Logo

३० असार २०८१, शनिबार

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका रोष्ट्रममै च्यातेका छन् ।

बजेटमाथि छलफलको क्रममा प्रतिनिधि सभामा बजेटमाथि आक्रोश पोख्दै बजेट पुस्तिका नै च्यातेका हुन् ।

उनले भने, ‘म कम आक्रोश पोख्ने मान्छे हो, कहिलेकाहीँ रिस पनि उठ्छ । तर, जब यो भौतिक पूर्वाधार यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म तातिएको छु । च्यातेर हुर्‍याउने मन छ ।’

त्यति भन्दै उनले रोष्ट्रममा उभिएर पुस्तिका च्यात्दै भन्छन्, ‘तर, संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो नहुर्‍याएर यहाँ राख्छु । यो मेरोमात्रै मनको कुरा होइन । अहिले कुनै नाप्ने चिज रहेछ भने यो हलमा बसेको जुनसुकै पार्टीको भए पनि चारवटा निर्वाचन क्षेत्रबाहेक सबैको मनको कुरा हो । यसरी सामान्य लाजघिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी कति दिनसम्म मान्छेले सहेर बस्छ ? सामान्य लाज पनि नराख्ने ?’

प्रकाशित मिति: ५ असार २०८१, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *