Logo

४ माघ २०८१, शुक्रबार

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राईको लोकेशन पत्ता लागेको बताएका छन् ।

श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर पुगेका गृहमन्त्री लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे ।

‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो । मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ,’ उनले भने । दर्जनौं सहकारीको रकम ठगी गरेर फरार रहेको राईविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भइसकेको छ ।

प्रकाशित मिति: ७ असार २०८१, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *