Logo

३ माघ २०८१, बिहिबार

समाजमा व्याप्त जातीय छुवाछुत र गरिबीको सीमा मेट्न १२ वर्षकै उमेरमा युद्धमा होमिइन् कल्पना दमाई । धारामा पानीसमेत छुन नदिने समाजको त्यो कुरीतिविरुद्ध लड्न उनले तत्कालीन माओवादीले थालेको जनयुद्धको शरण खोजिन् । स्कुल पढ्ने र भविष्यको सपना कोर्ने उमेरमा उनी समाज बदल्न भन्दै बन्दुक भिरेर जंगल छिरेकी हुन् ।

कर्णाली महावै पातरखोला गाविस–४ मा जन्मिएकी कल्पना बाल्यकालमा निकै डरपोक थिइन् । उनलाई साँझ परेपछि छिमेकमै पनि एक्लै जान डर लाग्थ्यो । कल्पनालाई जातिय उत्पीडनले जंगलनमा छिर्न आँट दियो । वर्गसंघर्ष र समानताका लागि उनले आफ्नो बालापन नै युद्धमोर्चामा तिलाञ्जली दिइन् । शान्ति प्रक्रियापछि भने उनले एसएलसी पास गरिन् । आफू र आफ्ना समुदायका दबिएका आवाज बुलन्द गर्न परिवारको काखमा बसेर रमाउने उमेरमै उनले बन्दुक उठाइन् । २०५८ साल बैशाखमा जनयुद्धमा हिँड्दा उनी कक्षा ४ मा पढ्थिन् ।

आफूलाई सीमान्तकृत, गरिब, निमुखाहरूको पार्टी दाबी गर्ने माओवादी केन्द्रका हिमाका नेता कार्यकर्ता यसै विषयलाई लिएर जातीय गाली–गलौज र झडपको स्थितिमा उत्रिए ।

विभिन्न युद्ध मोर्चा लडेकी उनी शान्ति प्रक्रियामा आइसकेपछि निरन्तर पार्टीमा सक्रिय हुँदै आएकी हुन् । यही सक्रियताको आधारमा कल्पना अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादीका तर्फबाट हिमा गाउँपालिकाको उपाध्यक्षको आकांक्षी थिइन् । अर्की आकांक्षी थिइन् हिमाली रोकाय ।

उम्मेदवार छनोटमा सहमति हुन सकेन, भोटिङ प्रक्रियामार्फत टुंग्याउने अवस्था आयो । अन्तिम समयसम्म पनि रोकायापक्ष सहमतिमा नआउँदा कल्पना पार्टी र समुदायका लागि भन्दै आफैँ पछाडि हटिन् । अन्तत ः हिमालीले उपाध्यक्षको टिकट पाइन् ।

अघिल्लो निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रको पालिका तथा जिल्ला नेतृत्वले दुवै उम्मेदवार एकै गाउँको हुँदा चुनावी परिणाममा असर पर्न सक्ने भन्दै कल्पनालाई पछि हट्न दबाब दिइएको थियो । गत चुनावमा अध्यक्षको टिकट पाएका रजबहादुर शाही र कल्पना एकै गाउँका हुन् ।

अध्यक्ष र उपाध्यक्षको उम्मेदवार एकै गाउँका भएकाले पनि निर्वाचनमा असहज हुने भन्दै त्यसबेला कल्पनाले ‘कम्परमाइज’ गरिन् र उपाध्यक्षको लाइनबाट पछि हटिन् । अब यसपटकको निर्वाचनमा पनि पार्टी कमिटीले कल्पनालाई उपाध्यक्षका लागि सिफारिस गरेको हो । तर, उनका लागि बाधक बन्दैछ, माओवादी नेतृत्वभित्रको परिवारवाद । उनीविरुद्ध माओवादी पार्टीको नेतृत्व नै लागिपरेको छ ।

उपाध्यक्षका लागि निशा रोकाय र कल्पनाको नाम गाउँपालिका कमिटीले सिफारिस गरेको हो । नाम सिफारिस भएदेखि नै कल्पनालाई ‘ब्याक’ गराएर विनशालाई टिकट दिलाउन जिल्ला तहको नेतृत्व नै लागिप¥यो । कल्पनाका अनुसार त्यतिसम्म त ठिकै थियो, तर कल्पनाको उम्मेदवारीको विषयमा जातीयताको कुरा उठ्यो । यसबाट नेकपा माओवादीभित्र हुर्किरहेको वर्गीय पक्षधरता सतहमा आएको छ ।

हिजो समाजका सीमान्तकृत समुदायको लागि भन्दै १० वर्ष जनयुद्ध गरेको पार्टीमा टिकट वितरण र अवसर दिने बेलामा जातीय कुरा उठ्नु आफैंमा विरोधाभास छ ।

आफूलाई सीमान्तकृत, गरिब, निमुखाहरूको पार्टी दाबी गर्ने माओवादी केन्द्रका हिमाका नेता कार्यकर्ता यसै विषयलाई लिएर जातीय गाली–गलौज र झडपको स्थितिमा उत्रिए ।

उपाध्यक्षको टिकटको लागि सिफारिस र छनोट गर्ने कुरामा जातीय र पारिवारिक पक्षधरता लिएको आरोप पालिकाकी पार्टी इन्चार्ज लक्ष्मीकन्या बुढातर्फ सोझिएको छ । विनशा लक्ष्मीकन्याकी आफन्तसमेत हुन् । त्यसैले पनि उनको पक्षधरता स्वभाविक देखिन्छ । तर, त्यसका लागि कल्पनालाई जातीयताको मुद्दा उठाउँदै गिराउन खोज्नु भने निकृष्ट कार्य हो ।

कल्पना अहिले माओवादी केन्द्रभित्र हुर्कदै गरेको परिवारवादको चपेटामा परेकी छन् । पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड) नै यसका लागि अग्रसर छन् । पुत्रिमोहका कारण विचार, सिद्धान्त र गन्तव्य नै भिन्न रहेको कांग्रेसँग तालमेल गर्न नहिच्किचाएका प्रचण्डका तल्लो तहका कार्यकर्तामा यो नदेखिने कुरै भएन ।

कल्पनामाथि अन्याय भएको यो पहिलोपटक भने होइन । अघिल्लो निर्वाचनमा पनि उनलाई उपाध्यक्षमा सिफारिस गरिएको थियो । तर, गाउँपालिका अध्यक्ष र उनी एकै गाउँका भएकाले पनि निर्वाचनमा नराम्रो प्रभाव पर्ने भन्दै पछि हट्न लगाइयो ।

व्यवस्था परिवर्तनकै लागि १२ वर्षको उमेरमै युद्धमा होमिएकी कल्पना अहिले स्थानीय पार्टी नेतृत्वको असहयोग र निषेधको शिकार बनेकी छिन् ।

‘अहिलेको व्यवस्था ल्याउन हामीले कैयौं बलिदान दियौं । तर, अहिले अवसरका बेला भने पार्टी नेतृत्वमा रहेकाहरू नै परिवारका सदस्यबाहेक अरुलाई निषेध गर्न खोजिराखेका छन्’, कल्पना भन्छिन् । वडा कमिटी हुँदै गाउँ कमिटीको १ नम्बर सिफारिसमा परेको कल्पनाको दाबी छ ।

यता टिकटका लागि मुख्य भूमिकामा रहेकी पालिका इन्चार्ज बुढा भने आफ्नी आफन्त विनशा एक नम्बर सिफारिसमा परेको दाबी गर्छिन् । पार्टी नेतृत्वले विनशालाई टिकट दिए पनि कल्पनाले अहिले निर्वाचन हराउनका लागि दावी प्रस्तुत गरेको बुढाको भनाइ छ ।

यता कल्पना भने पार्टी इन्चार्ज बुढा नेतृत्वमा निषेध मात्रै होइन, कुटपिटदेखि जातीय गाली गलौजमै उत्रिएको आरोप लगाउँछिन् ।

‘हिमामा मेराविरुद्ध जे जस्ता हर्कत गरिए । कुटपिटदेखि जातीय कुरासमेत उठाएर मलाई कमजोर बनाउन खोजिएको छ । यदि नेताका आफन्तले मात्रै अवसर पाउने हो भने हामीजस्ता निमुखा जो हिजो जिउज्यान नभनी युद्धमा होमियौं त्यसको उपहार यही निषेध हो त ?’, कल्पनाको प्रश्न छ ।

आफ्नो टिकट खोस्नका लागि प्रदेश सांसददेखि प्रतिनिधिसभा सदस्यसम्म लागि परेको कल्पनाको आरोप छ । प्रदेश सांसद भन्नाले तत्कालीन प्रदेश सरकारका कानूनमन्त्री नरेश भण्डारीतर्फ कल्पनाले इंगित गरेकी हुन् । लक्ष्मिकन्या बुढा भण्डारीकी शाली हुन् । सोही कारण पनि भण्डारीकोसमेत संलग्नता भएको हुनसक्ने कल्पनाको आशंका छ ।

बैशाख ११ गते नै उपाध्यक्षको टिकट पाएकी कल्पनाले १२ गते निर्वाचन कार्यालयमा पार्टीको आधिकारिक उम्मेदवारका रूपमा मनोनयन दर्ता गराइन् । उम्मेदवारी दर्ता गराएकै दिनदेखि बुढा पक्षधरका नेता कार्यकर्ता कल्पनामाथि खनिएका छन् । धम्कीमात्रै होइन, जातीय दुव्र्यवहारसमेत उनले भोग्नुपरेको छ ।

उनी भन्छिन्, ‘हिजो पार्टीकै लागि मेरो पूरा बालपन तिलाञ्जली दिएँ । अहिले जब पार्टीले मलाई टिकट दियो । तर, स्वार्थी र लोभीपापीलाई त्यो पाच्य भएन । मेराविरुद्ध षड्यन्त्र गर्दै मलाई कमजोर पार्न खोजिरहेका छन्’ कल्पनाको गुनासो छ, ‘म एक कल्पना दमाई मात्रै होइन, सिंगो दलित समुदायमाथि गरिएको अत्याचार हो ।’

कल्पनाले अहिले पार्टीको आधिकारिक उम्मेदवारको मान्यता त पाइसकेकी छिन् । तर, कल्पनाविरुद्ध विनशाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । विनशाको पक्षमा बुढा र हिमाली रोकायको समर्थन छ ।

पार्टीले आफ्नो योगदानको मूल्यांकन गरे पनि तर, नेतृत्वमा रहेका केही स्वार्थीका कारण आफूलाई धम्क्याएर उपाध्यक्षबाट पछि हट्न दबाब दिएको उनी बताउँछिन् । आफूलाई उपाध्यक्षमा निर्वाचित हुन नदिनका लागि बुढाका साथै, उपाध्यक्षमा सिफारिस भएकी विनशा रोकाय, हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाय र प्रदेश सांसद नरेश भण्डारीसम्म लागिपरेको कल्पनाको आरोप छ ।

रोकाय, बुढा र भण्डारी तीनै जनाको पारिवारिक सम्बन्ध छ । विनशा र हिमाली भण्डारीकी बहिनी हुन् भने बुढा साली हुन् ।
‘मैले टिकट पाएर उम्मेदवारी दर्ता गराइसकेपछि (डुमिनी) कल्पनाले अवसर पाउनु हुँदैन भनेर गाउँमा लफडा गरियो,’ कल्पनाको गुनासो छ ।

यता विनशा भने आफूलाई पार्टीले टिकट दिएको दावी गर्छिन् । यता पार्टी इन्चार्ज बुढा भने टिकट वितरणमा जातीय र पारिवारिक विषय नउठेको बताउँछिन् । विनशाको नाममा टिकट दिइएको तर, कल्पनाले छापामार शैलीमा मनोनयन दर्ता गरेको बुढाको आरोप छ । पार्टीका पालिका अध्यक्ष अग्र शाहीको मतियार बनेर पार्टीको निर्णयविरुद्ध कल्पना गएको बुढाले आरोप लगाइन् ।

कल्पनामाथि अन्याय भएको यो पहिलोपटक भने होइन । अघिल्लो निर्वाचनमा पनि उनलाई उपाध्यक्षमा सिफारिस गरिएको थियो । तर, गाउँपालिका अध्यक्ष र उनी एकै गाउँका भएकाले पनि निर्वाचनमा नराम्रो प्रभाव पर्ने भन्दै पछि हट्न लगाइयो । अर्कोपटक अवसर आउला नि भन्दै त्यसबेला कल्पनाले हिमाली रोकायलाई उपाध्यक्षका लागि छाडिदिइन् ।

मनोनयनमा आधिकारिक भनेर कल्पनाको उम्मेदवारी दर्ता भए पनि पार्टी इन्चार्ज नै मान्न तयार छैनन् । यसबाटै स्पष्ट हुन्छ उनले परिवारका सदस्यबाहेक अरुलाई उम्मेदवार नमान्ने कुरा ।

उपाध्यक्ष रोकाय पनि कम विवादित भने होइनन् । एसईई परीक्षामा नक्कली परीक्षार्थी राखेको घटनामा उपाध्यक्ष रोकाय मुछिएकी थिइन् । पार्टीकै जिम्मेवार व्यक्तिबाट ‘यस्ता डुमले पनि चुनाव जित्छन्’ भन्दै अभिव्यक्ति दिएको कल्पनाको आरोप छ ।

कल्पनाले अहिले पार्टीको आधिकारिक उम्मेदवारको मान्यता त पाइसकेकी छिन् । तर, कल्पनाविरुद्ध विनशाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । विनशाको पक्षमा बुढा र हिमाली रोकायको समर्थन छ । आफूले पनि पार्टीमा योगदान दिएकाले जनताको साथ आफूसँग भएको रोकायको भनाइ छ । हिमामा देखिएको यो विवाद अहिलेको भने होइन ।

नरेश भण्डारी नेतृत्वको टिम हिजोदेखि नै पार्टी संस्थापनको विरुद्धमा थियो । वैद्य फुटेर जाँदा सोही समूहमै थिए भण्डारी । दोस्रो संविधानसभा निर्वाचन २०७० मा भण्डारीकै गाउँमा रहेको झारज्वाला केन्द्रमा मतदान भइसकेको बुथ कब्जा गरी नदीमा बगाउने भडारीकै समूह थियो । पहिलो संविधानसभा निर्वाचनमा प्रतिनिधिसभामा निर्वाचित भण्डारी अहिले प्रदेश सांसद हुन् ।

जिल्लामा दुई गुट सक्रिय छन् । एउटा गुटको नेतृत्व भण्डारीले गरेका छन् भने पार्टी संस्थापनको नेतृत्व हाल प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले गर्दै आएका छन् । दोस्रो संविधानसभा निर्वाचनमा महतलाई हराउनकै लागि भण्डारीले बुथ कब्जा गरेको र कार्यकर्ता भड्काएको आरोप लागेको थियो । महत अहिले पार्टीको जिल्ला इन्चार्जसमेत हुन् ।

कल्पना अहिले यी दुई गुटको चपेटामा परेकी छिन् । महत पछिल्लोपटक विवाद सुल्झाउन गाउँपालिकामै पुगेका थिए । तर, सफल भएनन् ।

कल्पना पार्टीको आधिकारिक उम्मेदवारका रुपमा प्रचारप्रसारमा छिन् । अध्यक्षका उम्मेदवार अमरजंग शाहीसँग घरदैलोमा छिन् । यता स्वतन्त्र उठेकी विनशा पनि प्रचारमै छिन् । जिल्ला तहको नेतृत्व नै पार्टीको आधिकारिक उम्मेदवारभन्दा पनि स्वतन्त्रको पक्षमा लागेको देखिन्छ ।

व्यवस्था त बदलियो तर कोरा कागजमा मात्रै । अहिले पनि कल्पना दमाई जस्ताले नेतृत्वमा आउन निकै सकस सहनुपर्छ । आए पनि उचित भूमिका दिइँदैन । यात कथित जातीय विभेद र जनमतको हवाला दिँदै कमजोर पार्ने काम गरिन्छ ।

लक्ष्मीकन्याकै भनाइबाट पनि स्पष्ट हुन्छ कि पार्टी नेतृत्व आधिकारिक उम्मेदवारको पक्षमा छैन । उनी भन्छिन्, ‘अध्यक्षमा उम्मेदवार साझा हुन् त्यसैले उनको पक्षमा भोट माग्न जान्छु । स्वतन्त्र नै भए पनि पार्टीले निर्णय गरेको भएकाले विनशाको पक्षमा भोट माग्नु मेरो नैतिकता हो । पार्टीको सिस्टम बचाउने मेरो दायित्व पनि हो ।’

मनोनयनमा आधिकारिक भनेर कल्पनाको उम्मेदवारी दर्ता भए पनि पार्टी इन्चार्ज नै मान्न तयार छैनन् । यसबाटै स्पष्ट हुन्छ उनले परिवारका सदस्यबाहेक अरुलाई उम्मेदवार नमान्ने कुरा ।

‘अग्र शाही भन्ने मान्छेले सबै माओवादीलाई एमाले र कांग्रेस बनाइसक्यो । अनि त्यस्ताको मतियार बन्ने कल्पना जस्ताको पक्षमा लागेर सत्य मार्दिन । आफन्त भएर मात्रै होइन, सत्यको पक्षमा लागेको हुँ,’ बुढा भन्छिन् ।

को हुन् कल्पना ?

विसं २०५८ बैशाखमा १२ वर्षकै उमेरमा समाज बदल्न हिँडेकी कल्पनाले केही समय छापामारको रुपमा पनि काम गरिन् । पछि स्वास्थ्यमा समस्या आएपछि गाउँ तथा वडा कमिटीमै रहेर पार्टीमा सक्रिय भइन् ।

विपन्न दलित परिवारमा जन्मिएकी कल्पनाले समाजमा व्याप्त विभेद अन्त्यका लागि जनयुद्धमा होमिने निर्णय गरेकी थिइन् । शिक्षामा होस् या नेतृत्वको अवसर सँधै कथित माथिल्लो जातका मानिसलाई मात्रै आउने देखेपछि व्यवस्था बदल्ने उनको सोचलाई त्यसबेला जनयुद्धले पूरा गरेको थियो ।

व्यवस्था त बदलियो तर कोरा कागजमा मात्रै । अहिले पनि कल्पना दमाई जस्ताले नेतृत्वमा आउन निकै सकस सहनुपर्छ । आए पनि उचित भूमिका दिइँदैन । यात कथित जातीय विभेद र जनमतको हवाला दिँदै कमजोर पार्ने काम गरिन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *