास्तवमा एनआरएनएको मुद्दामा चाहिँ यो साँच्चिकै सामाजिक, राजनीतिक र अलिकति बढी चुनावी माहोल मात्रै हो । त्यसभन्दा बढी अरु केही छैन ।
एकतिर तपाईंहरू एनआरएनएको परिभाषा फराकिलो पार्न विद्यार्थी र श्रमिक पनि समेट्ने भन्दै हुनुहुन्छ, अर्कातिर खास एनआरएनचाहिँ यसमा आउनै छाडे भनेर नेपाल फ्रेन्डसीप काउन्सिल जस्तो अर्कै प्रकृतिको संस्था चाहिन्छ भनेर पनि एनआरएनएभित्रै बहस सुरु भइसकेको छ । कसरी हल गर्ने सोचिरहनुभएको छ यसलाई ?
म एकदमै विश्वस्त छु कि अब आउने कार्यकालमा चाहिँ एनआरएनएको जुन भिन्नता हो, त्यो सकिन्छ । दोस्रो कुरा, यो एनआरएनको परिभाषा सच्याउनासाथै विद्यार्थी, श्रमिकहरू सबै एकै ठाउँमा आउन सक्छन् । यहाँ त्रुटि भएको छ भन्ने कुरा हामी एनआरएनले मात्र हैन, नीति नियम बनाउने नेपाल सरकारलाई पनि अनुभूति भएको छ । किनभने आजका विद्यार्थीहरू भनेको नेपालबाट पैसा लिएर गएरमात्रै पढ्न सक्दैनन् । सुरुको ६ महिना वा एक वर्षका लागि बैंक ग्यारेन्टी लिएर गएका होलान् । अथवा बुबाआमाले पठाउलान् । तर त्यसपछि वैदेशिक रोजगारमा गएका सरह यहाँबाट लिएर गएको ऋण तिर्नेदेखि प्रत्येक वर्ष पैसा पठाउने विद्यार्थीहरू हुन् । वास्तवमा ती विद्यार्थीहरूले वैदेशिक रोजगारीमा गएका भन्दा बढी रेमिट्यान्समा योगदान गरेका छन् ।
उनीहरू संस्थामा सदस्य बन्दा संस्थालाई सकारात्मक ‘भाइब्स’ दिनेभन्दा बढी कुनै पनि अप्ठ्यारो हुँदैन । त्यसकारणले विद्यार्थीहरूलाई हामीले समेट्नै पर्ने हुन्छ र समेट्न सकिन्छ । यो संस्थाको सुन्दरता भनेकै त्यही हो । एउटा साधारण श्रमिकदेखि लिएर ‘हार्बर्ड युनिभर्सिटी’मा पढाउने प्राध्यापकसम्म वा संसारकै सबैभन्दा प्रतिष्ठित रिसर्च सेन्टरमा काम गर्ने वैज्ञानिकसम्म एकै ठाउँमा जोडिन सकेको कारणले गर्दा नै यो संस्था यति फराकिलो बन्न सफल भएको हो । साथै राजनीतिभन्दा माथि, जात, धर्म र क्षेत्रभन्दा माथि भएर सबै जना अटाउने भएर मात्रै यो संस्था यति ठूलो भएको हो ।
हाम्रो पिँढीका नेपालीहरू जीविकोपार्जनको दुःख गर्नकै लागि बाध्यतावश विदेश पुगेका छन् । हामी उहाँहरूलाई कुनै पनि हालतमा छुट्याउन चाहँदैनौँ । यसरी छुट्याउन थालियो भने संस्था साँघुरो हुन्छ, संस्थाको औचित्य पनि रहँदैन ।
नेपाल बाहिर गएपछि हामी सबैको जात भनेको एउटै मात्र हो– नेपाली । त्यसो भएर नै हामी बृहत् भएका छौं । यो बृहततालाई हामीले कायम नराख्ने हो भने विदेशमा त हरेक जिल्ला–जिल्ला, टोल–टोल, जात–उपजातको संस्था छ । एउटा देशमा डेढ सयभन्दा बढी नेपाली जोडिएर बनेका संस्था छन् । त्यो साँघुरिने चिज हो । कमसेकम विदेश जाँदा हामीलाई पहिचान गराउने भनेको ‘नेपाली जात’ हो । त्यहाँभित्र कागजात के छ, नेपाली नै पासपोर्ट राखेर बसेको छ या विदेशी पासपोर्ट छ वा ऊ ‘एसाइलम’ भएको छ वा ‘एसाइलम’ हुँदाखेरि आफ्नो अनुकुलताको लागि ऊ नेपाली नागरिक नभइकन अरु नै कुनै देशको नागरिक भएको छ भने पनि हामी ती सबैलाई एनआरएन भन्छौँ ।
हाम्रो पिँढीका नेपालीहरू जीविकोपार्जनको दुःख गर्नकै लागि बाध्यतावश विदेश पुगेका छन् । हामी उहाँहरूलाई कुनै पनि हालतमा छुट्याउन चाहँदैनौँ । यसरी छुट्याउन थालियो भने संस्था साँघुरो हुन्छ, यो संस्थाको औचित्य पनि रहँदैन । यसरी सबैलाई एक ठाउँमा ल्याउनका लागि अबको कार्यकालमा सफल हुन्छौँ ।
खासमा एनआरएनसँग कति क्षमता छ, लगानीमा कति छ, नीति निर्माणमा कति छ, अन्य पक्षमा कति छ ? नेपालले कति अपेक्षा गर्ने हो त ?
नेपालभित्र बस्ने नेपालीहरूको के अपेक्षा छ भने एनआरएनए अभियान भएन भने अहिले हामी जसरी लगानीका कुरा गरिरहेका छौँ, लगानीका साथसाथै ज्ञान, सीप र पुँजी एकैचोटि ल्याइरहेका छौँ । त्यो चाहिँ सम्भव हुँदैन । उदाहरणका लागि एनआरएनएन संस्था स्थापना भएदेखि नै पचासौँ वर्षदेखि एकचोटी पनि नेपाल नफर्किएका नेपालीहरू वर्षैपिच्छे आउन थालेका छन् । घर–परिवारलाई बिर्सेर विदेशी भइसकेका मान्छेहरू फर्किन थाले र तिनीहरूले कमाएका सम्पत्ति स्वदेशमा पनि लगानी गर्नुपर्छ, त्यो ठाउँ रहेछ भन्ने बोध गरेका छन् ।
अनि संस्थाले त्यसरी संसारभरि छरिएर रहेका व्यक्तिहरूलाई लगानी गर्ने बाटो खोलिदियो । नियम–कानुनहरू सच्याइदियो । त्यसकारणले बाहिर बस्ने नेपालीहरूको लागि चाहिँ नेपालमा नेपालसँग जोडिनका लागि चाहिने कानुनी प्रावधानहरू सच्याउनका लागि संस्था सबल छ । नेपालभित्र बस्नेले हेर्ने हो भने जति देशभित्र बस्ने नेपाली मुलुक समृद्ध बनाउन जति जिम्मेवार छन्, त्यति बाहिर बस्ने नेपाली पनि जिम्मेवार भएर उनीहरूले कमाएको कमसेकम पैसा, सीप र ज्ञान यहाँ लगानी भइरहेको छ । भनेपछि यो त नेपाल र गैरआवासीय नेपाली दुवै पक्षका लागि अद्भूत अवसर हो । यो संस्था नभइदिएको भए यो सम्भव थिएन ।
सबभन्दा ठूलो आवश्यकताको कुरा भनेको एनआरएन ‘मुभमेन्ट’लाई जोगाउनु हो । यसलाई अझै पनि प्रखर, चोखो र विश्वासिलो बनाउनु र सबैको अपनत्वबोध गर्नेगरिको बनाउनु आजको आवश्यकता हो ।
अवश्य पनि नेपालमा लगानीको यति ठूलो अभाव छ, त्यसकारण अपेक्षा हुनु एकदमै स्वभािवक हो । तर हामी त्यहाँ हुने पहिले पिँढीका नेपालीहरू भएका कारणले विदेशमा पनि हामी अधिकांश नेपाली संघर्ष गर्दै छौं । त्यो संघर्षको बिचमा पनि हामीले यति गरिसकेका छौं भने अझ अगाडिका दिनमा अझ बढी नेपालमा लगानी गर्न सक्छौँ, सहयाग गर्न सक्छौँ ।
सबभन्दा ठूलो आवश्यकताको कुरा भनेको यो ‘मुभमेन्ट’लाई जोगाउनु हो । यसलाई अझै पनि प्रखर, चोखो र विश्वासिलो बनाउनु र सबैको अपनत्वबोध गर्नेगरिको बनाउनु आजको आवश्यकता हो ।
तपाईंहरूले ज्ञान सम्मेलन, युवा तथा महिला सम्मेलन, नेपाल फेस्टिभलजस्ता प्रयत्न गरेको देखिन्छ, तर त्यसलाई योजना, परियोजना तथा कार्यक्रमको तहमा विकास गर्ने अनि नीतिगत रूपमा पनि त्यसको पृष्ठपोषण प्राप्त हुने गरि प्रभावकारी काम भएको देखिँदैन । यो हामीले नदेखेको हो कि भएकै त्यस्तो हो ?
हामीले बाहिर सिकेको ज्ञान सेयर गर्ने हेतु यस्ता सम्मेलन आयोजना गरेका हौं । ज्ञान सम्मेलन गर्दाकै कुरा गर्दा ‘इभेन्ट’ भयो । त्यहाँबाट तयार भएका कार्यपत्र हामीले सम्बन्धित मन्त्रालय, विकास नियोगदेखि स्थानीय निकायहरूसम्म दिन्छौँ । तर त्यो ठाउँमा कार्यान्वयन भएन भने त्यो गर्नलाई गरेको ‘इभेन्ट’ जस्तो मात्रै हुन्छ ।
वास्तवमा ज्ञान हस्तान्तरण हुनका लागि यहाँ पनि सोही खालको पूर्वाधार तयार भएको हुनुपर्छ । कुनै रिसर्च सेन्टरले गरेका कुराहरू र बाहिर गरेका कुराहरू नेपालमा दिनका लागि यहाँ पनि सोही खालका रिसर्च सेन्टरहरू हुनुपर्छ । ग्रहण गर्ने पार्टी पनि सोही तहमा तयार हुनुपर्छ । धेरै ठाउँमा चाहिँ त्यो तहको ग्रहण गर्ने पार्टी तयार भएको छैन । यसो भन्दैमा हामीले त्यो काम नगर्ने भन्ने हैन । त्यसका लागि ‘विजनेस कम्युनिटी डेभलप’ भएको हुनुपर्छ । उद्योग, रिसर्च सेन्टरहरू विकास भएको हुनुपर्छ ।
हामीले देखेको सम्भावनाको पाँच–दश प्रतिशत मात्रै काम भए पनि धेरै हुन्छ । यसका लागि सँधै ‘ह्यामरिङ’ गरिरहनु पर्छ अनि मात्र केही हुन्छ ।
हामीले बाहिरबाट हेर्दा वास्तवमा नेपालमा ती चिजहरूको एकदमै कम रहेको छ । तर अहिलेको डिजिटल जमानामा परिवर्तन हुन पहिलाजस्तो धेरै समय लाग्दैन । हामीले दुई चार क्षेत्र पहिचान गरेर त्यहाँ काम गर्न सकियो भने पनि धेरै ठूला परिवर्तन हुन्छन् । त्यसकारण हामीले देखेको सम्भावनाको पाँच–दश प्रतिशत मात्रै काम भए पनि धेरै हुन्छ । यसका लागि सँधै ‘ह्यामरिङ’ गरिरहनु पर्छ अनि मात्र केही हुन्छ ।
हेर्दाहेर्दै एनआरएनए बीस वर्षको पनि भयो । यसको आकार र लक्षित वर्गको दायरा पनि यति फराकिलो हुँदैछ कि निकै ठुलो दायित्व देखिँदैछ, तपाईंहरू यसका लागि नीतिगत तयारी, समयको लगानी, जनशक्ति व्यवस्थापन आदिमा तयार हुनुहुन्छ ?
अहिले वास्तवमा अध्यक्ष एक जनाले मात्रै यी सबै कामहरू गर्न सम्भव छैन । हाम्रो संस्थामा आउने साथीहरू सबै आ–आफ्नो व्यवसाय वा जागिर गरेर बचेको समय स्वयम्सेवा गर्ने हो । यसमा २४ घण्टा समय कसैले पनि दिन सम्भव छैन । त्यसकारण एउटा त्यस्तो खालको समूह बनाउनु पर्छ, जसले चाहिँ संस्थाका यी सबै एजेण्डाहरू बुझेको हुनुपर्यो । आवश्यकता पर्दा परिमार्जन गर्ने सक्ने खालका व्यक्तिहरू हुनुपर्छ । मेरो समूहमा यी एजेण्डालाई साथ दिने व्यक्तिहरू, मजस्तै अभियानमा खारिएका, धेरै लामो अनुभव भएका व्यक्तिहरू हुनुहुन्छ । हाम्रो समूह विजयी भयो भने हामीले राखेका एजेण्डाहरू तत्कालै कार्यान्वयन भएर नतिजा आउन केही पनि समय लाग्दैन ।
***